नेपालको संकटमा वर्मेली नेपालीको सहयोग

दिनेश खड्का

संसारका विभिन्न ठाँउमा भएका नेपालीहरुले संकटमा नेपाललाई सहयोग गदै आएका छन । यसैको पछिल्लो उदाहरण हो थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीको सहयोग । वर्मामा जन्मेर थाइल्यान्डमा ब्यावसाय संगै विभिन्न सामाजिक कार्यमा क्रियाशिल कार्की नेपाली भुमिलाई असाध्यै माया गर्ने मध्येका एक हुन । हरेक आपत विपत र संकटमा नेपालीहरु प्रति भावनात्मक रुपमा संधै नजिक भएर कार्य गर्ने गर्दछन । 

विगतमा महाभूकम्पको समयमा पनि थाइ नेपाली संघ र कार्कीले सहयोग गरेका थिए । उनीहरुको सहयोमा नेपालको सिन्धुपाल्चोकमा पहिलो नमुना बस्ती निर्माण भएको थियो । यो संगै उनिहरुले विभिन्न भागमा राहत र सहयोग पनि थाइ नेपाली संघले गरेको थियो ।

कर्मले जो जहाँ भएपनि भावनाले सबै नेपालीहरुको आस्थाको केन्द्र नेपाल हो । नेपालमा संकट आउँदा संसारभरी फैलिएर रहेका नेपालीहरुले सहयोग गदै आएका छन । याे नै नेपाल र नेपालीका लागि गाैरव हो ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसको महामारी विरुद्ध लड्न नेपाल सरकारले निर्माण गरेको कोरोना कोषमा अध्यक्ष कार्कीले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गरेका छन ।

यस मानवीय संकटमा नेपालीहरुको उपचार र राहतमा थप सहयोगका लागि रकम उपलव्ध गराएको उनले बताए ।  कार्कीले उक्त रकम एनआरएन लाई हस्तान्तरण गरेका छन् । एनआरएन मार्फत् उक्त रकम नेपाल सरकारले निर्माण गरेको कोषमा जम्मा हुने छ ।

आफू वर्मामा जन्मे पनि आफना पूर्खाहरुको देश नेपालको माटो र नेपाली जनतासँग जोडिएको भावनात्मक सम्वन्धले विपतको घडीमा सहयोग उपलव्ध गराएको कार्कीले बताए । कर्मले जो जहाँ भएपनि भावनाले सबै नेपालीहरुको आस्थाको केन्द्र नेपाल हो । नेपालमा संकट आउँदा संसारभरी फैलिएर रहेका नेपालीहरुले सहयोग गदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *