ग्याष्ट्रिक: समस्या तथा समाधानका घरेलु तरिका

चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने ग्याष्ट्रिक रोग आम नेपालीहरुमा परिचित रोग हो । यो रोगले प्राय हरेक नेपालीलाई कुनै न कुनै समयमा समस्या दिईरहेको पाईन्छ ।

किनभने हामी नेपाली खानपानमा कम ध्यान दिन्छौ । लामो समय खाना नखाइ भोक भोकै बस्ने, खाना भेट्टाएको बेला एकै पटक धेरै खाने, खानामा व्यालेन्स राख्नु पर्छ भन्नै कुरामा ध्यान नदिने कारणले पनि धेरै नेपालीलाई यो रोगले सताएको छ ।

खानपानकै गडबढीका कारण हुने रोग भएकोले हाम्रो खानपानलाई सन्तुलित गर्ना साथ ग्याष्ट्रिक रोगलाई धेरै टाढा राख्न सकिन्छ ।

आमाशयका भित्तामा भएको शुष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।

ग्यास्ट्रिकको हुनुको प्रमुख कारणहरु

  • ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ र जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र तथा दीर्घ ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागि हानि गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ ।
  • यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधि एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन,ज्यादा मसलेदार, पिरो र नुन  हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूम्रपान तथा सुर्तीजन्य पदार्थ, कोकिन जस्ता मादक पदार्थ पर्दछन् ।
  • जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली, खानपानशैली, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ ।
  • अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, खाना खादा एकैचाेटी धेरै खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरे लगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ ।
  • व्यस्तता र भागदौडले भरिएको जीवन जिउनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासीनता र अनिद्राका रोगी, शारीरिक श्रम वा ब्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् ।
  • लामो समयसम्म जाँडरक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी, आदि खानेमा पनि यो रोग ज्यादा देखिएको छ । 
  • ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि लाग्ने गर्छ । यसैगरी पेटको अपरेसन, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग, एचआईभी एड्स र विशेष मानसिक रोगावस्थामा पनि यो देखा पर्न सक्छ ।

जटिलताहरूः

  • -यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ ।
  • -भिटामिन बी ९१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
  • ग्याष्ट्रिकका लक्षणहरू
  • -छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने
  • -पेट पोल्नु
  • -पेट भारी हुनु
  • -रिंगटा लाग्नु
  • -टाउको दुख्नु
  • -पेट फुल्नु
  • -भोक हराउनु
  • -अम्लपित्त बढ्नु
  • -वाकवाकी लाग्ने
  • -वान्ता हुने
  • -ढ्याउ–ढ्याउ आउनु
  • -पेट हुडल्नु
  • -तौल कम हुनु
  • समस्या समाधानका उपायहरु
    -खाना समयमा खाने गर्नुहोस्: ग्याष्ट्रिक भएकाहरुले सकेसम्म प्रत्येक दुईरदुई घन्टाको फरकमा खाना खाने गर्नु पर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिन्छ र ग्याष्ट्रिक हुन्छ ।
  • प्रशस्त पानी पिउनुहोस्:
  • लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम हुन्छ । तर पानीकै मात्रा त हो नि भनेर कोक, पेप्सी, फेन्टाजस्ता कोल्ड ड्रिङ्क्स पिउने गर्नु हुँदैन, यस्ता वस्तुले पेटमा ग्यासको मात्रा बढाउँछन् ।
    -कागती पानी पिउने गर्नुहोस्: पेटमा धेरै ग्यास भरिएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउन मद्दत गर्दछ भने पेटलाई फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यासको मात्रा कम हुन्छ र दुखेको पेट पनि सन्चो हुन्छ ।
  • -लसुन पानी पिउने गर्नुहोस्:
  • विहान उठ्नासाथ दुई वा तीन पोटी लसुन पानीसँग निल्ने गर्नुहोस् यसले ग्याष्ट्रिक भएकाहरुलाई निक्कै फाइदा गर्छ भने उच्च रक्तचाप भएकाहरुलाई पनि यो निक्कै गुणकारी हुन्छ ।
  • -कार्बोहाइड्रेडजन्य खानेकुरा कम खाने गर्नुहोस्:
  • पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले मकै, राजमा, बन्दा, प्याज, वियर, वाइन जस्ता खानेकुरा नखानुहोस् ।
  • -दूध नपिउनुहोस्:
  • सामान्य अवस्थामा दूध शरिरको लागि लाभदायक भए पनि ग्याष्ट्रिक भएकाहरुलाई दूधले फाइदा भन्दा हानी बढी गर्दछ । ग्याष्ट्रिक भएकाहरुको पाचन प्रकृया कमजोर हुने भएकोले दूध पचाउन निक्कै कठिन हुन्छ त्यसैले दूध नपिउनु नै उत्तम हो । तर दही तथा दूधबाट बनेका अन्य हल्का परिकारहरु भने खादा हुन्छ ।
  • अदुवा: ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो
  • अलिकति सुखेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । सुक्खा अदुवाको काढा बनाएर पिउँदा पनि हुन्छ ।
  • -पाइनेपल:
  • पाइनापलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनापल पाकेको मात्र खानुपर्छ । काचो पाइनापलले पेटलाई झन नोक्सान नै पुर्यारउछ ।
  • -मही:
  • बिहान खाना खाएपछि महीमा अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेको पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ ।
  • जीरा:
  • जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर चीसो पानीमा घोलेर पिउनुस् ।
  • बेसार:
  • बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ । यो अनेक विमारीमा औषधिको काम गर्छ । अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र यसपछि केरा वा दही खानुस् ।
  • नरिवल पानी:
  • नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ ।
  • -रेसा र चोकरयुक्त खस्रामोटा खानेकुरा:
  • हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग, सब्जी, सलाद, फलफूल, अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ।
  • -तुलसी:
  • तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन चार/पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ । तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल फाइदा हुन्छ ।
  • ल्वांग:
  • ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास्ट्राइटिसमा समस्यामा राहत पुग्छ ।
  • मेवा:
  • मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ ।
  • -पुदिना:
  • पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ ।
  • मरिच:
  • अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ ।
  • कार्बोहाइड्रेट कम खाने:
  • पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।-खाना समयमा खाने: ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।
  • अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम,
  • प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
  • -नियमित योगा बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता योगा विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
  • पेटको मालिस,
  • माटोको पट्टी, ग्यास्ट्रोहेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधि पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
  • सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग,
  • बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
  • -शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि, योगासन, योगनिद्रा, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अन्तिम अंग बनाउनुपर्छ ।
  • दुखाइ कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।
  • कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।
  • -पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *