कलेजाे सफा पार्न खाने गर्नुहाेस् यस्ता खानेकुराहरु

हाम्राे शरिरकाे महत्वपूर्ण अंग मध्ये कलेजाे पनि एक हाे । कलेजाेले हाम्राे शरिरमा रक्त शुध्दिकरणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

यसमा कुनै प्रकारकाे समस्या आए शरिरकाे सम्पूर्ण रक्तसंचारमा असर पदर्छ । तसर्थ यसकाे सुरक्षाका बिषयमा जानकारी लिनु आवश्यक छ ।

आजभाेली हामीले खाने गरेका खानेकुराहरू मध्ये केही खानेकुराले पनि हाम्राे कलेजाेमा असर गरिरहेकाे हुन्छ । खानेकुरा मात्र हाेइन, हाम्राे रहनसहनले पनि कलेजाेमा असर गरिरहेकाे हुन्छ । तर आज हामी कलेजाे सफा राख्न कस्ता खानेकुरा खानु पर्छ भन्ने बारे जानकारी दिइरहेका छाै ।

यी हुन् कलेजो सफा पार्ने खानेकुरा

प्याज

प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्।

अंगुर

अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ।

चुकन्दर र गाँजर 

यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ। त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ।

ग्रीन टी

यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो। यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ। ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ। तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन।

हरिया सागसब्जी 

कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ।

एभोकाडो

पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ।

स्याउ

यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ।

जैतुनको तेल

जैतुनको तेलले पनि शरीरमा भएका हानिकारक पदार्थ निकाल्न मद्दत गर्छ।

ब्रोकाउली र काउली

यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ। यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ। यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ।

कागती 

सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ। बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ।

बेसार 

बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ। यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ ।

यस्ता खानपान र आदतका कारण सखाप पार्छ कलेजाे 

अधिक या कम खानपान

हामीले बिहान बेलुका पेट चर्किने गरी खाने गर्दा पनि कलेजाेमा असर हुने गर्दछ । त्यसैगरी खाना नखार्इ लामाे समय बस्दा पनि कलेजाेले काम गर्न नसक्दा फ्याट जम्मा हुन्छ र कलेजाेमा हानी गर्छ । कलेजाेमा असर पर्ने हुन्छ ।

गुलियाे

कलेजाेले शक्खरलाई फ्याटमा बदल्ने काम गर्छ । ज्यादा शक्कर खादा कलेजाेको काममा प्रेसर बढ्छ र थप फ्याट कलेजाेमा जम्मा हुन्छ । यसले कलेजाेलाई असर हुन्छ ।

मदिरा

ज्यादा मदिरा पिउदा पनि शरिरमा टक्सिनको मात्रा बढी हुन्छ । सो टेक्सिन लिभरमा जम्मा हुन्छ र कलेजाेलाई गम्भीर हानी गर्छ । शरिरको वजन बढी हुँदा कलेजाेमा स्ट्रेस पर्छ । यसले कलेजाेमा फ्याट जम्मा हुन्छ र लिभरमा हानी हुन्छ ।

निन्द्राको अभाव

राम्रोसँग नुसत्दा पनि कलेजाेले उचित रुपमा काम गर्न सक्दैन । कलेजाेले काम गर्न नसक्दा फ्याट जम्मा हुन्छ र कलेजाेमा हानी गर्छ ।

कोल्ड ड्रिंक

कोल्ड ड्रिंकमा कृत्रिम गुलियो र रंग मिसाइएको हुन्छ, जसले कलेजाे सम्बन्धि विभिन्न प्रकारका रोग निम्त्याउछ ।

चुरोट

चुरोटमा हुने हानिकार पदार्थले कलेजाेका कोषहरुलाई ड्यामेज गरिदिन्छन् ।

पेनकिलर

लामो समय पेन किलर लिँदा यसको साइड इफेक्टले कलेजाेलाई ड्यामेज गरिदिन्छ ।

ज्यादा भिटामिन

चिकित्सकको सल्लाहबिना धेरै मात्रामा भिटमिन ए खाँदा कलेजाेमा नोक्सान हुन्छ ।

खराब जीवनशैली

अस्वथकर खानाले शरिरमा पोषणको अभाव हुन्छ, जसले कलेजाेको काममा पूरा असर गर्छ । फ्याट कलेजाेमा जम्मा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *