रुकुमकाे सिस्ने हिमाल

दिनेश खड्का


कांजीरोवा हिमश्रृंखला अन्र्तगत पर्ने सिस्ने हिमाल रुकुम जिल्लाको सिस्ने गा.वि.स.वडा नं. ५ र ६ मा पर्दछ । ५८१४ मिटरको उचाईमा रहेको यो हिमाल बाह्रै महिना हिउँले ढाकेको हुन्छ । वर्षामा वादलले ढाके पनि असोज देखि जेठ महिनासम्म सिस्ने हिमाल आर्कषक रूपमा देख्न सकिन्छ । भौगोलिक विषमताका कारण यस हिमाल आरोहण गर्न कठिन मानिन्छ । रुकुम जिल्लाका तथा छिमेकी जिल्लाहरूका विभिन्न स्थानहरूबाट समेत सिस्ने हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

बाह्रै महिना हिउँले ढाक्ने हुनाले सिस्ने हिमालको फेदीमा केही स–साना विरुवाहरू पाईने भएपनि यिनीहरूबाट कम अक्सिजन पाईने हुनाले कम अक्सिजनका कारण श्वासप्रश्वासमा असहज हुने गर्दछ । यसलाई स्थानीय भाषामा लेक लाग्ने भनिन्छ । सिस्ने हिमालमा जम्मा भएको हिउँ पग्ले पछि धौला गाड भएर बग्दछ यो खोला करिव ११ किलोमिटर पछि सानीभेरी नदीमा आएर मिसिन्छ । सिस्ने हिमालको नामाकरण अभिलेख तथा स्थानीय भनाई अनुसार यस क्षेत्रका मानिसहरू सिंजा भन्ने ठाउँबाट वसाई सरी आएकाले यिनीहरूलाई सिंजाली भनिन्थ्यो । पछि सिंजालीबाट अपभ्रंश हुँदै सिस्ने भनिन थालियो । यसैको नामबाट सिस्ने हिमाल नामाकरण भएको हो । यस हिमालको नामबाट रुकुम पूर्व जिल्लाको एउटा गाउ पािलकाकाे नाम सिस्ने गाउपालिका भएको हो ।

पूर्वि रुकुममा पर्ने सिस्ने हिमाल

सिस्ने हिमालको फेदितिर आकर्षक गुप्तदह रहेको छ। सिस्ने गा.वि.स.को वडा नं.४ मा अवस्थित यस दहमा वनहाँस, जलेवा जस्ता पन्छीहरू पाईन्छन् । स–साना वुट्यानहरूको बीचमा रहेको यो दहमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ । मानिसहरू जनैपूर्णिमाका दिन वाहेक अन्य दिनमा यस दहको नजिक जाँदैनन् । अन्य समयमा दह नजिक गएमा मानिस हराउने हुनाले यस दहको नाम गुप्त दह रहेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *