नेपालमा सुन्तला खेति प्रबिधि

सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स(साना रसले भरिएको थैलीहरु भएको फललाई जनाउंछ । नेपालमा मुख्यतया खेति गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला , जुनार , कागती , निबुवा, मौसम , ज्यामिर , भोगटे , विमिरो आदिलाई जनाउंछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको छ भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउछ ।

हावा पानी :

सुन्तला फलफूललाई समष्टीगत रुपमा उपोष्ण फल भनिए पनि सुन्तलाका केही जातलाई उष्ण हावापानीमा पनि सफलताका साथ खेती गर्न सकिन्छ भने यी जातहरु १६०० मी. उचाईसम्म सजिलै खेती गर्न सकिन्छ । नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ । सुन्तला उत्पादन गर्न, विरुवा उत्पादन गर्नको लागि १००० मी. भन्दा कम हुनु हुदैन । सुन्तला उत्पादनकोलागि उपयुक्त उचाई १०००–१२०० मी. मानिन्छ । सुन्तलाको लागि ५० से – ४० ० से सम्मको तापक्रम राम्रो मानिन्छ भने उपयुक्त तापक्रम १९० से को आसपासलाई मानिन्छ । वार्षिक वर्षाको हकमा ९५० मी.मी. –२००० मी.मी.उपयुक्त मानिन्छ । सूर्यको प्रकाश ८–११ घण्टा प्रति दिन राम्रो मानिन्छ ।

सुन्तला फलले बढी प्रकाश मन पराउँछ तर अलि अलि छाँया पर्ने ओसिलो ठाउँमा फलहरु रसिला र ठूला आकारका हुने गर्दछन् । हिउँदको चिसोपछि बिरुवा राम्रोसँग फुल्ने गर्दछ । फूल फुलेपछि फलहरुको विकासको निमित्त बढि तापक्रमको आवश्यकता पर्दछ तर ज्यादा गर्मी र बढि सुख्खा भएमा फूल तथा फलहरु झर्दछन् । फल पाक्ने समयमा राती ठण्डा र दिनमा गरम हुने भएमा फलहरुको रङ्ग आकर्षक पहेंलो हुने गर्दछ । दिन र रातको तापक्रम फरक बढि भएमा राम्रो मानिन्छ ।

माटो :

माटोको गहिराइ १ मिटरभन्दा बढि (ढुंगा नभएको), हलुका दोमट र प्राङ्गारिक पदार्थयुक्त, पानी नजम्ने खालको माटो यस खेतीको लागि उपयुक्त मानिन्छ । माटोको रासायनिक गुण यसको अम्लियपना (पि.एच.) लेबलले जनाउँछ र (पि.एच.) ६.५ को आसपास हुनुपर्दछ ।

यो पि.एच. लेबल भन्दा बढि भएमा बिरुवाले शुक्ष्म पोषक तत्वहरुको प्राप्त गर्ने शक्ति ह्रास हुन्छ र कम भएमा चुन र म्याग्नेसियम जस्ता खनिज तत्वहरु बढि घुलनशील भई बगेर जान्छ । कृषि चुनको सहायताले माटोको पि।एच। लाई बढाउन सकिन्छ । माटोमा लवण (नुनिलोपना) को मात्रा कम भएमा राम्रो मानिन्छ ।

बिरुवाको छनोट :

बिरुवा कुन लगाउने हो त्यो लगाउने किसानमा भर पर्दछ । कलमी वा बिजु , ठाउँ अनुसार दुवै प्रकारको बिरुवा लगुउन सकिन्छ । बिरुवा कम्तिमा २ वर्ष पुरानो , १.५-२.५ फिट अग्लो हुनु पर्दछ । बिजु बिरुवा लगाउदा कम्तिमा १२०० मिटर उचाइमा स्थापना भएको नर्सरीबाट जिल्ला कृषि बिकास कार्यालयले सिफारिस गरेको बिरुवा मात्र लगाउदा राम्रो हुन्छ ।

ठाउको र जग्गाको छनोट :

नेपालको मध्य पहाडीभाग (समुन्द्र सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएको ) उतरतर्फ फर्केको यातायातको सुबिधा भएको, बजारबाट नजिक, सिचाइको स्रोतबाट नजिक मोहडामा सफलतापूर्बक सुन्तलाको खेतिगर्न सकिन्छ ।

सुन्तला खेती एक पटक लगाएपछि कैयौं वर्षसम्म बाँच्दछन् । त्यसकारण यसको लागि दिर्घकालिन योजना र लगानीको आवश्यकता पर्दछ । सानो गल्तीले पनि लामो समय सम्म र ठूलो नोक्सान पुर्याउने हुनाले बेलैमा सावधानी अपनाउनु पर्दछ

बगैचा लगाउने ठाउको छनोट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :

तुलनात्मक रुपमा ताप र हावाको खतराबाट मुक्त जलवायु हुनु पर्दछ ।
पर्याप्त पानी उपलब्ध (सिंचाई सुविधा)हुनु पर्दछ ।
उर्वर माटो तथा आन्तरिक जल निकासको राम्रो ब्यावस्था हुनु पर्दछ ।
उपयुक्त जलवायु एवं माटोको आवश्यकतालाई ख्याल गर्नु पर्दछ ।
यस बाहेक
चयन गरिएका सुन्तलाको जातको अनुकूलता,
सस्तो मजदूरको उपलब्धता,
बजारसंगको निकटता,
ढुवानीको लागि सडकको निकटता आदि कुराहरुमा पनि विचार पु¥याउनु पर्दछ ।

बगैचाको रेखांकन :

बगैचा रेखांकन भनेको बिरुवा रोप्ने पद्दति वा तरिका हो । बगैचा लामो अबधि सम्म रहिरहने भएकाले लगाउदा बैज्ञानिक तरिकाले रेखांकन गरि लगाउनु पर्दछ । बिरुवा लगाउदा बैज्ञानिक तरिका भनेको हेर्दा आकर्षित , सबै बिरुवालाई ठिक ठिक मात्रामा आवश्यक दुरी पुग्ने , घाम पर्ने , काँटछाँट गर्ने , गोडमेल गर्ने, मलजल गर्ने , खान जोत गर्न बिषादी छर्न , अन्तरवाली लिन , हिड्डुल गर्न चाहिने ठिक बाटो सहित व्यवस्था गरि बिरुवा लगाउने तरिका नै बैज्ञानिक रेखांकन तरिका हो ।

यो जग्गाको आकार प्रकार अनुसार निम्न तरिकबाट गर्न सकिन्छ ।

वर्गाकर – समथर ठाउमा एसको प्रयोग गरिन्छ । यसमा बिरुवा देखि बिरुवाको दुरी बराबर हुन्छ ।

आयातकर तरिका – यो पनि समथर जमिनमा रेखांकन गर्ने तरिका हो । यस तरिकबाट बिरुवा लगाउदा बिरुवा देखि अर्को बिरुवाको दुरी एकतर्फ कमि र अर्को तर्फ बढी हुन्छ ।

त्रिभुज आकार – भिरालो जमिनमा यस तरिकाबाट बिरुवा लगाइन्छ । यस तरिकाबाट बिरुवा लगाउदा अरुभन्दा १५ प्रतिशत बढी बिरुवा अट्छ ।

कन्टुर तरिका – धेरै कान्ला भएको भिरालो ठाउमा त्रिभुजाकर तरिकाले पनि रेखांकन गर्न सजिलो नाभएमा यस तरिकाबाट रेखांकन गरि बिरुवा लगाइन्छ । यसरी रेखांकन गर्दा माथि बाट तल हेर्दा एक लाइन देखि अर्को लाईनको दुरी बराबर भएता पनि माथि र तल एक बोट देखि अर्को बोटको दुरी बराबर हुदैन । एक ग्रहामा बिरुवा बराबर दुरीमा हुन्छन । तर एक गह्रा देखि अर्को गह्राको दुरी बराबर नहुन पनि सक्छ र सोहि करंद बिरुवाको दुरी मिल्दैन ।
जग्गाको तयारी:

खेती गरी राखेको बारीमा जग्गाको तयारी वा सुधारको जरुरत पर्दैन । बारीमा रहेका सबै वुट्यान, झाडी, मुढाहरु भए सफा गरेर जलाउनु पर्दछ । ठूला चट्टानहरुलाई हटाई सफा गर्नु पर्दछ । खेती नगरीएको भिरालो जमीनमा बगैंचा स्थापना गर्नु पर्दा गह्रा गह्रा बनाउनु पर्दछ । सिंचाई र निकासको लागि सुहाउँदो कुलो÷कुलेसो बनाउनु पर्दछ । बगैंचाको सुरक्षाको लागि समुचित रुपले बार बन्देज लगाउन पर्दछ । ९यसको लागि सुविधा अनुसार काँडेतार, ढुङ्गा(ईटको पर्खाल, जिउँदो झाडीदार, विरुवा निलकाँडा आदि० । तेजलो हावा चल्ने ठाउँ भए छिटो बढ्ने खालका वायु अवरोधक रुख विरुवा लगाउनु पर्दछ ।

खाडलको तयारी :

जग्गा रेखंकन भै सकेपछि तोकिएको ठाउमा बिरुवा रोप्नु भन्दा ९३०-४०० दिन अगाडी १ह्१हह्१ मिटर लम्बाई, चौडाई र उचाईको खाडल खन्नु पर्दछ । खाडल खण्ड माथिल्लो ५० से.मि. को माटो अलग थुप्रो र तल ५० से.मि.को माटो अलग थुप्रो बनाउनु पर्दछ ।

खाडल पुरै खनी सकेपछि १५-२० दिन त्यसै खाली रहन दिने र त्यसपछि प्रति खाडल २-३ डोका गोबरमल , खरानी २ के जी  हाडको धुलो २ किलो , २०० ग्राम युरिया , २०० ग्राम डी.ए.पी र २५० ग्राम पोटासमल र माथिल्लो ५० से.मि.को माटोको थुप्रोसंग राम्रोसंग मोली खाडलमा राख्दै खुट्टाले थिच्दै जाने र खाडल जमिनको सतह भन्दा करिब १०-२५ से.मि.माथिसम्म माटो र मलले भर्ने अनि खाडलको बिचमा एउटा काठको लट्ठी राख्ने । पछि त्यही लट्ठी निकाल्ने र निकालेको ठाउमा बिरुवा लगाउने ।

विरुवा रोप्ने दुरी :

विरुवा रोप्ने दुरी बिरुवा लगाउने ठाउको माटो , बिरुवाको किसिम ,जलबायु, जातीय गुण , रेखांकन गरिएको तरिका आदिमा भर पर्दछ । प्रायजसो निम्न अनुसार रोप्नु आवश्यक हुन्छ । सुन्तला प्राय ५-७ मिटरको दुरीमा लगाइन्छ ।

विरुवा रोप्ने समय :

सुन्तलाको बिरुवा सदबहार स्वभाबक हुने भएकाले सुषुप्त अवस्थामा आउने सम्भावना प्राय हुँदैन । यिनीहरुको जरा सालभरिनै क्रियाशील रहिरहन्छ । सिंचाई सुबिधा भएको ठाउमा बैशाख देखि श्रावण सम्म रोप्न सकिन्छ ।

विरुवा रोप्ने तरिका :

बिरुवा रोप्दा खाडल खनेको ठाउको बीच भागमा पर्ने गरि प्याकिंग गरेको बस्तु हटाएर तर बिरुवाको माटो नझारिकन , सिधा पारेर , कलमी गरेको भागलाई माटोले नपुरिने गरि बिरुवा लगाउनु पर्दछ । लगाईसकेपछि वरिपरि माटोलाई हल्का थिच्नु पर्छ र फेद वरिपरि झारपात आउनबाट जोगाउन , चिसोपना कायम राख्न मल्चिंग गर्नु पर्ने हुन्छ ।

बगैचा ब्यबस्थापन :

बिरुवा रोपेर मात्र हुँदैन , यसबाट राम्रो फल उत्पादन गर्न बगैचाको राम्रो संग हेरचाह गर्नु पर्दछ । बगैचाबाट छिटो र बढि फाइदा लिनको लागि छिटो हुर्काउनु जरुरी छ। यसको लागि गोडमेलरमलजल । छापो । बिरुवाको तालिम तथा काटछाँट , सिंचाई तथा जल , बाली संरक्षण आदिमा राम्रो ध्यान दिनु पर्दछ ।

खनजोत :

सून्तला बगैंचामा जोत्दा वा खन्दा जरामा चोटपटक लाग्दछ साथै मकै र कोदो अन्तरबालीको रुपमा लगाउदा जोत्ने वा खन्ने क्रममा जरामा घाउ भई त्यसबाट रोगका जिवाणुहरु प्रवेश गरि बिस्तारै बोटमा पात पहेंलो हूने लक्षण देखापर्दछ । त्यसैले खनजोत गर्दा खेरि सून्तलाबोट वरिपरि हांगाले ढाकेको क्षेत्र भन्दा बाहिर मात्र खनजोत गर्नू पर्दछ ।

छाप्रो :

सुन्तलामा उत्पादनमा चिस्यानको ठूलो भूमिका हुन्छ र चिस्यान कायाम राख्न एवं झारपात नियन्त्रण गर्न सुन्तला लाई छापो दिन अनिवार्य छ । बिरुवा रोपेपछि सुकेको घाँस, पराल वा कालो प्लास्टिकको छापो दिन सकिन्छ । छाप्रो दिदा बिरुवाको फेदलाई सिधै नछुने गरी वरीपरी लगभग २-३ इन्च बाक्लो दिनुपर्छ ।

सिंचाई र निकास :

खेतवारीमा रहेका बोटबिरुवाहरुलाई वर्षाको अभावमा कुनै निश्चित श्रोतबाट कृतिम तरीकाबाट पानी पठाउने तरीकालाई सिंचाई भनिन्छ । कृषकहरुले सुन्तला जाति फलफूलमा सिंचाईको महत्व बुझ्नु अत्यन्तै जरुरी छ । जे जति सिंचाई उपलब्ध भएपनि अत्र वालीले प्राथमिकता पाउँछन् । सुन्तला जाति फलफूलका बगैचा यस्ता जग्गामा लगाइन्छन् जहाँ सिंचाई हुँदैन ।

बिरुवा रोपेपछि हल्का सिंचाइ गर्नुपर्छ । बिरुवा नसरुन्जेल आबश्यकता अनुसार सिंचाइ गर्नुपर्छ । बिरुवा हुर्केपछि पनि हल्का चिस्यान कायम राखेमा राम्रो उत्पादन लिन सकिन्छ ।

सिंचाईको महत्व :

बोटलाई जिउँदो राख्न चिसान प्राणभूत चिज हो ।
माटोबाट पोषकतत्वहरुको अवशोषणको लागि यो अति आवश्यक छ ।
प्रशस्त मात्रामा पानीको सामयिक आपूर्ति बिना सुन्तला जाति बोटहरु न त राम्रोसँग बढन सक्छन् न त फल्न सक्छन् ।
आद्र वा उप–आद्र जलवायुमा पनि लामो सुख्खा ९नाजुक० समयमा पानीको कमीले –
बोटको बृद्धि रोक्छ ।
बोटको स्वास्थ्यमा ह्रास ल्याउँछ ।
फलको गुणस्तर र उत्पादन घटाउँछ ।
फल झर्ने कारण हुन्छ ।
यदि सिंचाई राम्रो छैन भने वाली संरक्षण, काँटछाँट र पोषणमा सुधार ल्याए पनि उत्पादन बढ्न सक्दैन ।
सिंचाईको समय र पटक

बोटका पातहरु ओइलिएको देखेपछि मात्र कृषकले पानीको आवश्यकता बारे सोच्दछन तर त्यस बेलासम्म पानीको कमीले गर्दा ठूलो क्षति भईसकेको हुन्छ । यदि सिंचाईको ब्यवस्था छ भने तल उल्लेख भए बमोजिम सिंचाई गर्नू पर्दछ ।

पौष माघमा १५ दिनको फरकमा ।
फाल्गून चैत्रमा १० दिनको फरकमा ।
बैशाख जेष्ठमा ७ दिनको फरकमा ।
सामान्यतया माथि उल्लेख भए बमोजिम सिंचाई गर्ने भनिएता पनि सिंचाई गर्ने कार्य माटोको अवस्था, वर्षा, हावाको गति, तापक्रम, बोटको उमेर, मौसम आदिमा निर्भर गर्दछ ।

सिंचाईको आवश्यकताको अनुमान :

दिनमा गर्मीको समयमा चौडा पाते झारपातहरु ओइलिएको देखेर ।
लामा नरम पालुवाका नछिप्पिएका पातहरु बटारिनु यो पानीको कमीले देखिने प्रथम लक्षण हो ।
विभित्र ठाउँमा २५ से.मी. सम्म गहिरो खनेर यदि माटो त्यस गहिराई सम्म सुख्खा छ वा त्यसमा धेरै कम चिसान छ वा हातमा माटो कस्दा चूर्ण हुन्छ भने बगैचामा तुरुन्त सिंचाई गर्नुपर्दछ ।
गर्मी मौसममा सुन्तलाको बोट हेरेर सिंचाई गर्नु पर्दछ ।


पहाडी क्षेत्रमा दक्षिणी मोहडाको जग्गाभन्दा उत्तरी मोहडामा निकै कम सिंचाई भए पुग्छ ।
बलौटे वा हल्का माटो वा प्राङ्गिारिक पदार्थको कमी रहेको माटोमा अझ बढि सिंचाई चाहिन्छ ।
जे भएपनि फल टिप्ने समयमा सिंचाई गर्नाले फलको जम्मा घुलनशील तत्वलाई घटाउने हुनाले यस बखत सिंचाई छोडनु पर्दछ ।

सिंचाई तरिका :

सुन्तला फलमा हालसम्म प्रयोग गर्दै आएका सिंचाईहरु निम्न प्रकार छन् ।

बेसिन प्रणाली :
यो सबभन्दा प्रचलित प्रणाली अथवा तरीका हो । यो खास गरी समतल वा राम्रोसँग गरा मिलाइएको जग्गामा व्यवहारिक हुन्छ । बोटको चारैतिर गोलो वा चारपाटे तगाड रुपी ठाउँ बनाइन्छ । बोटको उमेर अनुसार यसको (बेसीनको) आकार प्रति वर्ष ठूलो हुँदै जान्छ । बोटको फैलावट भन्दा ठूलो बेसिन बनाइन्छ । जमीनको सतह र फेद निरको माटोभन्दा बेसिन अलि गहिरो हुनुपर्दछ जसले गर्दा फेद लगातार पानीको सोझै सम्पर्कमा आउँदैन । बोटहरुको दुई पंक्तिको बीचबाट जाने नालीबाट यी बेसिनहरु जोडिएका हुन्छन् ।

रिंग प्रणाली :
पानीसँग फेदको सिधै सम्पर्क हुने खतराबाट बच्नको लागि यो प्रणाली प्रयोग गरिन्छ । बेसिनको चारैतिर एक अंगुठी आकारको अलि गहिरो र चौडा धर्सो बनाइन्छ र बेसिन प्रणालीमा भने जस्तो नालीद्धारा यी रिङ्गहरुमा सिंचाइको पानी हुलिन्छ । मलखाद पनि त्यसै रिङ्गमा हालिन्छ । बेसिन र रिङ्ग, प्रणाली नयाँ लगाइएका बगैचामा उपयुक्त हुन्छन् ।

थोपा सिंचाई
थोपा सिंचाई पानी एकदमै कम पर्ने ठाउँकोलागि उपयुक्त हुन्छ । यस तरिकाबाट लामो समयसम्म थोपा थोपामा पानी दिइन्छ । थोपा सिंचाईमा पानी संगै अन्य चाहिने मल, बिषादी दिन सकिन्छ र यस प्रणालीलाई फरटिगेसन् भनिन्छ ।

मलखाद ब्यबस्थापन :

सुन्तला वर्गका फलफूलहरु मध्ये विशेष गरेर सुन्तलालाई बढि तत्वहरुको आवश्यकता पर्दछ । यदि माटोमा पोषकतत्वहरुको पूनः आपूर्ति गरिएन भने, रुखहरु धेरै समयसम्म राम्रो अवस्थामा कायम रहन सक्दैनन् । छिट्टै रुखको स्वास्थ्य बिग्रन्छ, उत्पादन घटेर करीब शुन्य हुन्छ र छिट्टै तत्वहरुको कमीको लक्षण देखा पर्न सक्छ । माटोमा वाली लिंदा प्राङ्गारिक मलले सुन्तला जाति फलफूलको उत्पादन बढाउँछ तर त्यसमा पुग्ने (प्रयाप्त) मात्रामा खनिज तत्वहरु हुँदैन । सुख्खा क्षेत्रको माटोमा फसफोरस, पोटासियम, चुन, म्याग्नेसियम र सोडियम बढता हुन्छन् ।

आद्र क्षेत्रमा नाइट्रोजन, फसफोरस, पोटास र म्याग्नेसियमको प्रयोगमा जोड दिनु पर्दछ किनभने माटोमा यी तत्वहरुको कमी हुन्छ । यसकारण पोषकतत्वहरुको चाहिने मात्रामा आवश्यक परेको समयमा दिनुपर्दछ ।

नयाँ र फल्नु अघिका वोटहरुलाई मलखाद दिने तरिका :

सम्भव भएसम्म बढी र तिब्र वानस्पतिक बृद्धि हासिल गर्ने यसको प्राथमिक उद्देश्य हुन्छ । सर्वोतम उत्पादनको लागि रुख छिट्टै पर्याप्त ठूलो हुनुपर्दछ । वानस्पतिक बृद्धि र जराको विकासको लागि नाइट्रोजन उच्च अनुपातमा चाहिन्छ । आद्र र सुख्खा दुबै क्षेत्रमा बढि नाइट्रोजन चाहिन्छ । फल्नु अघिका नयाँ सुन्तला जात बोटहरुको लागि मलखाद हाल्ने कार्य उपयुक्त मानिन्छ । माटोको उर्बरता स्तर रुखको अवस्था, फल लागेको मात्रा आदिको आधारमा मलखादको मात्रामा केही हदसम्म परिवर्तन गर्न सकिन्छ ।दिइएको मात्रा २–३ पटक गरी दिनुपर्दछ । माटोको पि.एच. ५.५ भन्दा कम भए चुन हाल्नु पर्दछ ।

फलेका बोटहरुलाई मलखाद दिने तरिका:

फलेका रुखहरु आफ्नो पोषण र उच्च उत्पादन दुबैको लागि धेरै मात्रामा पोषकतत्वहरुको उपयोग गर्दछन् । माटोबाट पोषकतत्वहरुको धेरै मात्रामा फलद्धारा निम्न क्रममा खर्च गरिन्छ । क्रमशस् पोटास, चुन, नाइट्रोजन र फोसफोरस सबभन्दा कम । रुखको स्वास्थ्य र उत्पादनलाई कायम राख्न निम्न कुराहरुलाई ध्यानमा राखी मलखाद हाल्ने कार्यक्रम तयार गर्नुपर्दछ स् रुखको आकार, उमेर र उत्पादन, चुनको मात्रा माटोको प्रतिक्रिया (पी.एच.) र उर्बराशक्ति , खेती गरिने पद्धति ।

यदि उस्तै अवस्था छ भने एक क्षेत्रको मलखाद हाल्ने कार्यक्रम अर्को क्षेत्रको लागि पनि उपयुक्त हुन सक्छ वा बोटको माग अनुसार नाइट्रोजन, फसफोरस, पोटास र चुनको लागि केहि मिलान गर्न आवशयक हुन सक्दछ । छैटौंदेखि आठौं वर्षको उमेरको रुखको लागि उल्लेख गरिएका मलखाद हाल्ने तालिका उत्पादन दिेन रुखहरुको लागि उपयुक्त हुनेछ । रासायनिक मलहरु २–३ पटक गरी दिनु पर्दछ । फुल आउन अघि, नयाँ पालुवा आईसकेपछि र फल लागेपछि फलको बृद्धिको समयमा ।

माटोमा हाल्ने :

जराको प्राथमिक कामलाई पूरा गर्न मलखाद हाल्ने यो प्रचलित तरीका हो (पोषकतत्वहरुको जराद्धारा अवशोषण) । यो सजिलो र कम खर्चिलो तरीका हो । माटोमा हालिएको पोषकतत्वहरु धेरै समयसम्म प्राप्त भई रहन्छन् ।

नयाँ बोटलाई मल हाल्ने तरिका :

बिरुवा नजिक करीब ३०–४५ से.मी.ब्यास (गोलाई) लाई छोडेर वरपरको माटो हलुका रुपमा खनिन्छ । मल हालिने ठाउँ बिरुवाले ढाकेको (ओगटेको) थानभन्दा चौडा हुनुपर्दछ । बोट बढदै गए अनुसार मल हालिने स्थानको चौडाई बढाउदै जानुपर्दछ । मसिनो पारिएको मलखाद खनेको माटो माथि छरेर गोडमेल गरी राम्रोसँग मिसाउनु पर्दछ ।

माटोलाई केहि समयसम्म चिसो राख्न मलखाद हालेपछि सिंचाई गर्नुपर्दछ । लामो समयसम्म चिसानलाई रोकी राख्न माथिल्लो माटोलाई खोर्सनु पर्दछ वा छापो हाल्नु पर्दछ ।

फलेको बोटलाई मल हाल्ने तरिका :

मसिना जराहरु रुखले ढाकेको ठाउँभन्दा बाहिर पुगि सकेका हुन्छन् । यसकारण रुखले ढाकेको भन्दा दोब्बर ब्यासमा मल हाल्नु उपयुक्त मानिन्छ । पुराना बगैचाहरुमा जराहरु सबै ठाउँमा फैलिएको पाइएकोले पुरै मलखाद हाल्नु राम्रो मानिन्छ ।

मल हाल्दा अपनाउनु पर्ने साबधानी :

गहिरो जोताई वा खनाईबाट मसिना जराहरुको नोक्सानी हुन्छ ।
फेदबाट टाढा गरी मलखाद हाल्नुपर्दछ फेदको सम्पर्कमा आउँदा हानी हुन्छ र मल उपयोग गर्ने मसिना जरा फेद नजिक हुदैनन् ।
रासायनिक मलको बढि प्रयोग खर्चिलो हुन्छ र ह््रास तत्वहरुको प्राप्तिमा हस्तक्षेप गर्छ र माटोको अवस्थालाई बिगार्छ ।

रोगहरु :

जरा कुहिने रोग :
यो रोग फाइटोफ्थोरा नामक ढुसीबाट लाग्ने बीजू सून्तला बोटको एकदमै हानिकारक रोग हो । यो ढुसीले जरामा आक्रमण गरेमा मसिना जराहरु कूहिनाले पातहरु ओइलाएर मर्दछन् र अन्तमा पूरै बोट पहेंलो हूंदै पछि मर्दछ । सून्तला बगैंचामा जोत्दा वा खन्दा जरामा चोट पटक लाग्दछ साथै मकै र कोदो अन्तरबालीको रुपमा लगाउदा जोत्ने वा खन्ने क्रममा जरामा घाउ भई त्यसबाट रोगका जिवाणुहरु प्रवेश गरि बिस्तारै बोटमा पात पहेंलो हूने लक्षण देखापर्दछ । फलहरु झर्दछन् र रोगको बढि प्रकोप भएमा पूरै बोट मर्दछ ।

नियन्त्रण

वर्षा शूरु हूनूभन्दा पहिला जेष्ठ महिनातिर सून्तलाको फेदमा पानी नजम्ने गरि जमीनको सतहबाट ५-७ इन्च माटो उठाउने ।

वर्षको २-३ पटक पौष माघ र बैशाख जेष्ठ महिनामा ०.२ प्रतिशत (दूई भाग बोर्डो मिश्रणको घोलमा ९८ भाग पानी मिसाउने) बोर्डो मिश्रणको घोलमा बनाएर जरामा र पातहरुमा छर्कने ।

यदि बर्षात पछि , असौजमा बोटका पात एकनासले पहेंलो भएको खण्डमा पहिले फेद मूनि जरा वरिपरिको माटो हटाउने र राम्रो संग जरा भिज्नेगरि सानो बोटमा ५ लीटर र वयस्क बोटमा १० लीटर जति बोर्डो मिश्रणको घोलले उपचार गरेमा जरा कूहिने रोगबाट बचाउन सकिन्छ ।

स्वास्थ्य बिरुवा रोगी बिरुवा

सुन्तलाको फेद कुहिने रोग :
यो रोग फाइटोफ्थोरा नामक ढुसीको कारणले लाग्दछ । खास गरी १०० मीट र भन्दा कम उंचाईमा भएका बगैंचाहरुमा यो समस्या बढी देखिन्छ । शूरु शूरुमा यो रोग लागेमा सून्तला बोटको फेद वरिपरिका बोक्रा चर्किन्छन् र खैरो भई कूहिन्छन् साथै बोक्रा खूइलिएर फेदको भित्री भाग देखा पर्दछ । बिस्तारै पातहरु पहेंलिएर झर्न थाल्दछन् । हांगाहरु सूक्दै जान्छन् । यो रोग खासगरि बर्षा याममा देखा पर्दछ । फुटेको बोक्राबाट गूंद ररस निस्कन्छ । रोग माथितिर बढदै गई अन्तमा पूरै बोट मरेर जान्छ ।

नियन्त्रण

तीनपाते सून्तला कलमी गरेको बिरुवा मात्र लगाउने ।
फेदबाट गूंद निस्केको बोक्रा वा रोग लागि कूहिएको बोक्राको भाग सफा चक्कूले खूर्की हटाउने र सो घाउंमा बोर्डो मिश्रण लगाउने ।
प्रत्येक वर्ष वर्षा शूरु हूनूभन्दा अगाडी बोर्डो मिश्रण बनाई फेद देखि १ देखि १.५ फीट माथि सम्म पोत्ने ।
बोटको वरिपरि अग्ला बाली मकै आदि नलगाउने र खनजोत गर्दा बो६को फेदलाई चोटपटक बाट बचाउने ।
बोट वरिपरि पानी जम्न नदिने ।
वर्षा शूरु हूनूभन्दा अघि नै १ प्रतिशतको बोर्डोमिश्रण वा फाइटोलान १० ग्राम १० लीटर पानीमा घोली बोट वरिपरिको माटो भिजाउने ।
बर्षा याममा सून्तला बोटको फेदमा खरानी छर्नाले फाइदा गर्छ ।
बर्षमा २-३ पटक पौष,जेष्ठ र असोज महिनामा बोर्डो मिश्रण छर्ने ।

सुन्तलाको खराने धुलेर ढुसी रोग :
यो रोग सून्तलाको नयां पालूवामा बढि देखा पर्दछ । शूरुमा रोग लागेका पात र डांठको सतहमा सेतो खरानी छरे जस्तो देखिन्छ, पछि उक्त रंग कालो हून्छ र पातहरु झर्दछन् । यो रोग उत्तरी मोहडा भएका सेपिला ठाउमा बढि लाग्दछ । यसको प्रकोप असार देखि भाद्र महिनामा बढि देखिन्छ ।

नियन्त्रण

१ लीटर गाईको गहूंत २ लीटर पानीमा मिसाई तयार पारेको घोल ५-५ दिनको अन्तरमा बिरुवामा नयां पालूवा आउने समयमा बोटमा छर्कने ।
सल्फेक्स ९गन्धक ८० देखि ९० प्रतिशत ० १५ देखि २० केजी प्रति हेक्टर धूलो छर्कने वा २० ग्राम प्रति १० लीटर पानीमा घोली फुल फूल्नू अगावै माघमा १ पटक र फल लागेपछि चैत्र बैशाखमा १ पटक छर्ने ।
क्याराथेन ९डाइनोक्याप०-५ देखि ८ ग्राम प्रति १० लीटर पानीमा मिसाई पालूवा माथि १० दिनको फरमा २-३ पटक छर्कने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *