माता तिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिनको महत्व

मातातीर्थ औंसीका दिन नेपालमा मातृ दिवस वा आमा दिवसका रूपमा मनाइन्छ । यो आमालाई सम्मान गर्ने र सम्झने पबित्र दिन पनि हो । हिन्दू संस्कृति अनुसार वैशाख कृष्णपक्ष औंसीका दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीका रूपमा चिनिन्छ ।

यो दिन जन्म दिने आमाको मुख हेरी गच्छेअनुसार मीठो–मसिनो ख्वाउने र आमा संगै बसेर रमाइलो गर्ने चलन छ । आमा नहुनेहरूले भने विभिन्न धार्मिक स्थलमा स्नान गरी तर्पण दिएर आमाको स्मरण गरेर मनाउने गर्दछ्न ।

मातातीर्थसँग जोडिएको कथा

भगवान् विष्णुको सातौं अवतार मानिने मर्यादा पुरुषोक्तम श्रीराम वनवासका त्रममा घुम्दै एकदिन मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाहरूबीच घमासान युद्ध भयो ।

युद्धले गर्दा दुवै पक्ष तिर्खाले आकुल–व्याकुल भए ।त्यही बेला माता सीतालाई पनि प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् रामले गंगामाताको स्तुति गरे– ‘माता गंगासमो तीर्थ पिता पुष्कर मे वचः’ भन्ने मन्त्रोच्चारण तीन पटक गर्दै रामले जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो ।

त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।अर्को कथाअनुसार कुनैबेला घना जंगल रहेको त्यो ठाउँमा गोठालाहरू गाई चराउन आउँथे । उनीहरू त्यही कुण्डको नजिकै बसेर खाजा खान्थे । ती गोठालाहरूमध्ये एउटा गोठाला खाजा नखाई कुण्ड भएतिर मात्र जान्थ्यो ।

उसले त्यहाँ रहेको कुण्डमा आफ्नी आमाको दर्शन पाएकाले ऊ घर फर्कने वेलामा एक्लै फर्कन नमानेको र आमालाई पनि सँगै लाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भनी छोरालाई सम्झाई–बुझाई घर पठाइन् । भनिन्छ, त्यसै दिनदेखि त्यो ठाउँको नाम मातातीर्थ रहेको हो भन्ने किबदंन्ती पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *