नेपालका हिमालहरु एक परिचय

सगरमाथा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नेार्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ । तर, चीनतर्फबाट भन्दा नेपालतर्फको मोहडाबाट आरोहण सजिलो र छिटो हुने भएकाेले अारोहणका लागि नेपाल तर्फको दक्षिणी मोहडा प्रख्यात रहेको छ ।

कञ्चनजंघा विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । पहिलो पटक सन् १९५५, मे २५ मा बि्रटिश नागरिक जि ब्याण्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए ।

लोत्से विश्वको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल महालंगुर हिमश्रृंखलामा पर्दछ ।

मकालु विश्वको पाचौं अग्लो हिमाल हो मकालु । यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ । संखुवासभामा रहेको यो हिमाल पहिलोपटक फ्रेेन्चका जे कोजी र एल टेरीले यो हिमाल आरोहण गरेका थिए ।

चोयु विश्वको छैठौं अग्लो हिमाल हो चोयु । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल ८ हजार २ सय १ मिटरको छ । सन् १९५४ अक्टोबर १९ मा अष्ट्रियन एच टीचे र नेपालका पासाङ दावा लामाले सो हिमाल पहिलो पटक आरोहण गरेका थिए ।

धौलागिरी विश्वको सातौं अग्लो हिमाल हो धौलागिरी । यो विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्ग क्षेत्रभित्र पर्छ । ८ हजार १ सय ६७ मिटर उचाई भएको धौलागिरी हिमाल सर्वप्रथम स्वीस नागरिक के डिमब्रेगर र ए सेलब्रटले आरोहण गरेका थिए । यो मनाङ्ग र मुस्ताङ्ग जिल्लामा पर्दछ ।

मनास्लु मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । यो गोरखा जिल्लामा पर्छ । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमाल सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए ।

अन्नपूर्ण अन्नपूर्ण हिमाल विश्वको दशौं अग्लो हिमाल हो । यो पदयात्राका लागि विश्वभर प्रख्यात छ । समुद्री सतहबाट ८ हजार ९१ मिटर अग्लो यो हिमाल पहिलोपटक सन् १९६० जुन ३ मा फ्रेञ्च नागरिक एम हेरजोग र एल ल्याचनेलले आरोहण गरेका थिए ।
(स्रोत विभिन्न वेबसाइटहरु बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *