भागवत गीताको सार यस्तो छ ।

अध्याय १

सांसारिक मोहको कारणनै मानिस “म के गरौं ?

के नगरौं ? भन्ने द्विविधामा परेर कर्तव्यबाट पतन हुन्छ, 

यसकारण सुखासक्तिको मोहको वशमा पर्न हुदैन ।

अध्याय २

शरीर नाशवान (नश्वर) छ, र यो शरीरलाई जान्ने

शरीरि (जीवात्मा) अविनाशी छ, यस्तो विवेकलाई महत्व दिनु

र आफ्नो कर्तव्यको पालन गर्नु, यी उपायहरूलाई उपयोग गर्दा

चिन्ता-शोक मेटिन्छ।

अध्याय ३

निष्कामभाव पूर्वक परहितको निमित्त आफ्नो कर्तव्य

दत्तचित्त भएर पालन गर्नाले कल्याण हुन्छ ।

अध्याय ४

कर्मबन्धनबाट छुट्ने दुइटा उपाय छन-कर्म-तत्वलाई 

जानेर नि:स्वार्थभावले कर्म गर्नु र तत्व ज्ञानको अनुभव गर्नु ।

अध्याय ५

मानिसले अनुकूल वा प्रतिकूल परिस्थिति आउदा

सुखी वा दु:खि हुनु हुदैन, किनकि यसरी सुखी वा दु:खि हुने

मानिसहरु संसारमा माथि उठेर परम-आनन्दको अनुभव गर्न

सक्दैन, सधैँ सुख-दु:खको भुवँरीमा घुमी रहन्छ ।

अध्याय ६

कुनैपनि साधन अपनाएर भएपनि अन्त:करणमा

समानया आउनु पर्छ, (अनुकूल-प्रतिकूलमा) समानता नआइ

मानिस सवृ प्रकारले निर्विकार हुन सक्दैन ।

अध्याय ७

सवै थोक भगवान (श्रीकृष्ण) हो यस्को स्वीकार 

गर्नु सवैभन्दा उत्तम साधन हो ।

अध्याय ८

अन्त्यकालीन (जीवनको अन्त्य समय) को 

चिन्तन अनुसार जीवको गति हुन्छ, यसकारण मनुष्यले 

हरेक श्वाश-प्रश्वासमा भगवान(श्रीकृष्ण)को सम्झना गर्दै-गर्दै 

आफ्नो कर्तव्य पालन गर्नु पर्छ, जसबाट अन्त्यकालमा भगवान

श्रीकृष्ण) को सम्झना रहिरहोस ।

अध्याय ९

सवै मनुष्य भगवत्प्राप्तिको अधिकारी हुन्छ,

चाहे उ कुनैपनि वर्ण, आश्रम, सम्प्रदाय, देश, वेष आदि

जो सुकै होस ।

अध्याय १०

संसारमा जहाँपनि विलक्षणता, विशेषता, सुन्दरता,

महानता, विद्वता, बलवत्ता, आदि देखिन्छ, त्यसलाई भगवानको

(श्रीकृष्ण) रूप मानेर चिन्तन गर्नु ।

अध्याय ११

यस जगतलाई भगवानकै रूप मानेर जस्ले पनि

भगवान (श्रीकृष्ण)को विराट स्वरूपको दर्शन गर्न सक्छ ।

अध्याय १२

जो भक्त शरीर, इन्द्रियहरू, मन-बुध्दि सहित 

आफुले आफुलाई भगवान श्रीकृष्णमा अर्पण गर्छ, त्यो मानिस 

भगवानको प्रीय हुन्छ ।

अध्याय १३

संसारमा एक परमात्म-तत्वमात्र जान्न योग्य छ, यसलाई

जानेपछि अमरता प्राप्त हुन्छ ।

अध्याय १४

संसार-बन्धनबाट छुट्नको निमित्त सत्व, रज र तम यी

तीन गुणहरूबाट माथि उठ्न (यो भन्दापनि निर्मल अवस्थामा पुग्न )

आवश्यक हुन्छ, अनन्य-भक्ति (अरुकसैको आश्रयनलिइ,एउटै श्रीकृष्ण

भक्ति) द्वारा मानिस यी तीनगुणबाट माथि उठ्न सक्छ ।

अध्याय १५

यो संसारको मुख्य आधार र अत्यन्त श्रेष्ठ परम-पुरुष

एक परमात्मा श्रीकृष्णनै हुनुहुन्छ, यस्तो मानेर (जानेर) अनन्यभावले 

उहाँकै भजन (भजन-कीर्तन, नाम-जपन, चिन्तन) गर्नु पर्छ ।

अध्याय १६

दुर्गुण र दुराचारहरूको कारणले मानिस चौरासीलाख 

योनिमा र नरकमा जान्छ र दु:ख पाउछ, यसैले जन्म-मरणको आवा गमनबाट छुट्नको लागी दुर्गुण-दुराचारलाई त्यागेर सद्गुण-सदाचार 

ग्रहण गर्नुपर्छ ।

अध्याय १७

मानिसले श्रध्दापूर्वक कुनैपनि शुभकार्य गर्छभने, त्यस्तो 

कार्य भगवान श्रीकृष्णको सम्झना गरेर गर्नु र भगवानको नाम उच्चरण 

गरेर आरम्भ गर्नु तथा कर्मफल भगवानमा अर्पण गर्नु ।

अध्याय १८

सवै ग्रन्थको सार वेद हो, वेदहरूको सार उपनिषद हो 

तथा उपनिषदको सार गीता हो, गीताको सार भगवान श्रीकृष्णमा शरणा

गति हुनु हो, जो अनन्यभावले भगवान श्रीकृष्णको शरणमा जान्छ, उस्लाई भगवानले सम्पूर्ण पापबाट मुक्त गराउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *