चिया खेती गर्ने तरिका : एक जानकारी

नेपालमा कुन जातको चिया खेती गरिन्छ ? नेपालमा दुई जातको मात्र व्यावसायिक रुपमा खेती गर्ने गरिएको छः एउटा चाईनिज जात र दोश्रो आसामिज जात।

चाइनिज जातको चिया र आसामिज जातको चियामा के फरकछ ? चाईनिज जातको चियाको बोट सानो,पात ठाडो र सानो हुन्छ भने आसामिज जातको चियाको बोट ठूलो,पात तेर्सो र ठूलो हुन्छ। चाईनिज चिया चिसो हावापानी अर्थात् पहाडीक्षेत्रका लागि उपयुक्त हुन्छ भने आसामिज जात गर्मी हावापानी अर्थात् तराई क्षेत्रका लागि उपयुक्त हुन्छ।

अर्थोडक्स चिया कस्तो प्रकारको चिया हो ? यो चियाको मुनाहरुबाट क्रस नगरी प्रशोधन गरिएको विशेष प्रकारको बास्नादार गुणस्तरिय चिया हो।यसलाई ग्रीन टि पनि भनिन्छ र यसको उत्पादनचाइनिज जातको चियाबाट गरिन्छ।

कस्तो प्रकारको चियालाई सि.टि.सि.चिया भनिन्छ ? सी.टि.सी. चिया एक प्रकारको प्रशोधन पद्दति हो जसमा धुलो पार्ने (क्रस), च्यात्ने (टियर)  र बटार्ने (कर्ल) गरी तीन वटा चरणहरु अपनाईन्छ। अर्थोडक्स चियाको तुलनामा सी.टि.सी. चियाको रङ्ग बढी कडा तर वासना भने कम हुन्छ। यसको उत्पादन आसामिज जातका चियाबाट गरिन्छ।

चिया खेतीका लागि कस्तो हावापानी चाहिन्छ ? चिया खेती चिसो तथा गर्मी हावापानी भएका दुबै क्षेत्रमा गर्न सकिन्छ तरती क्षेत्रहरुमा लगाउने जातहरु भने अलग अलगै छन्। पहाडमा ११०० मिटर देखि २१०० मिटरसम्मको पहाडी भू-भागमा चिनिया जातका चिया खेती गर्न सकिन्छ भने आसामिज जातका चिया खेती तराई तथा बेंसी क्षेत्रको १०० देखि ५०० मिटरसम्मको उचाईमा गर्न सकिन्छ।

चिया खेतीका लागि कस्तो किसिमको तापक्रम तथा वर्षाको आवश्यकता पर्दछ ? यसको खेतीका लागि १२ देखि ३० डिग्री सेन्टिग्रेडको तापक्रम र वार्षिक वर्षा ११०० देखि ३००० मिलिमिटर भएको ठाउँ राम्रो मानिन्छ तर ३० डिग्री सेन्टिग्रेड भन्दा बढी तापक्रम हुने क्षेत्रमा अनिवार्य रुपमा छहारीको व्यवस्था गर्नु पर्दछ।

चिया नर्सरी तथा बगानको लागि कस्तो किसिमको माटो चाहिन्छ ? चिया खेतीको लागि चिस्यान कायम रहने तर पानी नजम्ने दोमट खालको माटो उपयुक्त मानिन्छ। यसको लागि कम्तिमा १ मिटर गहिरो प्रशस्त प्राङ्गारिक पदार्थ भएको ४.५ देखि ५.५पि.एच मान भएको अम्लिय माटो बढी उपयुक्त हुन्छ।

चियाखेतीको लागि माटोको व्यवस्थापन कसरी गर्न सकिन्छ ? चिया बगानमा हरेक ४-५ वर्षमा माटो परीक्षण गरी यदि पि.एच मान ४.५ भन्दा कम भएमा कृषि चून तथा पि.एच मान ५.५ भन्दा बढी भएमा जिप्सम प्रयोग गर्नु पर्दछ। रासायनिक मलको साथ साथै कम्पोष्ट मलको प्रयोगलाई बढावा दिनु पर्दछ।

चियाको बिरुवाको प्रसारण कसरी गरिन्छ? चियाको बिरुवाको प्रसारण बीउ र कटिङ्ग दुबैबाट गर्न सकिन्छ तर बीउबाट भन्दा कटिङ्गबाट यसको प्रसारण बढी गरिन्छ र यसरी उत्पादन गरिने पद्दतिलाई क्लोनल नर्सरी भनिन्छ।

चियाको बिरुवा उत्पादन गर्न नर्सरी ब्याडको तयारी कसरी गरिन्छ ? नर्सरी ब्याडको चौडाई १ मिटर तथा लम्बाई जग्गाको साईज तथा आवश्यकता अनुसार राख्न सकिन्छ। सामान्यतया नर्सरी ब्याडको लम्बाई बढीमा १२ मिटर राख्ने गरिन्छ। दुईवटा ब्याडको बीचमा ६० से.मिचौडाई बराबरको बाटो छाड्दा नर्सरीमा काम गर्न सजिलो हुन्छ।

चियाको नर्सरी कुन समयमा स्थापना गर्न उपयुक्त हुन्छ ? सामान्यतया आषाढ-श्रावणमा क्लोन सार्न उपयुक्त हुन्छ तापनि सिंचाईको सुविधा छ र कटिङ्ग लिन सकिन्छ भने कार्तिक-मंसिरमा पनि नर्सरी राख्न सकिन्छ। नर्सरीमा पानी जम्न नदिन जमिनको सतहबाट १५ से.मिअग्लो ब्याड बनाउनु पर्दछ।

चिया नर्सरीको लागि छहारी आवश्यक पर्दछ ? नर्सरीमा भएका कलिला बिरुवाहरुलाई सोझै पर्ने घामतुषारोअसिनावर्षाको पानी तथा जनावरबाट बचाउन खर परालबाट बनाईएको टाँटी वा बोराको छहारी दिन सकिन्छ।

चियाको क्लोन तयार गर्नमाउबोट कस्तो हुनु पर्द? क्लोन/कटिङ्ग लिनको लागि स्वस्थ्यबलियो र कम्तिमा ४ वर्ष उमेर पुगेको माउवोटको छनौट गर्नुपर्दछ।यी वोटहरुलाई ४-६ महिना अगाडीदेखि काँटछाँट नगरिएको साथै यसबाट पत्ती टिप्न छाड्नु पर्छ तर कटिङ्ग लिने समय भन्दा करीब २-३ हप्ता पहिले माउवोटको टुप्पा तिरको कोपिलालाई हटाई दिनु पर्दछ।

चियाको हाँगा/डालाको छनौट कसरी गर्नु पर्दछ ? डालाको अवस्था अनुसार एउटा डालाबाट ३ देखि ४ वटा कटिङ्ग लिन सकिन्छ भने एउटा माउवोटबाट १५ देखि २५ वटा डाला लिन सकिन्छ। डाला संकलन गर्ने कार्य बिहानै गर्नु पर्दछ र सुक्नबाट बचाउन तुरुन्तै पानीको भाँडामा राखेर छायाँदार ठाउँमा राख्नु पर्दछ।

चियाको हाँगा/डालाबाट कटिङ्ग कस्तो लिनु पर्दछ ? डालाबाट कटिङ्ग लिँदा एउटा कटिङ्गमा एउटा मात्र अँख्ला पर्न गरी लिनु पर्दछ।कटिङ्ग लिँदा डालाको बीच भागको छनौट गर्नुपर्दछ र कटिङ्ग सुक्न नदिन तुरुन्तै पानीको भाँडोमा राखी छिटो भन्दा छिटो नर्सरी ब्याडमा रोप्नु पर्दछ।

चियाको कटिङ्ग कसरी सार्नु पर्दछ ? कटिङ्गलाई नर्सरी ब्याड अथवा पोलीब्यागमा रोप्नु भन्दा अगाडी हल्का सिंचाई गर्नु पर्दछ। त्यसपछि नर्सरी ब्याड वा पोलीब्यागमा भरेको माटोमा २.५ से.मि.गहिरो प्वाल पारी रोप्नु पर्दछ। पोलिब्यागमा रोप्दा एउटा ब्यागमा एउटा मात्र कटिङ्ग सीधा पारे रोप्नु पर्दछ। जमिनमा रोप्दा कटिङ्ग देखि कटिङ्गको दूरी ५ से.मि. र लाईन देखि लाईनको दूरी ६ से.मि. राख्नु पर्दछ।रोपिसकेपछि वरिपरिको माटोलाई हल्का थिच्नु पर्दछ र हल्कासँग पानी दिनु पर्दछ।

नर्सरी बिरुवा हुर्काउन के कस्ता कुराहरुमा ध्यान दिनु पर्दछ ? सामान्यतया तराईमा ६ देखि ८ हप्तामा र पहाडमा १० देखि १२ हप्तामा कटिङ्ग/टुक्रेटोबाट जरा निस्किन्छ। जराहरु निस्किसकेपछि मात्रै बिरुवाहरुलाई मलखाद दिनु पर्दछ तर सिंचाईको हकमा शुरुका दिनहरुमा मौसम हेरी दिनको २-३ पटक र जरा लागिसकेपछि हप्तामा ४-५ पटक सिंचाई दिनु पर्दछ।

नर्सरीमा भएका बिरुवाहरुलाई जर्खर्याटउन/हार्डेनिङ्ग गर्न जरुरत पर्दछ ? कटिङ्गबाट पातहरु पलाउन थालेपछि बिरुवालाई सूर्यको प्रकाश आवश्यक पर्दछ। अतः शुरुमा बिहान १० बजेसम्म मात्र ब्याड भित्र घाम पर्ने गरी टाँटी एकापट्टी मात्र उठाउनु पर्दछ भने २-३ हप्तापछि अरु २-३ घण्टा घाम पर्ने गरी टाँटी अझ माथी उठाउनु पर्दछ र विस्तारै टाँटी हटाउँदै जानु पर्दछ।

चिया बगानको लागि कस्तो जमिन चाहिन्छ ? चिया बगान समथर जमिन देखि पहाडी भू-भागमा पनि स्थापना गर्न सकिन्छ तर जमिनको भिरालोपना ७० प्रतिशत अथवा ३१ डिग्री भन्दा बढी हुनु हुँदैन। गह्रा-कान्ला भएको जमिनमा कान्ला फुटाई जग्गालाई एकनासको भिरालोपना हुने गरी सम्याउनु पर्दछ। चिया बालीलाई छहारीको लागि उपयुक्त हुने रुखहरु राखी अनुपयुक्त रुखहरु हटाउनु पर्दछ।

चियाको बिरुवा सार्ने अवस्थामा कस्तो हुनु पर्दछ ? स्वस्थ र बलियो नर्सरी बिरुवा नै सफल चिया खेतीको आधार मानिन्छ। नर्सरीबाट बिरुवा उखेल्दा जरा नचुँडियोस् भन्ने तर्फ विशेष ध्यान दिनु पर्दछ। पोलिब्यागमा तयार गरिएको बिरुवाबाट शत प्रतिशत सफलता पाउने सम्भावना रहन्छ। अतः चियाको बिरुवा जमिनमा भन्दा पोलिब्यागमा तयार गर्नु उपयुक्त हुन्छ।

चियाको बिरुवा रोप्दा रेखाङ्कनको पनि जरुरी हुन्छ ? चिया बहुवर्षिय प्रकृतिको बाली भएकोले रोप्ने बेलामा भौगोलिक अवस्थिति अनुरुप रेखाङ्कन र दूरी कायम गर्न जरुरी हुन्छ। भिरालो जमीनमा चिया रोप्न पहिले सम उच्च रेखा कोर्नु पर्दछ। यसको लागि ‘A’ फ्रेमको मद्दत लिनु पर्दछ।

चियाको बिरुवा रोप्ने पद्दति अनुसार पनि बिरुवा रोप्ने दुरीमा फरक पर्दछ ? सिङ्गल हेज पद्दतिमा खाड्ल देखि खाड्लको दुरी पहाडमा ६० से.मी. र तराईमा ७५ से.मी. तथा लाईन देखि लाईनको दुरी पहाडमा १०० से.मी. तराईमा १२० से.मी. राख्नु पर्दछ। डबल हेज पद्दतिमा विरुवा रोप्दा १५-२० प्रतिशतसम्म बढी बिरुवा रोप्न सकिन्छ।

चियाको बिरुवामा मलखादको व्यवस्था कसरी मिलाउनु पर्दछ ? चियाको बिरुवालाई रोपण गर्ने समय र रोपणपछिको मलखाद दिने परिमाणमा निकै फरक पर्दछ। बिरुवा लगाएको पहिलो वर्ष कम्पोष्ट/गोठेमल १० मे.टन, यूरिया ६० के.जी., डि.ए.पी. ४० के.जी. तथा पोटास ३० के.जी. प्रति हेक्टर दिनु आवश्यक हुन्छ।

चियाको उत्पादन दिईरहेको वयस्क बिरुवालाई कतिसम्म मलखादको आवश्यकता होला ? उत्पादनशील बिरुवालाई उमेर तथा उत्पादनको आधारमा मलखादको मात्रा दिनु पर्दछ। उदाहरणस्वरुप छैठों वर्षको बिरुवालाई कम्पोष्ट/गोठेमल २० मे.टन, यूरिया १५० के.जी. , डि.ए.पी. १६० के.जी.रपोटास १०० के.जी. प्रति हेक्टर दिनुपर्ने हुन्छ। त्यसै गरी २५००-३००० के.जी.  प्रति हेक्टर उत्पादन हुने बगानमा कम्पोष्ट ३० मे.टन, यूरिया ३५० के.जी. , डि.ए.पी. १०० के.जी.तथापोटास २७५ के.जी. सिफारिश गरिएको छ।

चिया बगानमा कुन समयमा मलखाद दिँदा बढी फाइदाजनक हुन्छ ? सामान्यतया चियामा मल हाल्ने सबैभन्दा उपयुक्त समय भनेको बसन्त ऋतु पछिको पहिलो वर्षाले जमीनको ४०-५० से.मी. गहिराईसम्म भिजेको समय हो। मल हाल्ने समयमा चियाको बगान गोडमेल गरी झारपात रहित बनाउनु पर्दछ।

चियामा सूक्ष्म तत्वहरु पनि प्रयोग गर्न आवश्यक हुन्छ ? चिया बगानबाट बढी उत्पादन लिन विभिन्न सूक्ष्म तत्वहरुको महत्व हुन्छ तर यिनीहरु मध्ये पनि जिङ्क तत्वको प्रभाव उल्लेखनीय हुन्छ। खासगरी काटछाँट नगरिएका, हल्का, मध्यम र गहिरो छटाई गरिएका वोटहरुमा जिङ्क सल्फेट १-२ प्रतिशत छर्दा उत्पादनमा १० प्रतिशत भन्दा बढी वृद्धि भएको पाइएको छ।

चिया बगानमा छहारीको पनि व्यवस्थापन गर्नु पर्दछ ? पहाडी भू-भागमा चिया खेतीको लागि छहारीको आवश्यकता पर्दैन तर वायुको तापक्रम ३० डिग्री सेन्टिग्रेड भन्दा माथि जाने तराई क्षेत्रमा अनिवार्य रुपमा छहारीको व्यवस्था मिलाउनु पर्दछ। छहारीको लागि हिउँदमा पात झर्ने, सजिलै कुहिने, गहिरो जरा जाने शिरिष जातका रुखहरु लगाउँदा फाइदाजनक हुन्छ।

चिया बगानमा सिंचाईको महत्व कतिको रहन्छ र कुन समयमा बढी आवश्यकता हुन्छ?चियाको मूना/पत्ती नै यसको उत्पादन भएकोले पटक पटक पत्ती टिप्नको लागि माटोमा चिस्यान भएमात्र खाद्य तत्व बिरुवाले लिन सक्तछ। नेपालमा वर्षभरी एकनासले पानी नपर्ने र विशेषतः मंसीर देखि जेष्ठसम्म सुख्खा हुने भएकोले यस अवधिमा सिंचाईको आवश्यकता हुन्छ।

चियामा कुन तरिका/पद्दतिले सिंचाई गर्दा उपयुक्त हुन्छ? चियामा सिंचाई गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी पद्दति स्प्रिङ्कलर पद्दति हो। हिजो आज थोपा सिंचाई पनि प्रयोगमा आउन थालेको छ। सिंचाईको पर्याप्त सुविधा नभएको ठाउँहरुमा नयाँ रोपण भएका र दक्षिण मोहडा भएका क्षेत्रहरुलाई बढी प्राथमिकताका साथ सिंचाई गर्नु पर्दछ।

चिया बगानमा झारपात व्यवस्थापनलाई किन बढी महत्व दिनु पर्दछ? चिया झाडीदार बिरुवा भएकोले यसमा आउने झारपातले प्रकाश, खाद्यतत्व तथा पानीको लागि प्रतिस्पर्धा गर्दछ र उत्पादनमा ह्रास ल्याउँदछ। कुनै कुनै झारपातहरुले चियामा लाग्ने रोग र कीराको वैकल्पिक आश्रयस्थलको काम गर्दछ। अतः बगानमा झारपातहरु बढ्न दिनु हुँदैन।

चिया बगानको झारपातकसरी नियन्त्रण गर्नसकिन्छ? चिया बगानमा मुख्यतः दुई किसिमले झारपात नियन्त्रण गर्न सकिन्छ। पहिलो कुटो, कोदालोहसिया आदिले काटेर वा गोडमेल गरी हटाउन सकिन्छ भने दोश्रोमा झारपातनाशक विषादि ग्लाईफोसेट वा २, ४-डि जस्ता विषादिहरु ३-५ मि.लि. प्रति लिटर पानीमा घोल बनाई छरेर पनि नियन्त्रण गर्न सकिन्छ। तर प्राङ्गारिक चिया उत्पादको लागि कुनै पनि झारनाशक विषादि प्रयोग गर्न सकिन्न।

चियाको वोटलाई काँटछाँटको पनि आवश्यकता पर्छ ? हुन त चिया सदाबहार बिरुवा हो तर यसबाट राम्रो उत्पादन लिनका लागि निश्चित समयमा काँटछाँट गर्न अत्यन्त जरुरी हुन्छ। सहि तरिकाले काँटछाँट गर्दा चियाको बोटबाट अधिकतम प्रतिफल लिन सकिन्छ।

चिया बिरुवाकोफ्रेम बनाउने भनेको के हो? चिया बिरुवाको रोपण कार्य गरेपछि यसलाई निश्चित आकार दिई उत्पादनयोग्य बनाउनको लागि बिरुवाहरुको काँटछाँट गर्ने कार्यलाई फ्रेम बनाउने कार्य भनिन्छ। यसरी बिरुवाको फ्रेम बनाउँदा बिरुवालाई ३५-४५ से.मि. को उचाईमा काटिन्छ। एउटा आदर्श फ्रेममा ३ वटा तह हुनु पर्दछ जसमा पहिलोमा एकदोश्रोमा तीन र तेश्रोमा सातको अनुपातमा पर्याप्त मोटाई भएका हाँगा हुनु पर्दछ।

चिया बिरुवाको वयस्क काँटछाँट कति वर्षपछि गरिन्छ र किन गरिन्छ? बिरुवा रोपण गरेको ६ वर्षपछि अर्थात् बिरुवा उत्पादनशील भै अन्तिम फ्रेम बनाउने काँटछाँट गरे पश्चात् चियाको वोटलाई काँटछाँट चक्रमा लैजानु पर्दछ। कटाई र छटाईको उचाई बमोजिम विभिन्न नामाकरण गरिएको पाईन्छ।

चियाको वोटलाई काँटछाँट गर्दाकस्ता-कस्ता किसिमका कटाईहरु गरिन्छ ? चियाको बिरुवालाई बिरुवाको उमेर तथा आवश्यकता अनुसार कटाई गरिन्छ जस्तै हल्का कटाईमध्यम कटाईउचाई घटाउने कटाईगहिरो कटाई तथा फेदको कटाई गर्न जरुरी हुन्छ।

चियाको वोटलाई कुन समयमा काँटछाँट गर्नउपयुक्तहुन्छ ? काटछाँट गर्ने उपयुक्त समय भनेको जरामा कार्बोहाईड्रेट संचित भएको र बिरुवा सुषुप्त अवस्थामा हुँदाको समय हो। तराईको लागि पौष-माघ र पहाडको हकमा मंसिर देखि नै काँटछाँट शुरु गर्न सकिन्छ।

चियाको वोटलाई काँटछाँट गर्दाकस्तो तरीका अपनाउनु पर्दछ ? काँटछाँट गर्दाभित्रबाट बाहिरतिर ४५ डिग्रीको कोणमा घाउ हुने गरी काट्नु पर्दछ। घाउको अग्लो भाग वोटको बाहिरतिर हुनु पर्दछ। काटिएका हाँगाहरुको अग्लो भाग बाहिरतिर भएमा नयाँ मुनाहरु पनि वोटको बाहिरतिर नै बढ्छन् र यसको पात टिप्ने क्षेत्र ठूलो बनाउँदछ।

चियाको बाली लिने कार्यलाई के भनिन्छ ? अरु बालीमा बाली कटानी गरे जस्तै चियाको बाली लिने कार्यलाई टिपिङ्ग वा प्लकिङ्ग भन्ने गरिन्छ। प्लकिङ्ग गर्दा टुप्पाको २ वा ३ वटा कलिलो पात र एउटा मुना (सुइरो) लाई भाँचेर टिप्ने कार्य गरिन्छ।

चिया पत्ती टिपाई कति प्रकारले गर्न सकिन्छ ? साधारणतया तीन प्रकारले चिया पत्ती टिप्ने गरिन्छ। पहिलो हातले टिप्ने जो हप्तामा एक पल्ट टिपिन्छ र सबैभन्दा उत्तम तरिका मानिन्छ। दोश्रो हाते सियरले टिप्ने जो १५ दिनको अन्तरमा टिप्ने गरिन्छ र तेश्रो मेसिनले गरिने टिपाई जो महिनाको एक पटक मात्र टिपिन्छ।

चियामा बाँझी पत्ती भनेपछि के बुझिन्छ ? चिया वोटको माथिल्लो हाँगाको अन्तिम भागमा हुने नयाँ पातमा प्रस्फुटित नभई लामो समयसम्म साविक अवस्थामा रहिरहने मुनालाई बाँझी पत्ती भनिन्छ। लामो समयसम्म चिया बोटलाई काँटछाँट नगरेमा पनि यस्ता बाँझी मुनाहरु बढी निस्कन्छन्।

प्रति हेक्टर जमिनबाट कतिसम्म चियाको उत्पादन लिन सकिन्छ ? ठाउँ तथा बगानको व्यवस्थाको आधारमा १०००-२००० के.जी. तयारी चिया प्रति वर्ष उत्पादन गर्न सकिन्छ। गुणस्तरीय ४ के.जी. हरियो पत्तीबाट १ के.जी.तयारी चिया बन्दछ।

चियामा कस्ता-कस्ता रोगहरुले सताउँछ केही बताई दिनु हुन्थ्यो कि? चिया बगानमा देखा पर्ने मुख्य रोगहरुमा फोके मरुवारातो सिन्दुरेकोलर क्याङ्करकाण्डमा लाग्ने क्याङ्करजरा कुहिने रोग मुख्य हुन्। यिनीहरु मध्ये रातो सिन्दुरेकोलर क्याङ्कर र जरा कुहिने रोगले बढी क्षति पुर्‍याएको पाईन्छ।

रातो सिन्दुरे कस्तो खालको रोग हो र यसबाट बिरुवालाई कसरी बचाउन सकिन्छ? यो रोग अल्गीको कारणले लाग्दछ। छहारी र पानीको निकास राम्रो नभएको ठाउँमा यो रोग बढी लाग्दछ। शुरुमा साना खिया रङ्गका थोप्लाहरु देखा पर्दछन् र पछि पातको हरियो रङ्ग हराउँदै जान्छ र पात कमजोर भएर झर्छ। यसको नियन्त्रण गर्न छहारी र पानिको व्यवस्थापन उचित ढङ्गले मिलाउने र १ प्रतिशतको बोर्डो मिक्स्चर पातहरु भिज्ने गरी छर्नुपर्दछ।

चियामा कोलार क्याङ्कर कस्तो अवस्थामा लाग्दछ र यसको नियन्त्रण कसरी गर्न सकिन्छ ? यो रोग गोडमेल गर्दा वोटलाई चोट लाग्दाकाण्डलाई नै छुने गरी मल हाल्दा वा मल्चिङ्ग गर्दा यो रोग लाग्दछ। जमिनमाथि काण्ड फूटेको देखिने यो रोगको लक्षण हो। यसको रोकथाम गर्न बिरुवामा कुनै तवरले चोट पटक लाग्नबाट बचाउने र कटिङ्ग/प्रुनिङ्ग गर्दा बोर्डोपेष्ट लगाउनु पर्दछ।

चियामा जरा कुहिने रोग लागेको कसरी थाहा हुन्छ र यसबाट कसरी बिरुवा बचाउन सकिन्छ ? यस रोग लागेपछि बिरुवाको पात विस्तारै सुक्न थाल्दछ र वोटमै रहिरहन्छ। यो ढुसीजन्य रोग हो। मनसुन शुरु भएपछि शुरुमा यी ढुसीहरु सेता र नरम हुन्छन् र पछि गएर खैरो देखि कालो रङ्गमा परिणत हुन्छन्। यसको रोकथाम गर्न समयमै काँटछाँट गर्ने र ट्राईकोडर्मा भिरिडी २०० ग्राम प्रति बिरुवाका दरले बालुवा अथवा माटोमा मिसाएर छर्नु पर्दछ।

चियामा कस्ता कस्ता किसिमका कीराहरुले नोक्सानी पुर्यारउँदछन् ? चिया बालीमा लाग्ने मुख्य कीराहरुमा चियाको लामखुट्टेथ्रिप्स,सुलसुलेलुपरपात बटार्नेझुप्पामा बस्ने क्याटरपिलर आदि हुन्। यिनीहरु मध्ये सुलसुलेलुपरथ्रिप्स,पात बटार्ने कीराले चियापत्ती बढी नोक्सान गरेको पाईन्छ।

चियाको सुलसुले कीराले कसरी नोक्सानी पुर्याहउँदछ र यसको नियन्त्रण कसरी गर्न सकिन्छ ? चियाका सुलसुले विभिन्न खालका हुन्छन् जसमध्ये रातो माकुरेबैजनी रङ्गको सुलसुलेसुन्तला रङ्गको सुलसुले र गुलाबी रङ्गको सुलसुलेले बढी क्षति पुर्‍याउँदछन्। यिनीहरुले आक्रमण गरेको पातको माथिल्लो सतह खैरो वा तामाको पाताको रङ्ग जस्तो देखिन्छ र छुँदा हातमा लाग्दछ। यसको नियन्त्रणको लागि नीमजन्य विषादि वा डाईकोफल ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

थ्रिप्स कीराले चियाको बिरुवालाई कसरी असर पुर्या्उँदछ र यसको नियन्त्रण विधि के होला थ्रिप्स कीराले चियाको कलिलो मुनालाई आक्रमण गर्दछ। यसले आक्रमण गरेको पात घुम्रिएको  हुन्छ भने फुकाएर हेर्दा सेतोमा कालो थोप्लाहरु भएको पदार्थ देखिन्छ र पातको किनारामा खैरो डढेको जस्ता दागहरु देखिन्छन्। पानी पर्न शुरु भएपछि यिनीहरु आफै हराएर पनि जान्छन् र आक्रमण बढी भएमा नीमजन्य विषादि छर्किनु पर्दछ।

चियाको लुपर कीरालाई कसरी पहिचान गर्न सकिन्छर यसको नियन्त्रण कसरी गर्न सकिन्छ यस कीराको लाभ्रे लुप जस्तै बटारिएर हिड्ने भएकोले लुपर नामाकरण गरिएको हो। यसको वयस्क कीरा कैलो रङ्गको रात्रीचर पुतली हो जसको पखेटामा कालो र पहेंलो धब्बाहरु हुन्छन्। यी लुपरहरुले कलिला तथा छिप्पिएका पातहरु खाएर दुलाहरु बनाउँदछन्।यसको व्यवस्थापन हेतु रात्रिचर भएकोले बत्तीको पासो थाप्ने तथा सुर्तीको झोल वा नीमजन्य विषादि प्रयोग गर्न सकिन्छ।

पात बटार्ने कीराले चिया पत्ती कसरी नोक्सानी पुर्‍याउछ र यसको नियन्त्रण विधि के होला ? यस कीराको वयस्क पनि रात्रिचर पुतली नै हो। लाभ्रेहरुले चियाको पात बटार्छन र रेशमी जालोले त्यसलाई जोड्दछन्। बटारिएका पातहरु भित्र लाभ्रे भेटिन्छ। बेरिएका पातहरु टिपाई योग्य हुँदैनन्। यी कीराहरु थौरै संख्यामा छन् भने विषादि छर्नु पर्दैन किनकी यसका प्राकृतिक शत्रुहरुले नै नाश गर्दछन् । प्रकोप बढी भएको खण्डमा नीमजन्य विषादि वा एन.पि.भी. १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *