केरा खेती गर्ने तरिका

नेपालका धेरैजसो तराई तथा भित्री मधेशहरुमा राम्रोस‘ग खेती गर्न सकिने उच्चमूल्यका बालीहरु मध्ये केरा खेती पनि एउटा गतिलो आयमूलक बाली हो । यसलाई कम लागत तथा छोटो समयावधिमा नै सन्तोषजनकरुपमा उत्पादन लिन सकिने भएबाट यसको खेती दिनानुदिन बढ्दै गएको देखिन्छ ।

स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि केरा अन्य फलफूल भन्दा अगाडि र शक्ति प्रदान गर्नेमा उत्कृष्ट मानिन्छ । केरामा भिटामीन ए, वी र सी सन्तोषजनक रुपमा प्राप्त हुन्छ । यसको खेती तराई, पहाड र भित्रीमधेशहरुमा अति प्राचीनकालदेखि नै गरिदै आएको हु‘दा यसलाई विश्वको प्रमुख फलको रुपमा लिइने गरिन्छ ।

केरालाई सामान्यतया पाकेपछि मात्र खाने गरिए पनि अन्य तरीका अपनाई पनि प्रयोग गर्न सकिन्छ । जस्तै केरालाई उसिनेर या पाकेको केरालाई चाना पारी सुकाई, सुकेपछि पिसेर पिठो बनाई हलुवा पनि खान सकिन्छ । केरा खेती सञ्चालन गर्दा सर्वप्रथम तापक्रममा बढी ध्यान दिनुपर्ने हुन्छ । राम्रो केरा खेती गर्नको लागि सामान्यतया २० देखि ३० डिग्री सेल्सियस तापक्रमलाई उत्तम मानिन्छ ।

यदि तापक्रम १५ डिसे भन्दा कम र ३९ डिसे भन्दा बढी भएमा केराको बृद्धि विकासको साथसाथै फूल फुल्ने कार्य रोकिने हुन्छ तसर्थ तापक्रम बारेमा बढी ध्यान दिनुपर्ने देखिन्छ । यसको खेती सबै खाले माटोमा गर्न सकिन्छ तर पानी नजम्ने, चिस्यान भइरहने बलौटे दोमट माटो यसको लागि उत्तम मानिन्छ ।

केरा खेती गर्नुपूर्व जमिनलाई खनजोत गरी तयार पार्ने र २ देखि ३ मिटरको फरक–फरकमा आधा मिटर लम्बाइ, चौडाइ र गहिराइको खाडल खनी, त्यसमा पाकेको गोवर या कम्पोष्ट मल माटोमा मिलाई आधाखाडल भर्ने गरी गर्नुपर्दछ । खाडलमा मल माटो भरेपछि त्यसमा केराका सकर (बेर्ना)रोप्नुपर्दछ ।

बेर्ना रोप्दा बेर्नाको गानो (जरातर्फको डल्लो) लाई खाडल–खाडलमा राखी पुनः मल, माटोले पुरी दिई हल्का चारै तर्फबाट दाबी दिनुपर्ने हुन्छ । केराको लागि बढी मलको आवश्यकता पर्ने हु‘दा बिरुवा रोपेपछि पनि हरेक ६-६ हप्ताको फरकमा प्रतिबोट ५०-५० ग्राम का दरले नाइट्रोजन, फस्फोरस र पोटास बोटको वरिपरिबाट राखी दिई माटोले पुरी हल्का सिंचाई दिनुपर्ने हुन्छ । तब मात्र बोटको राम्रो विकास हुन्छ ।

केराका जातहरु :
केराका धेरै प्रकारका जातहरु भए पनि हाल प्रचलनमा आएका, राम्रो उत्पादन दिने केही जातहरुको मात्र जानकारी गराइएको छ जसमा बसराई, हरिछाल, रोबस्टा र स्थानीय जात मालभोग छन् ।

बसराई ड्वार्फ :

यो जातको बोट होचो हुनुका साथै उचाइ केवल २ मिटरसम्मको मात्रै हुन्छ । यसको कोसा २५ सेन्टिमिटर लामा, हल्का बांगो देखिने, पाकेपछि हरियो हल्का, पहेंलो धेरै हुने, गुलियो ठीक, एउटा घरीमा लगभग १३० वटासम्म कोसा हुने हुन्छ ।

हरिछाल :

यो बसराई जातभन्दा अलि अग्लो हुन्छ । यसको उचाई ३ मिटर, फल बसराईको जस्तै तर यो पाकेपछि पनि हरियो नै रहन्छ, पहेंलो हु‘दैन । यसको कोसा संख्या १६० वटासम्म हुन्छ ।

रोवस्टा : यो पुड्के जातको केरा हो । यसको उचाइ २/३ मिटरसम्मको हुन्छ । यसको फल बसराईको जस्तै हो । तर यसको घरी ठूलो हुनुका साथै कोसा संख्या ४०० देखि ५०० सम्म भएको पाइएको छ ।

मालभोग : यो नेपालको लोकप्रिय स्थानीय जात हो । यसको बोट ४/५ मिटर अग्लो हुन्छ भने एउटा घरीमा कोसाको संख्या १०० देखि १२० सम्म हुने हुन्छ । खानमा मिठो र धेरै दिनसम्म रहन सक्ने, नसड्ने, सुख्खा ठाउ‘मा पनि लगाउन सकिने जात हो ।
यी जातहरुमध्ये आफूलाई मनपर्ने जात छनोट गरी त्यसका सकर ९केराको बोट वरपरबाट निस्कने बोट० हरु ६०र७० सेन्टिमिटर अग्लो वा स–साना गानाहरु जसमा २/३ ऑखा होस् त्यस्ता बोटको छनोट गरी बेर्ना रोप्नुपर्दछ । ठूला बोट रोप्नु उपयुक्त हु‘दैन ।

रोप्ने समय :
सामान्यतया केरालाई वर्षमा तीन सिजनमा रोप्ने गरिन्छ । प्रथम पुसदेखि फागुनको पहिलो हप्तासम्म र दोस्रो– बैशाख, जेठ र तेस्रो साउन भदौ हुन् । यी तीन सिजनमध्ये सबैभन्दा राम्रो प्रथम सिजनलाई नै मानिन्छ । प्रथम सिजनमा रोपेका विरुवाबाट पहिलो वर्षमा असोज-कार्तिक र दोस्रो वर्षमा असार, साउनमा बाली लिन सकिन्छ । त्यस समयमा केराको राम्रो उचित मूल्य पाउन सकिन्छ ।

सिंचाई :
केरालाई वर्षाको समय बाहेक अन्य समयमा सिंचाई दिइनैरहनुपर्ने हुन्छ । यदि केरामा चिस्यानको कमी हुन गयो भने केराको उत्पादन नराम्रोस‘ग घट्ने गर्दछ, तसर्थ होचा जातका केराहरुलाई नपाक्दासम्म सिंचाईको आवश्यकता पर्दछ, त्यसैले चिस्यान हेरी सिंचाई दिइनै रहनुपर्दछ ।

काटछाँट र गोडमेल :
केराको बारीलाई सदैव सफा सुग्घर गरी राख्नुपर्दछ । बोटको वरिपरि झारपात गोडिरहने र केराका सकर बढी निस्केमा माउबोटस‘ग दुईवटा मात्रै रहन दिई अरु बोट काटी दिनु जरुरी हुन्छ । जब माउ बोटबाट फल लिइन्छ तबमात्र अर्को बोट बढ्न दिनु राम्रो हुन्छ ।

बुंगो काट्ने :
केराको घरी बनिसकेपछि९कोसा लागेपछि० केराको तलको बुङ्गो काटी दिनुपर्दछ । यसो गर्दा कोसाहरु सबै एकैनासको हुनुका साथै तौलमा पनि बढी हुने गरेको पाइएको छ ।

केरा काट्ने :
सामान्यतया केरा ९ देखि १२ महिनासम्ममा फल लाग्नेगर्दछ । त्यसको २-३ महिनापछि मात्र फल काट्ने लायकको हुन्छ । त्यस अवधिभरि सिंचाई, गोडमेल र कीरा नियन्त्रणमा ध्यान दिइरहनुपर्दछ । केरा पूरै छिप्पिएको छ छैन भनि जान्नको लागि कोसाको टुप्पो मा काला–काला फूलहरु सुकेको देखिने गर्दछन् तिनीलाई हातले छुदा झर्ने गरेमा केरा छिप्पिएको छ भनी जान्नुपर्दछ ।

केराको बोट काट्दा एक मिटर जमिन माथि बाट बोटको घार काट्नु पर्दछ, जमिन सतहबाट काट्नु राम्रो हु‘दैन, किन भने त्यसमा रहेको पोषक तत्व बॉकी रहेमा बोटहरुलाई काम लाग्ने हुन्छ, त्यसैले एक मिटर माथिबाटै काट्नु रामो हुन्छ ।

एकपटक लगाएको केराको बोट कति वर्षसम्म रहन दिदा राम्रो फाइदा लिन सकिन्छ भन्नेमा त्यस ठाउ‘को माटो, हावापानी र गोडमेल आदिमा भरपर्दछ, तैपनि भन्नुपर्दा बसराई, हरिछाल र रोवस्टा जातलाई तीन बालीसम्म एउटै ठाउ‘बाट लिन सकिन्छ, त्यसपछि नयॉ ठाउ‘मा पुनः बेर्ना रोप्नु राम्रो हुनछ ।

गवारो कीरा :
केराको सबैभन्दा विनाशकारी किरा गवारो नै हो । यसलाई केराको घुन पनि भन्ने गरिन्छ । यसले आक्रमण गरेको केराको बोट चिरेर हेर्ने हो भने लाभ्रेले केराको बोट भित्र छेडेर सुरुङ्ग बनाएको हुन्छ, त्यसले गर्दा केराका बोटहरु कमजोर हुन गई हावा लाग्दा ढल्ने गर्दछन् ।

यसको बढी आक्रमण हुने समय चैतदेखि भदौसम्म हो, यसै समयमा फ्यूराडन भन्ने विषादी गेडा तीन ग्रँम प्रति बोटका दरले बिरुवाको फेदको वरिपरि राखी माटोले पुरी दिनुपर्दछ ।

यदि सकिन्छ भने बोटको वरिपरि कुलेसो खनी त्यसमा गेडा राखी पुर्दा अझै प्रभावकारी भएको पाइएको छ । तसर्थ केरा खेती गर्ने व्यक्तिहरुले यस विषयमा बढी नै ध्यान पु¥याउनुपर्ने हुन्छ । आशा छ केरा खेती गर्न सुरु गर्ने वा केराको खेती गरिसक्नु भएका व्यक्तिहरुले माथि बताएका कुराहरुलाई ध्यान दिई खेती सञ्चालन गर्नुभयो भने अवश्य पनि मनग्य आम्दानी लिन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *