किन हुन्छ ? आनन्द प्राप्त गर्ने इच्छा

मानवीय सर्वादिक चाहाना नै आन्नद प्राप्त गर्ने नै हुन्छ । हामी किन मीठो खानेकुरा खान रुचाउँछौं ? हामी किन रमाइला ठाउँहरु घुमफिर गर्न रुचाउँछौं ? हामी किन सिनेमा हेर्न रुचाउँछौं ? हामी किन आकर्षक पहिरन लगाउन रुचाउँछौं ? यी सबैको जवाफ फरक–फरक ढंगले दिन सकिएपनि अन्नत मूल ध्येय एउटै हो आनन्द प्राप्त गर्ने ।

हामी पैसा कमाउन चाहन्छौं, यश आर्जन गर्न चाहन्छौं, मान र प्रतिष्ठा कायम राख्न चाहन्छौं, सुविधायुक्त जीवन विताउन चाहन्छौं किन ? अन्तिम उत्तर एउटै हो, आनन्दका लागि ।

हामी जीवनभर जे–जति काम गरिरहेका हुन्छौं, ति सबैबाट हामी आनन्द खोजिरहेका हुन्छौं । अर्थात हामी जन्मदेखि मृत्युसम्म खोज्ने अन्तिम कुरा हो, आनन्द । तर, के हामी आनन्द प्राप्त गरिरहेका हुन्छौं ? आनन्दको स्रोत के हो ? आनन्द कहाँ पाइन्छ ? आनन्द कसरी  पाइन्छ ?

आनन्द जीव एवं विश्वको स्थायी भाव, स्वभाव र स्वधर्म हो । यसैले आफ्ना मूल स्वरुप पाउन अर्थात आनन्द प्राप्त गर्नु हरेक प्राणीको स्वभाविक प्रवृत्ति हो ।

आनन्दको स्रोत हामीभित्र नै छ । हामीभित्र नै आनन्द समाहित भएर रहेको हुन्छ । साधना गरेर आनन्दको अनुभूत गर्न सकिन्छ ।

श्रीमद्भागवत गीतामा के भनिएको छ भने, यस संसारमा दुई किसिमका मानिस मात्र आनन्दमा रहन सक्छन् । एक, पूर्ण अज्ञानी । दुई, जसले बुद्धिमाथि विजय प्राप्त गरेका छन् । बाँकी सबै दुःखी हुन्छन् । जीवनको आनन्दबाट विमुख हुन्छन् ।

अर्थात उनीहरुले आनन्द अनुभूत गरिरहेका हुँदैनन् । आत्म आफैमा आनन्दमय छ । तर, माया–मोहको आवरणले घेरिएपछि त्यो आनन्द विलुप्त हुनपुग्छ । पैसा, घर, परिवार, गाउँ, देश इत्यादिका कारण मान्छेमा आशक्ति बढ्छ ।

कुनैपनि व्यक्ति वा वस्तुमाथि जति धेरै आशक्ति बढ्छ, उत्तिनै दुःखको संभावना पनि अधिक हुन्छ । कुनैपनि आदर्श सामाजिक कार्यकर्ता वा सन्त जस्ता व्यक्ति पनि समाज वा भक्तजनप्रति आशक्त हुन सक्छन् ।

प्रत्येकलाई सबैभन्दा बढी आशक्ति आफैप्रति वा आफ्नो शरीर र मनप्रति हुन्छ । थोरै बेदना वा व्यधिले पनि मान्छेलाई दुःखी बनाउन सक्छ । त्यसैले हरेकले आफ्ना व्यधि, विपत्ति वा वियोगलाई हाँसेर स्विकार्न सक्नुपर्छ । यस्तो सामर्थ्य भएकाहरु नै आनन्दमा रहन सक्छन् ।

आनन्द जीवको स्वभाव हो । जसरी सख्खरको स्वभाव गुलियो हो ।

अनलाईन खवरवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *