आत्म अनुशासन वाटै कोरोना नियन्त्रण गरौ ।

कोरोना भाइरस वाट उत्पन्न मानवीय संकटले संसार आक्रान्त वनेको छ । पछिललो तथ्याङ अनुसार साठि हजार भन्दा वढिले ज्यान गुमाई सकेका छन भने दशौं लाख मानिसहरु संक्रमित छन । यो तथ्याङ दिनानुदिन तिवृ गतिमा वृद्धि भैरेको छ ।
कोरोना भाइरसको उत्पन्न चुनौति नेपालमा समेत देखिए पछि करिव दुई साता देखि सरकारले लगडाउनको घोषणा गरेको छ । यस कठिन अवस्थाको सामना गर्न सिंगो देश लागिरहेको वेला केहि मानवीय लाप्रवाहिले गर्दा लकडाउनको मर्यादा कायम नभएकाले यो रोगले हाम्रो घर सम्म आउन सक्ने जोखिम वढेको छ । हामीले समयमै सचेत भएनौं भने हामी, हाम्रो परिवार, समाज र देशमा समेत विसम अवस्था आउने निश्चित जस्तै छ । समयमै ध्यान नदिदा अहिले विश्वका अति विकशित मानिएका इटली, स्पेन, जर्मन, अमेरिका लगायतका देशहरुलाई रोग नियन्त्रणमा कठिन भैरहेको छ । हाम्रो एउटा सानो प्रयासवाटै सुरक्षित हुन सक्ने कयौ सम्भावना भएतापनि हाम्रो अहमताले समस्या हुने मात्र हाईन ज्यानै जान सक्छ ।

कोरोना रोकथामको एउटा मात्र विकल्प भनेको लकडाउन हो । यसको पुर्ण पालना गर्नुको अरु कुनै विकल्प छैन । कोरोना वाट सामान्य कुराको पालना गरेपनि वच्न सकिन्छ ।

यो भाइरसवाट संक्रमित मानिसहरु आराम, औसधी, तथा घरेलु तरल पदार्थहरुले नै ठिक भैरहेका छन । यसका साथै घरमै वस्ने, वाह्य मानिसहरुको सम्र्पकवाट टाढा रहने, सावुनपानिले हात धुने, माक्स लगाई रहने, आफ्नो वरिपरिको वातावरण सफा राखे, ज्वरो, रुघाखोकी लागेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचार गर्दा पनि हामीले हाम्रो परिवार सुरक्षित राख्न सक्छौ ।

यो भाइरस संक्रमन भएको लामो समय पछि मात्र लक्षणहरु देखिने भएकाले पनि थप समस्या उत्पन्न हुन सक्ने भएकाले समयमै सचेत वन्नु जरुरी छ ।

आत्म अनुशासनले मात्र हामीले आफु परिवार, समाज र हाम्रो देशलाई संकटवाट जोगाउन सक्छौ ।

लकडाउन लाई हामीले जीन्दगीको रुपान्तरणका लागि समेत सदुपयोग गर्न सक्छौ ।

 जिन्दगी सुधारका लागि योजना ः हामीले विगतका केहि कमी कम्जोरीहरुको समिक्षा गरेर जिन्दगीको आगामी यात्रालाई रचनात्मक वनाउन लकडाउन महत्वपुर्ण माध्ययम वनाउन सकिन्छ । लामो समय घरमै वस्नु पर्ने भएकाले विगतका कामहरुको समिक्षा गरेर पारिवारिक छलफल वाट नयाँ कामहरुको सुरुवात गर्न सकिन्छ ।

 घरायसी सजावट ः लामो समयको घरको वसाई लाई सदुपयोग गरेर घरायसी सरसफाई र सजावट गर्न सक्छौ । यसले घरको वातावरण सुन्दर हुनुका साथै स्वस्थ वतावरणले रोग संक्रमनमा समेत कमी ल्याउन मद्यत गर्दछ ।

 परिवारिक छलफल गर्ने ः कार्य ब्यस्तताले हामीले लामो समय पारिवारिक छलफल गर्न पाएका हुदैनौ यस समयमा हामीले पुर्ण रुपमा वारिवारिक छलफल गर्न, वालवालिकाहरु संग घरभित्रै खेल्न, सामुहिक रुपमा विभिन्न भिडियो हेर्न सक्छौ ।

 नयाँ नयाँ पुस्तकहरु पढ्ने ः लामो समय घरभित्रै वस्नुपर्ने भएपछि हामीले विभिन्न पुस्तकहरु पढेर स्वस्थ मनोरञ्जन र वौद्धिक विकास गर्न सक्छौ । यसले पुस्तक पढ्ने वानिको विकास गर्ने छ ।

 योग ध्यान गर्ने ः स्वस्थ, खुसि र सकारात्मक जीवनशैलीका लागि योग, ध्यान अनिवार्य भैसकेको छ । लकडाउनको समयमा हामीले योग, ध्यानको अभ्यास गरेर यसलाई दैनिकरुपमा प्रयोग गर्न सक्छौ ।

 घरमा तुलसि मठ तथा गार्डेनहरु वनाउने ः धार्मिक तथा वातावरणिय रुपमा समेत निकै महत्वपुर्ण मानिने तुलसीको मठ वनाउन सक्छौ । तुलसीको वोट आर्योवेदिक हिसावले समेत महत्वपुर्ण विरुवा हो । रुघाँखोकी, ज्वरो आउदा यसको प्रयोग गर्न सकिन्छ । यसका साथै घर वरिपरि रहेको जजिनको सदुपयोग गरेर तरकारी तथा फुलहरु रोप्नका लागि गार्डेन वनाउन सक्छौ

यसका साथै हामीले हाम्रो रुची अनुसारका काम गर्न सक्छौ । वाह्य मानिस तथा रोग सार्न सक्ने माध्ययमहरुवाट टाढा रहेर अन्य कृषि कार्यहरु समेत गर्न सकिन्छ । लगडाउन विषेशगरि रोग सार्न सक्ने माध्ययमहरुवाट टाढा रहन अपनाउने एउटा महत्वर्पुण विधी हो यसको पुर्ण पालना वाट मात्र हामी सुरक्षित रहन सक्छौ ।

मौसम परिर्वत संगै मानव स्वास्थ्यमा समेत केहि स्वास्थ्य समस्याहरु आउन सक्ने भएकाले पनि हामीले खानपानमा समेत ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *