अत्री वा आत्रेय गोत्रका शिर्ष पुरुष : अत्री ऋषि

यसमध्ये अत्री र आत्रेय गोत्रमा जन्मेकाहरुको पुर्ख्यौली इतिहासको शुरुवात उनै आदि गुरु महर्षि अत्री र उनको आश्रमको सेरोफेरोबाट शुरू हुदो रहेछ । सप्तर्षि मध्येका एक ऋषि प्रबर अत्री ब्रह्माका मानस पुत्र हुन ।

तीन गुण भन्दा पनि फरक गुण भएका अर्थात गुणातीत साधकलाई अत्री भनिन्छ । गोत्र गुरु अत्रीले अत्री संहिताको निर्माण गरेका थिए । यसमा बिभिन्न संस्कारहरुको बिबेचन र स्थानिय स्वशासनको स्वरुपका बिषयमा बिशिष्ट ब्याख्या गरिएकोछ ।

राजा पृथु स्वयम् अत्रीकै बंशज मानिन्छन । पुराणहरु अनुसार राजा पृथुले पालन गरेको हुनाले यो लोकलाई पृथ्बी भनिएको हो ।महर्षि कर्दमकी छोरी र कपिल ऋषिकी बहिनी अनुसुयासंग अत्रीको बिबाह भएको थियो । माता अनुसुया स्वयंमा महान बिदुषि थिईन ।

कबिबर बिष्णुदत्त रचित अनुसुया चरितम नामको संस्कृत नाटकमा यिनको महिमा बर्णित छ । यसैगरि ऋग्बेद आठौ मण्डल एकानब्बे सुक्तकी रचयिता अपाला यिनै महर्षि अत्री र अनुसुयाकी छोरी हुन ।

अत्री पुत्री अपालालाई चर्मरोग लागेकोले सोमलताबाट निर्मित सोमरसबाट इन्द्रलाई खुशिपारी उनकै सहयोगले बनौषधिबाट उपचार गराई रोग निको पारेकी थिइन । अपालाले आफना बसोबास रहेको क्षेत्रका खेतहरु सँधै उर्बर रहुन भनी बरदान पनि मागेकी थिइन ।

यसै गरि लामो समयसम्म खडेरी पर्दा माता अनुसुयाले गुप्तरुपमा गंगालाइ यहि बोलाएकी थिइन । बेदान्त बिदुषी आत्रेयी पनि यसै खलककी छोरि थिइन ।

समयक्रम फरक परे पनि बेद र रामायण दुबै ग्रन्थहरुमा अत्री परिवारको चर्चा आउँछ । अत्री ऋषि एक महान आर्य रत्न मानिन्छन ।

हिन्दु धर्मका प्रमुख ऋषिहरुमा महर्षि अत्रीको नाम अग्रस्थानमा आउँछ। ब्रह्माका मानस पुत्र मानिएका ऋषि अत्री नौ प्रजापति मध्येका एक जना हुन् । अत्री गोत्र प्रबर्तक ऋषि पनि हुन्। अत्रि गोत्रमा जन्मेका ब्यक्तिहरु यिनै ऋषिका सन्तान मानिन्छन्।

आकाशमा सँधै चम्किरहने सप्तर्षि मण्डलमा समेत एउटा तारालाई अत्री मानिन्छ। ऋग्बेदका दश मण्डल मध्ये पाँचौ मण्डलका मन्त्रद्रष्टा महर्षि पनि अत्री नै हुन्। त्यसैकारण यस मण्डललाई आत्रेय मण्डल भनिन्छ। ऋषि अत्रीको महानता र बिद्वताले हाम्रा प्राचिन ग्रन्थ भरिएकाछन्।

अत्री ऋषि ब्रह्माको नेत्रबाट उत्पन्न भएको मानिन्छन्। अत्रीको नेत्रबाट सोम आबिर्भुत भएका कथा शास्त्रमा पाईन्छ। ऋषि अत्रीले कर्दम पुत्री अनुसुयासंग बिबाह गरेपछि यो दम्पतिले पुत्र प्राप्तिका लागि ऋच्छ पर्बतमा तपस्या गरेका थिए।

कालान्तरमा त्रिदेवका अंशस्वरुप दत्तात्रेय, दुर्बासा र सोम यिनका पुत्ररुपले उत्पन्न भए। यसमा दत्तात्रेय बिष्णुका, दुर्बासा शिबका र सोम ब्रह्माका अंश मानिन्छन।

महर्षि अत्रीको ज्ञान, तपस्या, सदाचार, भक्ति र मन्त्रशक्तिको सुन्दर बर्णन शास्त्रहरुमा पाईन्छ। उनलाई सत्व, रज र तम भन्दा टाढा रहने त्रिगुणातीत मानीन्छ। उनी सदैब सदाचारयुक्त जिवन ब्यतित गर्दथे र सुरम्य तपोबनको आश्रममा रहन्थे।

रामायणमा लेखिए अनुसार उनको भक्तिको सफलताको लागि स्वयं राम, सीता र लक्ष्मण बनबासताका अत्री आश्रममा आऊछन। माता अनुसुया सीतालाई पतिब्रता धर्मका बारेमा उपदेश दिन्छिन।

एक पटक समाधिमा बसेका बेला दैत्यहरुले यिनलाई डढाई मारिदिने प्रयास पनि गरे। तर उचित समयमा आएर अर्का ऋषि अश्विनीकुमारले आफनो बिद्याबलले यिनलाइ बचाए। ध्यानमग्न रहेका हुनाले ऋषि अत्रीले यो घटनाका बारेमा पत्तै पाएनन।

यो कथा ऋग्बेदका प्रथम मण्डलमा आउछ। ऋग्बेदको दशौ मण्डलमा अत्रीको तपस्या अनुष्ठानको बर्णन गरिएकोछ। ऋग्बेदकै आत्रेय मण्डल, कल्याण सुक्त, स्वस्ती सुक्त महर्षि अत्री द्वारानै रचना गरिएका हुन। यिनमा मांगलिक कार्य, शुभ संस्कार तथा पुजा अनुष्टानको बर्णन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *