नेपालका ५ प्रसिद्ध हिन्दु मन्दिरहरु
नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो ।
यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । नेपाल धार्मिक र सांस्कृतिक विरासत मा समृद्ध छ। यस देशलाई प्राय: भगवान र देवीहरूको घर भनिन्छ।
धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय तीर्थयात्रीहरू नेपालका केहि प्रमुख धार्मिक स्थलहरु लाई आफ्नो मार्ग रुपमा खोज्छन् । विश्वमा काठमाडौँ लाइ मन्दिरै मन्दिरको शहर पनि भनिन्छ। गूगलको रेटिंग अनुसार टप पाँच मन्दिरहरु यस प्रकार रहेका छन्।
१. पशुपतिनाथ मन्दिर –
काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ।
यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।
२. रामजानकी मन्दिर –
जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ ।
नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो ।
हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ ।
३. मनकामना मन्दिर –
गोरखाको मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।
दशैमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
४. कैलाशनाथ महादेव मुर्ति –
भक्तपुर जिल्ला चित्तपोल गाविसको वडा नम्बर ५मा रहेको छ । काभ्रेपलाञ्चोक जिल्ला र भक्तपुर जिल्लाको सिमानामा रहेको यो महादेवको मुर्ति १४३ फिट अग्लो छ ।
उक्त मुर्ति विश्वकै सबभन्दा अग्लो महादेवको मुर्ति भएको दावी गरिएको छ । भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले एकल लगानीमा मूर्ति बनाएका हुन ।
५. मुक्तिनाथ मन्दिर –
यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ ।
मुक्तिनाथ वैष्णव संप्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ ।