उपन्यास क्षितिज पारिको मिलन

दिनेश खड्का

अध्ययाय – १
मानव जति–जति व्यस्त भएपनि इच्छा र चाहना भए जे पनि गर्न सकिलो रहेछ । समीरले पनि आफ्नो व्यस्ततालाई केहि समयका लागि विश्राम दिदै विजयादशमीको अवसरमा नयाँ ठाउँको यात्रा गर्ने निधो ग¥यो ।
गाउँका साथीहरु श्रीकोट नै जाँदा रहेछन् समीर पनि श्रीकोट नै जाने योजना बनायो । भोलिपल्ट सवै गाउँको चौतारामा विहान ८ वजे भेला हने कुरा सवैमा जानकारी गराइयो । समीर पनि निर्धारित समयमा चौतारामा पुग्यो । त्यहाँ प्रायः सवैको उपस्थिति थियो । सवै जनाको उपस्थितिमा यात्रा ज्यादै रमाइलो थियो । सायद उनिहरुममा श्रीकोट पुगेको कुनै पत्तो भएन । वास्तवमा श्रीकोट आफैमा सुन्दर थियो ।
त्यहाँ हिमताल, कमलदह, सानोभेरी, लामा–लामा झरना, हरियो भिरपाखा मन्दिरै मन्दिरको रमाइलो वस्ती त्यसमा पनि चाडवाडको समय हेर्दा असाध्यै चिटिक्क परेकोले त्यहाँ पुग्ने जो कोहीलाई पनि मनहोर बनाई दिन्छ , श्रीकोटले ।
विजयादशमीको धुनसंगै मानिसको आवतजावत बढिरहेको थियो । संयोगवश घटस्थापनाका दिन श्रीकोटमा रमाईलो मेला लाग्दो रहेछ । समीर पनि आफ्ना साथीहरुका साथ श्रीकोटका वस्ती–वस्तीमा पुग्छ ।
बुलुकी अबेर भईसकेकोले पनि यात्रा अधुरै थियो । साथीहरु मेला तिर लागे । समीर पनि पछिपछि लाग्यो । सवैजना प्रायः आफ्नै धुनमा थिए । समीर मेलाको अलि पर मन्दिर नजिकै बसिरहेको थियो । मानिसहरको आवत जावतले मेला गुञ्जायमान थियो । साथीहरु आउँथे, जान्थे कुनै पत्तो थिएन् । (यतिकैमा एक जना अपरिचितले समीरसंग कुरा गर्न सुरु गर्छ) अहो ! के छ साथी ? आरामै हुनुहुन्छ ? मैले तपाईलाई कताकता भेटे जस्तो लाग्छ ।
“हुन सक्छ तर मैले याद गरिन । होला”,
“अनि हजुरको घर कहाँ नि ?”
“ए ! मेरो घर खलंगा ।”
“त्यती टाढाबाट एक्लै ?”
“होइन मेरा अरु साथीहरु पनि छन ।”
“परिचय गरौं न ?”
“हुन्छ । मेरो नाम समीर , खलंगा–१, मुसिकोट रुकुम । अनि तपाई नि ?”
“म प्रकास श्रीकोट –९, रुकुम ।”
“साथी समीर तपाईको वारेमा मैले कता सुने जस्तो लाग्छ । तपाईको परिवार व्यवस्थित छ । बुवा शिक्षक हुनुहुन्छ …………………।”
“होइन प्रकाश जी कसले भन्यो तपाईलाई यि सवै कुरा ।”
“समीर वास्तवमा तपाईका बारेमा मेरी बहिनीबाट थाहा पाएको हुँ नि ।”
“को बहिनीबाट ? बहिनीको नाम के नि ?”
“हाम्रो अंकलकी छोरी सरिता ।”
दुवै जना मौन छन् , मेला निकै आकर्षित थियो । मानिसहरु आउँथे, जान्थे । तर प्रकाश र समीर मौन अवस्थामै छन् । पुनः कुरा सुरु हुन्छ ।
“समीर तपाई शिक्षित घरानीयाको छोरा त्यसमा पनि अति सुखी परिवार, व्यवस्थित अनि ठुलो घरले परिवारलाई प्रतिष्ठित एवं सम्पन्न बनाएको छ । अझ तपाई साहित्य प्रेमी, सधैं हसिलो विनम्र बोली ………………..आदि । मैले सुनेको जस्तै हुनुहुँदो रहेछ ।”
“होइन मेरो बारेमा यति धेरै प्रशंसा आवश्यक छैन”– समीर बोल्दछ ।
वास्तममा समीर एक घरानिया परिवारको छोरो हो । त्यसमा पनि लायकदारयुक्त, सलक्क मिलेको शरीर, गहुँगोरो, नम्रबोली, मिजासिलो, ठुलालाई आदर र सानालाई माया गर्ने बानी बच्चादेखि नै विकास भे सकेको थियो । रिस के हो थाहा थिएन । त्यसैले होला सवै जना समीरमै आकर्षित हुन्छन्् ।
तीन महिना अगाडी समीर र सरिताको वीचमा सामान्य परिचय भएको थियो । सरिता बुवालाई फोन गर्ने क्रममा सदरमुकाम पुगेकी थिइन समीर पनि स्कूल जाँदै थियो । बेलुकी घर फर्किदा समीर र सरिता सँगै समीरको घरसम्म पुगेका थिए । सायद त्यतिवेला नै सवै जानेको हुनुपर्छ ।
समीर र प्रकाश केहि पर जान्छन । सम्भव त रात परिसकेकोले मानिस चिन्न कठिन भईसकेको थियो । बिहानै घरबाट आएकाले समीर र प्रकाश खाजाका लागि दुवै जना नास्ता पसलतिर जान्छन । “दिदी हामीलाई नास्ता दिनुहोस् त ?” –समीर वोल्छ,
होटलवालीले नास्ता दिनिछन ।
दुवै जना नास्ता खाना सुरु गर्छन ।
होटेलमा ज्यादै हल्ला थियो । रक्सी खानेहरु आपसमा झगडा गरिरहेका थिए । तै पनि वाध्यतावास उनीहरु नास्ता खाईरहेका हुन्छन । यतिकैमा प्रकाश समीरलाई बोलाउँछ ।
“समीर ! उ पर सरिता बोलाउँ है ?”
“ल बोलाउनु न त ।”
“सरिता बहिनी…………………?”
बाहिरबाट मसिनो स्वरमा “हजुर दाजुु ?”
अनुहार रातो पार्दै सरिता भित्र प्रवेश गर्छिन । सृष्टिकर्ताले पनि कति राम्री बनाएर पठाएको होला ? मिलेको शरीर, बारुली कम्मर, गहुँगोरी, हाइटमा पनि ठिक्क, नम्र बोली मिजासिलो नारी जानिमा हुनु पर्ने गुणले युक्त छिन सरिता । शारीरिक बनावट देखि जोसुकै पनि उनको अगाडी पनेहरु मोहित पर्नु अस्वभाविक होइन ? प्राय सम्पूर्ण क्रियाकलाप समीर संग मेल खाने थियो ।
समीर तिर नजर पु¥याउदै सरिता बोल्छिन । “अहो ! समीर जी तपाई पनि यहाँ ?”
“अँ म पनि यहाँ आईपुगेकोछु ।”
“के भो त आउनु पर्छ नि ।” सरिता बोल्छिन । “समीर आरामै हुनुहुन्छ ?”
“अँ आरामै छु । अनि तिमी नि ?”
“म पनि बाँचेकै छु ।”
सरिता र निर्मला भाई राजेश पछि–पछि लागेर भित्र पस्छन ।
राजेश प्रकाशको नजिक वस्छ ।
‘नानी यता आउन ।’
चिने झैं गरी निर्मला समीरको काखमा बस्छिन । कतै दिदीले गाली गर्ने हो की भनेर होला । दिदीलाई टुलुटुलु हेरिहरहेकी छे निर्मला, पुनः सवैजना नास्ता खाना सुरु गर्छन । समीरले बहिनी निर्मला र भाई राजेशलाई विस्कुट किनिदिन्छ ।
फेरी कुरा सुरु हुन्छ । “सरिता हाम्रो भेट नभएको पनि धेरै भयो नि ? के छ त आज भोली ?”
“के हुनु नी समीर उस्तै न हो । यतिकैकमा प्रकाश बोल्छ “के उस्तै हुनु सरिताले यसपटकको परिक्षामा स्कूल प्रथम भईन ।”
“ए राम्रोसंग पास हुनु भएछ । त्यसमा तपाईलाई बधाई छ है ।”
मृगतृष्णा नयनमा समीरतिर पुलुक्क हेर्दै लज्जालु स्वरमा बोल्छिन ।
“हजुरलाई धन्यवाद”
मौन रहदै मनमनै सोच्छिन आज यसरी फेर िभेट भयो । आपूmलाई बधाई दिएकोमा हृदयदेखि खुसी हुदै समीरका सन्र्दभमा अनेक तर्क विर्तक गर्छिन ।
“बहिनी बेलुकी नाच हेर्न आउने होइन”– प्रकाश सोध्छ,
‘नआउने दाजु आमा अलि विरामी हुनुहुन्छ ।’
‘भोली आउने त ?’
‘हो दाजु भोली आउने ।’
‘समीर जाऔं भोली भेटौंला’–प्रकाश बोल्छ ।
समीर बाहिर निस्कन्छ । निर्मला समीरको काखबाट निस्केर दिदीको पछि–पछि लाग्छिन । समीर र सरिताको आँखा जुध्छ । मीठो मुस्कान आदान प्रदान हुन्छ । अनि सवै जना आ–आफ्नो घर तिर लाग्छन ।

दिनेश खड्काले लेख्नु भएकाे उपन्यास क्षितिज पारीकाे मिलन को पहिलो अध्याय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *