पेट फुलेको सन्चो गर्ने घरेलु उपायहरु

केही खानेकुरा, बानी तथा कुनै बिमारीको कारण पेट फुल्ने समस्या हुन सक्दछ । पेट डम्म भएको अनुभव हुने गर्छ । अधिकांस व्यक्तिको पेट फुल्ने कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याको कारण हुन सक्दछ । कलेजोमा इन्फेक्सन, हेपटाइटिस जस्ता रोगका कारण पनि पेट फुल्न सक्दछ ।

यहाँ केही त्यस्ता फलफुलहरु उल्लेख गरिएको छ जसले प्राकृतिक रुपमै पेट फुल्ने समस्याबाट छुटाकार दिलाउन सक्छ । यी उपायहरु सबै घरेलु किसिमका छन् ।

तपाईले आफ्नो घरमा उपलब्ध भएको सामान्य खानेकुराहरुको सहयोगले पनि फुलेको पेट ठिक पार्न सक्नु हुन्छ । यो जानकारी तपाईको स्वास्थ्य ठिक गर्नको लागि धेरै उपयोगी हुनेछ ।

कागती पानी

पेटलाई सफा गरेर अतिरिक्त पानी अनि ग्यांस निकाल्न कागनी पानी सबैभन्दा उत्तम पेयपदार्थ हो ।

फर्सी

यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ । यसले पाचन प्रक्रिया ठिक बनाउँछ ।

अदुवा

खानेकुरा पचाउन अदुवा जस्तो अर्को हुनसक्दैन । यसमा हुने एन्टी इन्फ्लेमेटरी क्वालिटिको कारण पेटले राहत पाउँछ ।

नरिवल पानी

पोटासियम प्रशस्त पाइने भएकाले नरिवल पानीले शरिरमा सोडियम सन्तुलनमा राख्न मद्धत गर्छ ।

दही

यसमा प्रोबायोटिक्स अर्थात शरिरलाई चाहिने ब्याक्टेरिया पाइन्छ । फुलेको पेटको लागि दही निकै राम्रो मानिन्छ ।

केरा

यसमा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा पनि कमी ल्याउँदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *