फोक्सुण्डो ताल

फोक्सुण्डो ताल लाई शे-फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो ।

यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ।

कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ‘वाई’ आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ ।

 सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो । सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।

यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० बर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *