भुगोलले होइन भावनाले जोड्नु पर्छ नेपाली मनहरु

संसारभर छरिएर रहेका नेपालीहरुको पहिचान एवं नेपालीपनको मौलिक सभ्यता, संस्कार, संस्कृति एबं नेपालीपनको गौरवमय मुल्य, मान्यताहरुको जर्गेना र प्रर्वधन गदै नेपालीहरु विचको एकता, भात्तृत्व, सद्भाव कायम गरि नेपालीहरुको हक. हित, अधिकार तथा विकासका क्षेत्रमा कार्य गरि थप योगदान पु¥याउन र नेपालीहरुको अनुभव, ज्ञान सिप, क्षमता, गतिविधीहरु आदान–प्रदान गर्न यस अनलाईन संचालन गरिएको हो ।

भुगोल र सिमानाले होइन भावनाले नेपालीपनको विकास हुनु पर्दछ र संसारभरीका सबै नेपालीहरुको भावनात्मक विकास वाट मात्र हाम्रा गौरवमय मुल्य मान्यता, संस्कार र संस्कृतिको प्रर्वद्धन गर्न सकिन्छ । सबै संसारभर फैलिएर रहेका नेपालीहरुको पवित्र भुमीका नेपाल र नेपालमा रहेका श्री पशुपतिनाथ मन्दिर, श्री गौतम वद्धको पवित्र जन्मभुमी लुम्विणी र संसारकै सर्वोच्च शिखर सगरमाथाको देश नेपाललाई अन्र्तराष्ट्रिय गन्तब्यका रुपमा विकास गर्न अभिप्रेरित गर्नु हो । आफुमा भएको अनुभव, अनुभुतिहरु, सिप, क्षमता र भावनाले यस अभियानमा सहभागि वनौ । इमान्दारीताका साथ आफ्नो जिम्मेवारी पुरा गरेर नेपालीपनको प्रर्वद्धन गर्न सबैमा हार्दिक आग्रह गर्दछौ ।

हामी नेपालीहरुको मौलिकता, विरता र इमान्दारीता संसारमै प्रसिद्ध छ । नेपाली मौलिक संस्कार, संस्कृति र परम्परा लाई पृथक मानिन्छ । हामी जो जहाँ रहेपनि नेपालीभावना सधै सधै अटल हुनु पर्दछ । नेपाली पवित्रभुमिको माया, प्रेम र सद्भाव कायमै हुनु पर्दछ । हामीले नेपाली सनातन मुल्य। मान्यता, संसकार र सस्कृतिहरुको जर्गेना र प्रवद्र्धन गर्न यस अभियानको थालनी गरेका छौ । यस संचार माध्यमको समुचित प्रयोग गरेर सबै नेपालीहरुको अनुभव, अनुभुतिहरु, सिप, क्षमता र दक्षताका विविध विषयहरु आदान प्रदानका लागि सधै साथमा रहने छ । संसारका विभिन्न कुनामा वसोवास गर्ने नेपालीका भावनाहरु, रोजगारीका लागि विभिन्न देशमा रहेका नेपालीहरुका सवालहरु र नेपालको मौलिकताको जर्गेना गर्न प्रतिवद्ध ब्यक्तिहरुका लागि सहकार्य गर्न यस अभियानमा जोडिन सकिन्छ । हामी सबैको साझा प्रयासवाट मात्र हामीले नेपाल र नेपाली मौलिकताको प्रवद्र्धन गर्न सक्छौ ।

हामी जहाँ जसरी काम गरिरहेको भएपनि इमान्दारीता र विरताका साथ जिम्मेवारी र दायित्व पुरा गर्ने नेपालीहरुको वानी आउदो पुस्ता सम्म पु¥याउन हाम्रा अनुभव र अनुभुतिले योगदान गर्ने छन । सरोकारवाला निकायहरुको ध्यार्नाकषण गराउन मदत गर्ने छन । अरु प्रति हामीले गर्ने सद्भावपूर्ण ब्यबहारले सबै नेपालीहरुको सिर उचो वनाउन र हाम्रो सानो गल्तीले सबै नेपालीहरुको भावनामा आच आउने भएकाले हरपल सचेतनापुर्वक आफ्नो जिम्मेवारी पुरा गर्नु जरुरी छ । सहयोगी वनौ । सक्दो मानवीय कल्याणका लागि काम गरौ । हाम्रा पुर्खाहरुको गौरवमय इतिहासलाई निरन्तरता दिएर नेपालीहरुको रचनात्मक पहिचान कायम गरौ । आउनु होस् यस अभियानमा सहकार्य गरौ ।।

सिमानाले होइन भावनाले जोडौ नेपाली मौलिकता

संसारभर फैलिएर रहेका सबै नेपालीहरुलाई एकताको सुत्रमा वाधेर नेपाली हुनुको गौरव र पहिचानको अनुभुति गराउन

संसारका सबै नेपालीहरुको पवित्र र पावन भुमी नेपालको विकास र नेपालीपनको प्रर्द्धन गर्न हामीले याे यसंचार अभियान थालिएका छाै । आशा छ यस अभियानमा यहाँहरु सबैको साथ सहयाेग र सहकार्य हुने अपिक्षा हामीले गरेका छाै । सबैको कल्याण होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *