देउराली गुफा

दिनेश खड्का

रुकुम पुर्वकाे सिस्ने गाउपालीका अन्तर्गत पर्ने देउराली गुफा रुकुम गाडको किनारमा अवस्थित छ । स–साना बट्यानहरुको बीचमा रहेको यो गुफा एक पटकमा १ सयजना जति सजिलै आवत–जावत गर्न सकिने यो गुफामा १ सय ८ भन्दा बढी स–साना ताल तथा नदी आकारका पानीका मुहानहरू, खुल्ला आकाशमा वादल लागे जस्ता आकृति बहुसंख्या सर्पहरू, देवताहरूका स्वरुपहरू यस गुफाभित्र देख्न सकिन्छ ।

गुफामा मानिस, जनावर तथा देवताका आकृतिहरू शिवलिङ्ग लगायतका स्वरुप यस गुफाका भित्ताहरूमा देख्न सकिन्छ । सधै पानी परिरहने यस गुफामा भित्र प्रवेश गर्दा केही भागहरूमा रूझाए पनि वाहिर निस्केपछि ओभानो हुने यस गुफाको विशेषता हो ।

स–साना छिद्र भएका सेता र आकर्षक चिप्ला ढुङ्गाहरू देखिए पनि सजिलै आवत जावत गर्न सकिन्छ । गुफा तीन खण्डको छ । प्रवेश गर्दा पहिलो खण्ड त्यसबाट एक खण्ड मुनि छ भने त्यहाँ विभिन्न प्राकृतिक स्वरुप हेरेपछि तेस्रो खण्डमा प्रवेश गरिन्छ ।

गुफाकाे भित्र दृष्य

पहिलो खण्ड

यो खण्ड पहिलो मूलद्वारबाट करिव पाँच मिटरको दुरीमा रहेको छ । यस खण्डमा प्रवेश गर्दा केहि भाग फराकिलो भएपनि भित्रि भाग केहि साँघुरो र सानो छ । मन्दिरका गजुर जस्ता देखिने विभिन्न स्वरुपहरू यस खण्डमा देख्न सकिन्छ । सेता छिद्रहरूले वनेका सेता पत्थरहरू रहेका छन् भने ती केहि पत्थरहरू गाईका थुनजस्ता देखिने आकृतिहरूवाट पानी चुहिरहेको यस खण्डमा देख्न सकिन्छ ।

परापूर्वकालमा यस खण्डको माथिल्लो भागमा अर्काे खण्ड भएको र पछि पुरिएर वन्द भएको स्थानीय वासिन्दाहरूको भनाई छ । यस खण्डवाट केही ओरालो लागे पछि दोस्रो खण्ड भेटिन्छ ।

दोस्रो खण्ड

पौराणिक कथाहरूमा आधारित देवताहरुले तपस्या गरिरहेको, भालुका टाउका, हात्तीका सूँड तथा भालु कराउँदा उसको मुखाकृति लगायतका स्वरुपहरू दोस्रो खण्डमा देख्न सकिन्छ । यस भागमा नदी ताल र मन्दिरका गजुर, खम्वाहरूका वुट्टाहरूले सजिएको आर्कषक स्वरुपहरू रहेका छन् । यो भाग केही फराकिलो रहेको छ ।

पौराणिक समयमा चैते दशंैका दिन यस भागमा मेला लाग्ने गरेको विश्वास गरिन्छ । २०६७ सालदेखि आन्तरिक पर्यटन प्रवद्र्धनकालागि पुनः मेला सुरु गरिएको छ । यस खण्डबाट अर्को खण्डमा जाँदा साँघुरो बाटो छ । त्यहाँ विभिन्न स–साना कुण्डहरू छन् भने गाईका थुनजस्ता आकृतिबाट पानी चुहिन्छ । यो खण्डबाट अर्को खण्डमा जाँदा पानीले रूझाउने गर्दछ ।

तेस्रो खण्ड

यो खण्ड पनि निकै आर्कषक रूपमा रहेको छ । यस भागमा मानिसहरू अहिले पनि पुजा गर्दछन् । यहाँ देवताहरू तपस्या गरिरहेका पौराणिक बाजाहरू, स–साना कुण्डहरू जनावरका आकृति र मन्दिरका खम्वाहरू यस खण्डमा रहेका छन् । यहाँबाट निस्केपछि दोस्रो मूलद्वारमा पुगिन्छ ।

देउराली गुफा वरिपरि अरु विभिन्न आकृति भएका दुईवटा साना गुफाहरू पनि छन् देउराली गुफामा एक खण्डबाट गएर अर्को खण्डमा निस्कन सकिन्छ भने यि गुफाहरुमा एउटै बाटो भएर आउने जाने गरिन्छ । यहाँ पनि देउराली गुफाभित्र भएका जस्तै आर्कषक आकृतिहरू देख्न सकिन्छ । मध्य पहाडी मार्गबाट करिव २५ मिनेटको ओरालो पछि यो गुफामा पुग्न सकिन्छ ।

संरक्षणको अभावमा विगतका दिनहरूमा यस गुफाभित्र रहेको आकर्षक स्वरुपहरू निकाल्ने गरिए पनि पछिल्लो समयमा गुफा संरक्षणकालागि दुइवटा प्रवेश द्वारहरू निर्माण गरिएको छ ।

श्री दिनेश खड्काले लेख्नु भएकाे पर्यटकीय रुकुम नामक पुस्तकवाट साभार गरिएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *