खेलकुद नै जीवन

मिहेनत गर्ने बानी बसाल्न, अनुशासित जिवनयापन गर्न र सामाजिक जिम्मेवारीको महसुस गर्न सबैका लागि खेलकर्मी अग्रस्थानमा रहेका छन् । यसै कारण हो, खेलाडी जीवनपछि पनि प्राय खेल व्यक्तित्वको सामाजिक भूमिका महत्वपूर्ण रहेको छ । उनीहरुको यो भूमिका यसै वर्ष गएको भूकम्पपछि झनै देखियो । जहाँ रहे पनि नेपाली खेलकर्मीले नेपालको विपत्तिमा साथ दिइरहे । यो क्रम अमेरिका र अस्ट्रेलियामा अझ बढी रह्यो । यो क्रममा पाटनको मैत्री तेक्वान्दो डोजाङ अझ अग्रणी रह्यो । हाल काठमाडौंंमा मैत्रीको टिम मैत्री अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपका लागि नेपालको छनोटमा ब्यस्त छ ।

यसैका लागि काठमाडौंमा आएको मैत्रीको टोली विभिन्न स्थानमा भूकम्पपीडितको सहयोगमा ब्यस्त रह्यो । मैत्रीको टिमले सिनधुपालचोक, भक्तपुर र काभ्रेपलान्चोकका सहयोगको कार्यक्रम आयोजना ग¥यो । कुनै समय नेपाली खेलकुदमा छाएका राजेश कमाचार्य अहिले अमेरिकामा छन् । उनी पनि यस बीचमा नेपाल आए । नेपाल बसाइको क्रममा उनले अनाथहरुलाई केन्द्र बनाएर जुडो केन्द्रलाई सहयोग गर्न भ्याए । यस क्रममा विदेशमा रहेका व्यक्तिकै सहयोगमा नेप्लिज तेक्वान्दो एकेडमेमीले पनि भूकम्पपीडितको सहयोगमा आफूलाई केन्द्रित ग¥यो ।

featurema_hallne (1)

भूकम्पपीडितका लागि मात्र होइन, नेपालको खेल विकासमा यो वर्ष केही व्यक्ति सक्रिय रहे । हङकङमा रहेका मास्टर गणेश गुरुङले त उनको टप माउन्टेन तेक्वान्दो डोजाङको पोखरामा नेपाल शाखा नै खोले । सबिता राजभण्डारी र किशोर श्रेष्ठको जोडी नेपाली खेलकुदका लागि कुनै समय स्वर्णीम मानीन्थ्यो । अमेरिकामा रहेका यी दम्पत्तीले पनि नेपालमा भएको प्राकृत्तीक विपत्ती लगायत अन्य क्षेत्रमा सहयोग गर्दै आएका छन् । एसियाड रजत पदक विजेता सविता र काश्य पदक विजेता किशोरलाई नेपाली खेलकुदमा मानबीय सम्बेदनाले भरिपूर्ण व्यक्तिको रुपमा चिनिन्छ ।

हालै माइती नेपालमा तेक्वान्दो डोजाङको स्थापना भयो । यसमा मास्टर कल्पना कार्कीको भूमिका महत्वपूर्ण रह्यो । यसमा बिश्व च्याम्पियनसीपकै पदक विजेता सिता राइ र अन्तराष्ट्रिय क्षेत्रमा पदक जित्ने पहिलो नेपाली महिला प्रमिला थापाको भूमिका त्यत्तिकै रह्यो । त्यसो त नेपालको करातेमा बालाजु कराते एकेडेमी डोको भूमिका त्यत्तिकै महत्वपूर्ण छ । यो एकडेमीलाई अघि बढाउने मकाउमा रहेका बालाजुकै पूर्व खेलाडी मुकेस बरुवाल, जापानमा रहेका अनुज थापा र बेज्लीयममा रहेका किसन केसीको भूमिका रहेको छ ।

सहयोग गर्न मात्र होइन, विदेशमा रहेर पनि खेल गतीबीधीलाई तीब्र बनाउनेको लामा सुची छ । क्लब चलाउने, प्रतियोगिता आयोजना गर्ने, सहभागि हुने, प्रशिक्षण हुने र रेफ्रिको रुपमा सक्रिय हुने नेपालीको सुची धेरै लामो हुने छ । यहा प्रस्तुत गरेका केही नाम उदाहरण मात्र हुन् ।

अमेरिकामा थुप्रै नेपाली तेक्वान्दो स्टार प्रशिक्षकको रुपमा कार्यरत छन् । यसै क्रममा पछिल्लो समय नेपाली तेक्वान्दोको स्टार मनीता शाही पनि छिन् । जुडोका राजेश शमाचार्यलाई पनि प्रशिक्षण दिन र रेफ्रिको काम गर्न भ्याइ नभ्याइ छ । मकाउमा रहेका कराते खेलाडी लोकमान श्रेष्ठ त त्यहाको प्रतिनिधीत्व गर्दै बिश्व च्याम्पियनसीप समेत खेल्न भ्याइसकेका छन् । जुडोका मोहन बम अस्ट्रेलियाका स्टार खेलाडीको रुपमा रहेका छन् । करातेका रबि शाही युएइमा कराते गतीबीधीमा सक्रिय नाम हो । यसैगरी, मलेसियामा रहेका योगेन्द्र कोइराला पनि सक्रिय नाम हो ।

पोखराको एक्सबगर युवा क्लब ६० को दशकको मध्यमा नेपाली भलिबलमा महत्पूर्ण शक्तिको रुपमा रहेको थियो । त्यसै शक्तिका प्रमुख भलिबलका पूर्वखेलाडी तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका क्षेत्रीय अध्यक्ष श्रीगुरुङ जापानमा बसेर पनि सामाजीक जिवनमा उत्तिकै सक्रिय छन् । खेलकुदको माया उत्तिकै छ । साथै नेपाली खेलकुदबारे चासो पनि ।

०२३ पुष १० मा कास्कीको लुम्ले तान्चोककोटमा जन्मीएका श्रीभक्त गुरुङ पछिल्लो समय नेपाली भलिबलमा परिचित नाम बने । ०४० मा कान्छी बराहा युवा क्लबको कप्तानको रुपमा उनको भलिबल पाइला अघि बढेको थियो । ०४२ मा कास्की जिल्ला स्तरीय भलिबल प्रतियोगितामा गुरुङ वरेन्द्र शिल्डमा संगम स्कुल चन्द्रकोटको कप्तानको भूमिकामा रहे । ३२ टोली सहभागि प्रतियोगितामा उनको टोली दोस्रो भएको थियो ।

०४२ देखि नै कास्की जिल्लाको प्रतिनिधीत्व गरेका उनी ०४४ पछि पृथ्बी नारायण क्याम्पसमा भलिबलमा छाउन थाले । ०४६ मा जापान पुगेका गुरुङ ०५४ मा फेरी नेपाल फर्किए । ०५५ मा उनी फेरि बेलायत प्रश्थान गरे । बेलायतमा उनले स्थापना गरेको एक्सबगर क्लब अहिले पनि चर्चामा छ । ०५८ मा उानले बेलायतमै एक्स बगरको स्थापनामा सक्रिय बने । त्यसपछि ग्रेटर रसमोर नेप्लिज सस्थाको स्थापनापछि उनको सक्रियता झनै बढेको थियो । त्यस संस्थामा उनी खेलकुद सचिव थिए । यसै सस्थामा उनी रहँदा बेलायतको फार्नबोरो शहरमा वुद्ध रनिङ शिल्ड तथा बास्केटबल तथा भलिबल प्रतियोगिताको आयोजना गरी नेपालीहरुको भावनात्मक एकतामा थप बल पु¥याउने काम गरेको थियो ।

उनी नेपाल फर्किएपछि ०६२ मा पोखरामै एक्स बगर युथ क्लबको स्थापना भयो । उनकै नेतृत्वमा एक्स बगरले भलिबलमा थुप्रै सफलता हात पारेको थियो । ०६२ मै पोखरामा भएको फूलबारी कप,घाले महोत्सब र सुन पदेली कपमा एक्स बगर पहिलो भयो । ०६३ को बाग्लुंग महोत्सबमा तेस्रो भएको उनको टोली त्यसै वर्ष भएको माचापुच्छ्रे कपमा तेस्रो हुन सफल भयो । त्यसै वर्ष माघे सक्रन्ती मेला रिबनमा पहिलो भएको उनको टोली अर्मलामा भएको रिन्जे मेलामा पनि पहिलो भएको थियो । बिरेठाटी महोत्सबमा उनको टोली दोस्रो भएको थियो ।

०६४ मा भएको लामाचौर महाहेत्सब र माछापुच्छ्रे महोत्सबमा भएका प्रतियोगितामा पनि उनको टोली पहिलो भएको थियो । तनहुको काक्रेमा त्यसै वर्ष भएको भिम मिलन कपमा पहिलो भएको उनको टोली छोमोरुन्गमा भएको सेन्चुरी महोत्सबमा पनि पहिलो भयो । धम्पुसको लालीगुरास महोत्सब, भदौरेको भदौरे महोत्सब, घलेखर्क मेलाको प्रतियोगिता र माहोरीया मेलामा भएको प्रतियोगितमा उनको टोली दोस्रो भयो । ०६५ मा भएको फीमीला कपमा एक्स बगर पहिलो भएको थियो ।

०६५ मा काठमाडौंमा भएको लिग पुरुष भलिबल प्रतियोगितामा एक्स बगरको प्रभावमा रहेको पश्चिमाञ्चल टोलीले उपाधि जिते पछि एक्सबगर नेपाली भलिबलको एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाउन पुग्यो । त्यसपछि भएको सुपर लिगमा विभागीय टोली पछि रहदै यो टोली चौथो भएको थियो । ०६५ मा काठमाडौंमा भएको राष्ट्रिय खेलकुदमा श्री गुरुङ मेनेजर रहेको पश्चिमाञ्चलले रजत पदक जितेको थियो ।

पछिल्लो समय लन टेनिसमा समेत सक्रिय उनी पोखरामा भएको लन टेनिस प्रतियोगितामा सेमिफाइनलसम्म पुग्न सफल भइसकेका छन् । नेपाली खेलकुदमा दक्षता भन्दा पनि राजनितीक व्यक्तिको प्रभाव बढी भएका कारण समस्या रहेको बताउने उनी अझै नेपालमा केही गर्न चाहेको बताउछन् । अहिले जापानमा रेस्टुरेन्ट ब्यबसायीको रुपमा रहेका उनले रंगशालाको पर्खाल निमार्ण र १८ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफल गराउन उत्तिकै प्रभावकारी भूमिका निभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *