पर्यटनको गन्तब्य कुपिण्डे दह

19198402_2033021870260759_1647743086_n
2-1

 के.वि.मसाल
हामी अहिले ग्रामीण पर्यटन उद्योग हुनु पर्दछ भन्दछौ । ग्रामीण पर्यटनका धेरै कुराहरु गर्ने गर्दछौ । नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षहरु को बोलिमानै ग्रामीण पर्यटनका कुरा झुण्डिएको हुन्छ । तर ब्यबहारमा भने ग्रामीण पर्यटन आझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकी हामी मध्य धेरैजना आफ्नै गाउँ ठाउका धार्मीक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा अनविज्ञ छौ । नजिकको तिर्थ हेला भने जस्तै धार्मीक मठ मन्दिर एवं प्राकृति र ऐतिहासिक स्थल भ्रमण अर्थात विद्यालयको शैक्षिक भ्रमणको लागी पनि आफ्नो भूगोल भन्दा अन्य स्थानको खोजिमा रहन्छौ ।

पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । भ्रमण बाट नै ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपालमा भ्रमण गर्नको लागि हिमाल, नदिहरु, पहाड, तालतलैया, झरनाहरु, बनजंगल र विश्वमा दुर्लभ मानिएका जीवजन्तुको दृश्यावलोकन गर्न सकिने धेरै स्थलहरु छन । ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकास बाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ । ग्रामीण पर्यटन बाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन ।

13226716_847745405370302_2497241456827074228_n

एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहान्छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । विकसित देशका मात्र होइन आन्तरिक पर्यटकहरु पनि अधिकांशले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । पृथ्वीमा हुने भौगोलिक परिवर्तनले ताल, तलैया निर्माण हुने र भएकाहरुमा परिवर्तन हँुदै आएका छन् । मानव बस्तीको विकास र पृथ्वीमा भइ रहने वातावरण अनुकुलको प्रवाभले बाढी, पहिरो र भू–क्षयका कारणले ताल, तलैया बन्ने र विनास हुने क्रम पनि सुरुदेखि नै हँुदै आएको हो । अहिले ताल तलैयाहरुले पनि संरक्षण खोजिरहेका छन् । तर पनि अहिले सम्म सवै ताल, दह र पोखरी का वारेमा अध्यन, अनुसंन्धान र धेरैको नामाकरण समेत हुन सकेको छैन । तिनै ताल, तलैयाहरु मध्यको दह हो कुपिण्डे दह ।

सल्यान जिल्लाको मध्यभागमा रहेको यो कुपिण्डे दह क्षेत्रफलको हिसावले तालको नाम हुन पर्ने मा अहिले सम्म दह बाटनैे पहिचान भएको छ । यसको अध्यन अनुसंन्धान हुन सकेको छैन । सल्यान जिल्लाको पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह कुपिण्डे गाविसमा पर्दछ । अहिले ताल,पोखरी,र दहको वारेमा अध्यन अनुसंन्धान गर्ने संघ÷सस्था÷विद्यार्थी धेरै जिल्लामा पुग्ने गरे पनि कुपिण्डे दहमा धेरै ठाउका विद्यार्थी नपुगेका होलान ! सल्यान जिल्लाको सेजुवाल टाकुरा, मार्के, माझकाडा, धाजी पिपल, र कजेरी गाविस को विचमा रहेको कुपिण्डे दह प्राकृतीक रुपले निकै सुन्दर मानीन्छ । दहको वरपर हरियाली रुख विरुवाहरु, सुन्दर वस्ति नेपालीपन को जन जीवनले जो कोहिलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा वराहको मन्दिर छ । सल्यान जिल्लाको मात्र नभएर वराह मन्दिरमा पुजा गर्न रुकुम, सुर्खेत र जाजरकोट जिल्लाका मानिसहरु पनि पुग्ने गर्दछन ।

12341203_761632973981546_2048530819771154607_n-650x433

आजसम्म धार्मीक पर्यटकिय दृष्टिकोण ले मात्र महत्व मानिदै आएको कुपिण्डे दह को वारेमा वैज्ञानिक अनुसंन्धान भने आजसम्म हुन सकेको छैन । अग्ला पहाड र हरियाली जंगलले घेरिएको कुपिण्डे दहको दृष्य मनै लोभ्याउने खालको छ । आकाश झैँ निलो देखिने गरी २३ दशमलव ५३ हेक्टर जमिनमा फैलिएको यो दहको लम्बाई ८ सय ३४ र चौँडाई ५ सय ३८ मिटर रहेको छ । केहिवर्ष यता आएर दहको संरक्षण हुनुभन्दा पनि भू–क्षय र मोटर मार्गको माटोले गर्दा दहको सतह पुरीदै गएको छ । यो दह करिव ५२ मिटर गहियो रहेको छ । पानीको मुल पनि देखिँदैन र पानीको निकास पनि देखिँदैन । विशेष शक्तिका रुपमा रहेको यो दह संधै निलो नै देखिन्छ भने समय समयमा पानीले छाल समेत हान्छ । बगिरहेको नदिकै जस्तो गरी दहको पानीले छाल हान्ने गरेको छ । सुन्दर ताल पानीको मुहान पनि देखिँदैन । पानीको निकास पनि देखिँदैन । ठुला ठुला दुई वटा सुख्खा खहरे खोलाहरुले माथीबाट तालको केही भाग पुरिएको देखिन्छ । विस्तारै खहरे खोलाको गेगरले दह पुरिँदै आएको छ । दहको माथिल्लो भागमा केही साना किराना पसल छन् । जहाँ पर्यटकहरुका लागि सामान्य खाजा, खाना पाईन्छ ।

तालमा करिव २ देखि ५ घण्टासम्म सयर गर्न सकिन्छ । त्यहाँ सुविधा सम्पन्न कुनै होटल वा पसल छैनन । एक रात विताउने गरी जाँदै हुनुहुन्छ भने खानेकुरा र बस्नका लागि टेण्ट भाडामा लिएर जान सक्नु हुन्छ । सल्यान जिल्लाको सदरमुकाम खंलगा बाट सेजलटाकुरा, साहुटोला, ज्यामिरे, वावियाचौर हुदै कुपिण्डे दहमा पुग्न सकिन्छ । कुपिण्डे दहमा आजभोलि सल्यान वाहेक अन्य जिल्ला वाट पनि दिनहू धार्मीक आजापुजा र दृष्यावलोकन, अध्यन अनुसंन्धान र प्राकृतिक सौन्र्दयता को आनन्द लिन जाने को सख्या दिन प्रतिदिन वृद्धिहुदै गएको छ ।

600428_806602629484580_4687789059967310099_n

दहको छेउमा बराहदेवको मन्दिर पनि रहेको छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूर्णिमाका दिन मेला समेत लाग्ने गरेको छ । दह संरक्षण समितिले दहमा अहिले डुङगा सञ्चालनमा ल्याएको छ । दहमा पानी कतैबाट आउँदैन तर दक्षिणबाट पानी निस्केको देखिन्छ । दह वरीपरि हरियाली वन जंगलमा घोरल, रतुवा, लुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । कुपिण्डे दहको इहिास पुरानो छ । किम्वदन्ती अनुसार अहिले कुपिण्डे दह भयको स्थानमा ठूलो गाउ थियो । गाउमा एकदिन साधु भेस भुसा मा एक जना मानीस बासको खोजिमा गाउँ पसे । धेरै घरमा वास माग्दा पनि उनले वास पाउन सकेनन । निरास हुदै एक जना वृद्धको घरमा उनि पुगे । वासको लागी आफु आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र वस्नको लागी केहि प्रवन्ध हुन नसक्ने वताए पनि साधु त्यहि घरमा वस्ने अनुमती मागे । वृद्धको गरिवी थाहा पाए पछि भोलिपल्ट विहान साधुले ति वृद्ध महिलालाई अहिलेको कुपिण्डे दह तर्फको पहाड देखाउदै भनेछन् । त्यो पहाड सम्म जाउ, हिडदा पछि फर्किएर नहेर्नु । महिला पहाड तर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सवै गाउ पानीले भरिएको दह ।

आजभोली सुर्खेत जिल्लाको मेलकुना बाट वोटेचौर, को मार्ग हुदै कुपिण्डे दह सम्म यातायातको साधन चल्न थालेपछि सुर्खेत र आसपासका जिल्लाका पर्यटकहरु पनि दहमा पुग्ने गरेका छन । दाङ जिल्ला को तुलसिपुर देखि सल्यान खलंगा सम्म ६५ कि.मि. पिच सडक र वाकी २० कि.मी.कच्ची सडकको यात्रा गरे पछि कुपिण्डे दहमा पुगिन्छ । संल्यान सदरमुकाको साहूटोलाबाट जिप र अन्य सवारी साधनको माध्ययम बाट कुपिण्डे दह पुग्न सकिन्छ । सल्यान जिल्लाको सदरमुकाम खलंगाको साहुटोला बाट बाटोमा पर्ने सिमखर्क ब्यारेक, जैतपानीको ग्रामीण बजार, र वाबियाचौर गाउँ हुदै कुपिण्डे दह सम्म पुग्दा बाटोमा पर्ने अनगिन्ती पहाडी श्रृखलाको अवलोकन गर्न समेत पाइन्छ । त्यसै गरी सल्यान जिल्लाका पश्चिम भूभागमा रहेको वालुसग्रही वजार बाट १४ कि.मी.को यात्रामा कुपिण्डे दह पुग्न सकिन्छ । सुर्खेत, जाजरकोट र पश्चिमी भेगका रुकुम जिल्लाका मानिसहरु यो मार्ग बाट कुपिण्डेदह पुने गर्दछन । दाङ जिल्ला हुदै अन्य जिल्लाका मानीसहरु कुपिण्डे दहमा पुग्ने गरेका छन ।

13226716_847745405370302_2497241456827074228_n

ग्रामीण क्षेत्रमा बिकास हुन लागेका पर्यटनस्थलहरु मठ मन्दिर, प्राकृतिक सम्पदा, वातावरण र ऐतिहासिक स्थल संग जोडिएका छन । यी स्थलहरु मध्य धेरै स्थान ऋषि मुनीहरु वाट अध्यात्मक चिन्तन र तपस्या गरिएका स्थलहरु मानिन्छन । खासगरी ऋषि मुनीहरुले धार्मीम, आध्यात्मिक ,वैदिक,सामाजिक र प्राकृतिक चिन्तन गर्ने गरेको स्थलहरु नै अहिले ग्रामीण पर्यटन बिकास संग जोडिएका छन । कुपिण्डे दह मात्र होइन सल्यान पुगेका ग्रामीण पर्यटकहरु जिल्ला भित्र रहेका अन्य ऐतिहासिक र धार्मीक महत्वले पहिचान भएका अन्य स्थलहरुमा पनि पुग्न सक्दछन । सल्यानमा खैरावाङ भगवती, छत्रेश्वरी भगवती, कोटमौलाको कालीका, मोखला पिपलनेटा मा रहेको शिव गुफा, र लक्ष्मीपुरमा रहेको कमलाक्षि मन्दिर धार्मीक धरोहर हुन । खैरावाङ भगवतीको मन्दिर धार्मीक, सास्कृतीक, एव ंपर्यटकिय दृष्टिकोणले अतिनै महत्वपूर्ण स्थानको रुपमा सुप्रसिद्ध छ । श्री स्वस्थानी कथामा आधारित सतिदेवी को अंगं पतन भै रुखको फेदमा उत्पन्न भयको खैरावाङ देवी सल्यानका राजा रजौटाका पाला देखि शक्तिपिठको रुपमा पुजा–आजा गरिदै आएको हो ।

सल्यान जिल्लाको सदरमुकाम खंलगा देखि २० कि.मि.को दूरीमा रहेको खैरावाङ शारदा नदी किनारमा रहेको हाउखोला बाट २ घण्टाको पैदल उकालो बाटो हिडेर पनि पुग्न सकिन्छ । त्यसै गरी अर्को शक्ति पिठ हो छत्रेश्वरी । शारदा नदी किनारमा रहेको छायाक्षेत्र फाटको नजिक रहेको छत्रेश्वरी मन्दिरमा सतिदेवी को शेष अंग पतन भएको विस्वास गरिन्छ । यो मन्दिरमा अन्य शक्तिपिठमा झै पशु,पंछी को वली चढाउने गरिन्न । यो मन्दिरमा सल्यान, रुकुम र दाङ् वाट समेत धार्मीक पर्यटकहरु जाने गर्दछन । सल्यान जिल्लाको अर्को शक्तिपिठ मानीने कमलाक्षि मन्दिर पनि हो । सतिदेवीको करङ पतन भएको स्थानको रुपमा धार्मीक मान्यता रहेको छ । पहाडको स्वरुपमा देखिने कमलाक्षि हेर्दा पनि करङ कै आकृतीमा देख्न सकिन्छ । धार्मीक किंवदन्ती अनुसार सतीदेवी को सल्यानमा तिन ठाउमा अंग पतन भएको र ति सवै ठाउ शक्तिपिठको रुपमा पुजा गर्ने गरिन्छ ।

त्यसैगरी फालावाङ सल्यान जिल्लाको ऐतिहासिक स्थल हो । पछिल्लो समयमा सल्यानी राजाहरु ले फालावाङ वाट नै शासन चलायको इतिहास छ । महाभारत पर्वतको काखमा रहेको फलावाङ् सल्यान जिल्लाको दक्षिण दाङ्को सिमावर्ती भूगोल मा पर्दछ । थर्कोट पहाड को विच भागमा पर्ने फलावाङ मोटरमार्ग नभएको वेला सल्यान, रुकुम पैदल यात्रामा वाटोमा पर्ने थियो । ऐतिहासिक फालावाङ दरवार अहिले संरक्षण हुन नसक्दा अस्तित्वको खोजिमा पुगेको छ । सल्यान मा धेरै कुरा छ । प्राकृतीक संम्पदाको सल्यान धनी छ । तर त्यसलाई संरक्षण र प्रचार–प्रसारको कमी भएको छ । जिल्ला विकास समिती, गाविस र स्थानीय संघ, सस्थाहरु ले सल्यानलाई ग्रामीण पर्यटकिय स्थलको रुपमा विकास गर्ने सोचको विकास भएमा सल्यान जिल्ला सवैको लागि आकर्षणको केन्द्र वन्न सक्छ ।

kupende-daha_MBOrgMu7z3


पर्यटकिय दृष्टिकोण ले ताल तलैया महत्वपूर्ण मानिन्छ । सल्यान जिल्लाको कुपिण्डेदह जस्ता सवैतालहरु को दिगो रुपले संरक्षण गर्ने निती राज्य संग हुनु पर्दछ । नगरपालीका,गाउँपालिकाहरुले पनि स्थानीय तहले गर्न सकिने संरक्षणको काम गर्दै ऐतिहासिक, धार्मीक तथा सास्कृतिक महत्वका हिसावले पहिचान भएका ताल तलैयालाई संरक्षण गर्दै पर्यटकिय विकास गर्नु पर्दछ । जसले समग्र गाउ देखि जिल्लाको विकास मा दिगोरुपले आर्थीक सहगोग पुग्छ । अहिले मुलुक भित्रकम प्राकृतिक ताल, हिमाल, झरना, ऐतिहासिक मठ मन्दिर र नेपाली को संस्कृती वचाउन जरुरी छ । प्राकृतिक सम्पदा विनास भयो भने राष्ट्रको उन्नती हुन सक्दैन । राष्ट्रको उन्नती र प्रगतीले नै हामी नेपालीहरु को जीवन स्तरको उन्नती हुने हो । यो कुरा सवैले वुझन जरुरी छ ।

सल्यान जिल्ला नेपालको ऐतिहासिक जिल्ला हो । यो जिल्ला नेपाल एकिकरण हुनुभन्दा पहिले सौन्य परिवारले चलायको सोशान्त राज्य थियो । पछि वाइसे चौविसे राजा कृष्ण शाहको पालामा नेपाल एकिकरण अभियानमा लागेका राजा पृथ्र्र्वी नारायण शाह को सल्यान राज्य प्रति घनिष्टता वढदै गयो । त्यहि कारणले पृथ्र्वी नारायणले आफ्नो छोरी विलास कुमारीलाई कृष्ण शाहको छोरा रण भिम शाहसग विवाह गरिदिए र दाङ को छिल्ली विजौरी देखि अधिकांश भाग छोरीलाई कुशविर्ता समेत दियको इतिहास छ । वि.स.१८६९ भाद्र ३ गते नेपाल एकिकरण को क्रममा सल्यान राज्य नेपालमा गाभिएको हो । त्यसैले सल्यान जिल्लाको ऐतिहासिक एवं प्राकृतिक संम्पदा बचाउन हामी सवै एकजुट बनौ । गाउँ घर र आफ्नो जिल्लामा स्वदेशि एंव विदेशि ग्रामीण पर्यंटकहरुलाई भ्रमण गर्ने वातावरण श्रृजना गरौ अनि वल्ल हुन्छ जिल्लाको विकास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *