अदुवा खेति

अदुवा खेती प्रबिधी परिचय अदुवा नेपालको प्रमुख मसलाबाली अन्तर्गत पर्दछ। यस्लाई अंग्रेजीमा Ginger भनिन्छ। यस्को बैज्ञानिक नाम Zingirber officinale हो र Zingiberaceae परिवार अन्तर्गत पर्दछ। यो एक दलिय (monocotyledonous) बिरुवा हो। अदुवामा मानिसलाई चाहिने ६ वटै तत्वहरु ( कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ, पानी) पाईनुका साथै रेसा तथा अन्य औषधीयुक्त तत्वहरु प्रसस्त मात्रामा पाईन्छ।

नेपालमा बिशेष गरी मध्य पहाडी जिल्लाहरुमा अदुवा खेती ब्यबसायिक रुप्मा हुँदै अाएको छ। महत्व:यस मसलाबाली लाई ताजा, सुठो वा धुलो रुप्मा बिभिन्न पारीकारमा स्वाद प्रदान गर्न प्रयोग गरिन्छ। अन्य बालीको तुलनामा उत्पादकत्व अत्यधिक भएका कारण यस् बाली बाट मनग्य आम्दानी गर्न सकिन्छ। यसलाई एकलबाली, घुसुवा बाली वा अन्तर्बालीको रुप्मा मकै, दाल, तरकारी आदी सँग पनि लगाउन सकिन्छ। बिभिन्न किसिमका आयुर्बेदिक तथा रासायनिक औषधी तथा श्रिङ्गारका बस्तुहरु तयार गर्न समेत अदुवाको प्रयोग गरिन्छ।

हावापानी तथा माटो: अदुवा खेती समुन्द्र सतहदेखी १५०० मिटर उचाई सम्माको क्षेत्रहरुमा सफलताका साथ गर्न सकिन्छ। न्यानो तथा आद्रता भएको जलवायु अदुवा उत्पादन्को लागि अनुकुल मानिन्छ। २०-३० डिग्री तापक्रमसम्म राम्ररी खेती हुने यसबाली १५ डिग्री भन्दा कम तापक्रम भएको स्थानमा बड्न सक्दैन भने लामो समय सम्म ३० डिग्री भन्दा बढी हुने स्थानमा पनि अदुवाको ब्यबसायिक खेती गर्न सकिदैन।

रोप्ने समय देखी गानो टुसाउने बेलासम्म हल्का बर्षा हुने, बाली अबधिमा धेरै तर राम्रो सँग बितरित बर्षा हुने ठाउमा अदुवाको सफल खेती गर्न सकिन्छ। अदुवा स्याहार्ने बेला भन्दा करिब एक महिना अगाडि देखी सुखा हुने ठाउँ अदुवाको लागि राम्रो मानिन्छ। प्राङारिक पदार्थ प्रसस्त भएको र पानीको राम्रो निकास भएको माटो अदुवा खेतीको लागि उपयुक्त हुन्छ। पानी जम्ने ठाउँमा गानो कुहिने रोग लाग्ने भएकाले पानीको उपयुक्त निकासको ब्यबस्था गर्नु पर्दछ।

दोमट किसिमको माटो सबैभन्दा उत्तम हुन्छ। सफल अदुवा उतपादनको लागि माटोको pH ५.५ देखी ६.५ सम्म हुनुपर्दछ।जातहरु:राष्ट्रिय अदुवा अनुसन्धान कार्यक्रमले सिफारिस गरेको एक मात्र जात कपुरकोट-१ हो। नेपालको पुर्बीभेगका किसानहरुले सिक्किम, दार्जिलिङ तिरका भैँसे, गोरुबथाने, माझौले जातका अदुवहरु पनि खेती गर्दछन।

त्यस्तै धादिङका किसानहरुले चाइनिज जात सफलता पूर्व खेती गरिरहेका छन।मलखादको मात्रा:राम्रोसँग कुहेको कम्पोस्ट प्रती रोपनी ६०-७० डोको रोप्नुभन्दा २ हप्ता अगाडी जमिनमा हाल्नु पर्दछ। त्यसै गरी नाईट्रोजन, फस्फोरस र पोटासियम क्रमस ४ केजी, २.५ केजी र २.५ केजी प्रती रोपनी जग्गाको लागि प्रयाप्त हुने गर्दछ। फस्फोरस र पोटासियमको पूर्ण मात्रा र नाइट्रोजन आधा रोप्ने बेलामा हाल्नु पर्छ। बाँकी आधा नाईट्रोजन २ पटक गरेर हाल्नु पर्दछ। एकपटक उम्रेको १ महिना पछी र बांकी उम्रेको २ महिना पछी हाल्नु पर्दछ। जमिनको तयारी:अदुवा लगाउने जमिनलाई ३-४ पटक जोतेर, ढुङ्गा र झारपात हटाई डल्ला फुटाई माटोलाई मसिनो पार्नुपर्छ। राम्ररी पाकेको कम्पोस्ट मल जमिन तयारी गर्दा नै माटोमा मिलाउनु पर्छ। तयार गरिएको जमिनमा लाईन बिचको दुरी ३० सेमी तथा बोटबिच को दुरी ३० सेमी कायम गरी २-४ ईन्च गहिरो गरी गानोहरु रोप्नुपर्दछ।

पानीको निकास राम्रो नभएको ठाउँमा १५ सेमी अग्लो र १.२ मिटर चौडाइ र आबश्यक्ता अनुसारको लम्बाईको ढ्याङ बनाइ बिउ गानो रोप्नु रोप्नुपर्छ। यसरी रोप्दा प्रत्यक ड्याङ बिच कारीब १ हात फराकिलो कुलेसो बनाउनका साथै अदुवालाई राम्ररी गोडमेल पनि गर्न सकिन्छ। रोप्ने समय: अदुवा लगाउने समय लगाउने समयको मुख्यत लगाउने ठाउँको हावापानीमा भर पर्छ। सामान्तया जाडो सकिएपछी अदुवा रोप्नु पर्छ। माटोको चिश्यान तथा पानी पर्ने सम्भाबनालाई दृष्टि।गत गरी पहाड तथा तराई सबै ठाउँमा फागुन-चैत उत्तम मानिन्छ। बिउ दर: अदुवामा बिउ नलाग्ने हुँदा यसको प्रसारण पानाबाट (Rhizome) गरिन्छ।

बिउको दर यसको जात हावापानी र लगाउने समयमा भरपर्दछ। सामान्यतया: एक रोपनी जग्गाको लागि २२५-३०० किलोग्राम बिउ गानो लाग्दछ।बिउ पानाको छनोट तथा उपचार: ब्यबसायिक अदुवा खेती गर्दा कुल खर्चको कारीब ५० प्रतिसत खर्च अदुवाको बिउमा मात्र लाग्ने भएकाले बिउ गानो छनोट गर्दा निम्न कुरामा बिशेष ध्यान दिनुपर्छ: १. रोग र किरा नलागेको चम्किलो, स्वस्थ पाना हुनुपर्दछ। २. कम्तिमा पनि एउटा उम्रने टुसा प्रस्ट देखिनु पर्दछ। ३. बिउको आकार ४०-६० ग्राम र ५-७ सेमी लामो हुनुपर्छ। ४. बिउको श्रोत पाना कुहिने रोग नलागेको खेतको हुनुपर्दछ। ५. अदुवाको बिउ तयार पार्दा हातले भाँच्नु पर्छ तर हतियारले कात्नु हुँदैन।

अदुवामा गानो कुहिने रोग लगायत अन्य रोगहरुले पनि पनि आक्रमण गर्ने हुँदा बिउको उपचार तल दिएका बिभिन्न माध्यम गर्न सकिन्छ:१. खानको लागि छनोट गरिएका बिउ गानाहरुलाई ढुसिनासक बिसादी डाईथेन एम-४५, इन्डोफिल एम-४५, २५ ग्राम र १० ग्राम बेभिस्टिनको धुलोलाई १० लिटर पानीमा मिसाउने र उक्त झोलमा एक घण्टाजती डुबाईसकेपछी त्यसलाई झिकेर छाँयामा सुकाउने र सुख्खा भएपछी मात्र रोप्ने। २. ढुसिजन्य रोगहरु नियन्त्रण गर्न Trichoderma viridae नामक ढुसीलाई बिउमा मिसाई ३० मिनेटसम्म उपचार गरी रोप्न सकिन्छ।

छापो: अदुवा खेती प्राय जसो सिंचाइ सुबिधा नभएको जमिनमा गरिने भएकाले चिश्यानलाई लामो समय सम्मा बचाइ राख्न छापोको प्रयोग अत्यन्त आबश्यक छ। बिउ गानो रोप्ने बित्तिकै ५-८ सेमी बाक्लो छापो लगाउनु पर्छ। छापोको रुप्मा बिभिन्न बस्तुहरु जस्तै सुकेको पातहरु, खर, हरियो पात आदी प्रयोग गरिन्छ। उत्पादन: अदुवाको औसत उत्पादन जात अनुसार २-३ टन प्रती हेक्टर(२० रोपनी) हुने गर्दछ।

१७२१७२१ टिप्पणी३६ साझाहरूलाइकटिप्पणीसाझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *