खप्तड राष्ट्रिय निकुन्ज

सुदुर पश्चिम विकास क्षेत्रको प्रमुख प्राकृतिक सम्पदा रुपमा रहेको यस खप्तड राष्ट्रिय निकुन्ज सन् १९८४ सालमा स्थापना भएको हो । २२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस निकुन्ज सुदुर पश्चिम क्षेत्रको एकमात्र राष्ट्रिय निकुन्ज हो ।

खप्तड पर्यटकीय क्षेत्रले सुदुर पश्चिमका ४ वटा जिल्ला डोटी, बझाँङ्ग, बाजुरा, र अछामका विभिन्न भागहरु समेटदछ । यस खप्तड क्षेत्र भित्र त्रीवेणी धाम, सहस्र लिङ्ग,बाबा कुटी,घोडा दाउन पाटन, खरतड दह, डाँफेकोट,गणेश पाटन, नागढुङ्गा, छित्रेपानी आदी रहेका छन् ।

यो स्थल डोटी जिल्लाको सदरमु काम सिलगढी बाट उतर दिशामा पर्दछ र त्यहाँबाट २५.कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ घण्टा यात्रा गरी पैदल ८ घण्टा समय लाग्दछ । यो सडकको बाटोको प्रकृति मिश्रित छ ।

सिलगढी देखि दुई पिपल सम्म ३ कि.मी. पिच र त्यहाँबाट झिग्रानासम्म पुग्न करिव १२ कि.मी. कच्चि बाटो र त्यहाँबाट गोरेटो बाटो पैदल हिड्नु पर्दछ ।

यस स्थानमा पुग्न सिलगढी–उनीतोला–कलेना–वगलेख– झिग्राना हुँदै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गरेर त्यहाँबाट विचपानी हुँदै खप्तड क्षेत्र पुगिन्छ ।

अर्को बाटोको रुपमा बझाङ्गको सदरमुकाम चैनपुरबाट तमैल बजारसम्म गाडिमा र तमैलबाट जिपमा बालुखेती पुगिन्छ र त्यहाँबाट छाङना ( लोहखडा हुँदै करीव ७ घण्टाको पैडल यात्रा पछि खप्तड क्षेत्र पगिन्छ ।

डोटी जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग र सेती राजमार्ग भएर जाँदा ६/७ घण्टा लाग्दछ । अतरिया देखि सिलगढी सम्मको सडकको लम्बाई १९४ कि.मी. रहेको छ । यहाँको मौसम सामान्यतया चिसो छ ।

प्राकृतिक धार्मिक र साँस्कृतिक  विविधताले  भरिएको  खप्तड  क्षेत्रमा २२ वटा ठूला पाटनहरु र ५२ वटाहरु झोताहरु (रुखका थुम्काहरु) रहेका छन । यो  स्थल  विभिन्न  प्रकार  प्रकारका  देवी देवताको मन्दिर भएकोले प्रसिद्ध छ ।

यहाँको  त्रीवेणी  धाम,  खप्तड बाबा आश्रम ,प्राकृतिक भूस्वर्गको रुपमा परिचित राष्ट्रिय र अन्तराष्ट्रिय  स्तरमा  ख्याति  भएको  क्षेत्र  खप्तड  दह,  सहस्त्र लिङ्ग, केदार ढुङ्गा, सिता पाइला,  घोडा  दाउन पाटन  डाँफेकोट बुटेदार फूलहरु, छतिवन बागहे निगालो पाइन्छ ।

पर्यावरणीय हिसाबले निकै सुन्दर क्षेत्र यस क्षेत्रको भ्रमण गर्दा देखिने पाटनमा चराउन ल्याउने बाखा्र, गाई, भैसी, घोडा, को  छातीमा  बाँधिएको घण्टि चर्दा खेरी निरन्तर रुपमा बजिरहेको गुञ्जनले मन आनन्दित पार्दछ ।

यो स्थान गंगा दशहरा मेला र जनै पूर्णिमामा लाग्ने खप्तड जात्राको लागि प्रसिद्ध छ । यी पर्वहरु श्रावण/भाद्र महिनाको जनै पूर्णिमा तिथिमा मनाईन्छ ।

यी मेलाहरु मध्ये त्रीवेणी धाममा मानिसहरु भेला हुँने र स्नान गर्ने, मन्दिरमा पूजा गर्ने, सहस्र लिङ्गमा पूजा गर्ने, देउडा खेल्ने, चाँचरी स्थानमा गित गाउने, जुवा खेल्ने आदी गर्दछन् ।

त्यस्तै जनैपूणिमामा दहमा स्नान गर्ने, देवी देवताको पूजा आराधना गर्ने, देउडा खेल्ने, राजा महाराजाको पालाको तरवार र ढाला लिएर विशेष पहिरण लगाई हुडके नाच नाचिने गरिन्छ ।

मेलाको वेलामा विभिन्न किसिममा सुदुर पश्चिमको संस्कृति झल्कने प्रस्तुतीहरु देखाउने र उक्त मेलामा पर्यटन बोर्डका मानिसहरु पनि आउने गर्दछन् । त्यस समयमा यहाँ ठूलो बजार लाग्दछ ।

तराई मूलका पसलेहरु माथि खप्तडमा पाल टाँगेर जेरी बनाउने गर्दछन् । पहाडका मानिसहरु जेरी रुचाउने भएकोले व्यापार बढी हुने गर्दछ । यस स्थानमा मानिसहरुले चैत्र देखि अषाढ मसान्त सम्म भ्रमण गर्ने गर्दछन् ।

उक्त समयमा करिव यहाँ मौसम राम्रो भएमा ३० – ३५ हजार सम्म र राम्रो नभएमा १५–२० हजार सम्म पदयात्री हुँन्छन । यस क्षेत्रमा कम्तिमा पनि वार्षिक १५–२० हजार मानिसले भ्रमण गर्दछन् ।

यस क्षेत्रले अन्तरराष्ट्रिय ख्याति कमाएको हुँदा विदेशीहरु समेत आउने गर्दछन् । यस बाहेक मेलाको समयमा भने डडेलधुरा, बाजुरा, डोटी, कैलाली, अछाम, बझाङ्ग, दार्चुलाबाट मानिसहरु बढि आउने गर्दछन् । यस स्थलको खास विशेषताहरु निम्न छन् ।

मनोकामना पूरा हुने, पौराणिक कालमा भगवान रामले दर्शन गरेको क्षेत्र, खप्तड बाबाले ५० औ वर्ष ध्यान गरेको क्षेत्र, केदार ढुङ्गा, सिता पाइला खप्तड दह, नाग ढुङ्गा सहस्त्र लिङ्ग केदार धारा हुन ।

त्यस बाहेक यहाँको प्रकृतिक दृष्य मनै आनन्दित हुने, हरिया कार्पेट विछायाएको जस्तो देखिने पाटन, महत्वपूर्ण जडिबुटीहरु पाँचऔले, संञ्जीवनी, चिराइतो खानी रहेको साथै प्राकृतिक दृष्टिकोणले निकै सुन्दर भौगोलिक क्षेत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *