रुकुम जिल्लाको पूर्वी मगर बस्ती

दिनेश खड्का

रुकुम जिल्लाको उत्तरपूर्वी दश गा.वि.स. जाङ्ग, रन्मामैकोट, हुकाम, तकसेरा, कोल, काँडा, मोरावाङ, काँक्री, महत र प्वाङ्ग गरी दश गा.वि.स.हरु पर्दछन् । यि दशवटै गा.वि.स.हरूमा धेरैजसो मगर जातिको सघन वस्ती र केहि प्रतिशत दलितहरू कामी, दमाई, थकाली, छन्त्याल, गुरुङ र ठकुरी छन् । यि दशवटै गा.वि.स.हरूको घरको बनावट खर, ढुङ्गा, टिनको नभएर माटोको मुन्ना घरमा वस्ने गरिन्छ र मगर जातिको जन्म र मृत्युमा बाहुन पण्डित नभएर आफ्नै जातिको जैसी अथवा झाँक्रीद्वारा जन्म र मृत्यु संस्कार सम्पन्न गरिन्छ ।

शुभ–अशुभ साईत हेर्ने कार्य पनि जैसी, झाँक्रीद्वारा नै गरिन्छ । उक्त गा.वि.स.हरूमा पुरुषले भोटो, पटुका, कछाड र महिलाहरूले गुन्यू, चोलो, गादो लगाउने चलन छ ।

मगर भेषभुषा

मगर बस्तीहरूमा चाडपर्वहरू मुख्य गरी माघे संक्रान्ति धुमधामका साथ मनाउने गर्दछन् । माघे संक्रान्तिको अघिल्लो दिनदेखि नै यि बस्तीहरूमा विशेष चहल पहल सुरु हुन्छ । माघे संक्रान्तिका दिन यि बस्तीहरूमा झाँक्री पूजा गर्ने चलन छ । यसदिन विहानै आफ्ना घर नजिक रहेका मठहरूमा आफन्तजनहरू जम्मा भएर पूजा गर्ने गर्दछन् ।

मगरवस्ती

पूजा सकिएपछि घरमै बनाइएका विभिन्न प्रकारका परिकारहरू खाएर आफ्नै संस्कृतिका नाचगान गर्ने तथा भेषभुषा लगाउने गरिन्छ । रमाइलोका लागि धनु, बाण, बन्दुकद्वारा तारा हान्ने काम चार पाँच दिनसम्म धुमधामसंग चल्छ । त्यस्तै अषाढ १ गतेदेखि एक महिनासम्म भूमे नाचनाची श्रावण १ गते पूजा गरी भूमे देवतालाई बाढिपहिरो रोकथाम अन्नवाली बढि उब्जनीकोलागि पुकार गरी सम्पन्न गरिन्छ ।

मगर भेषभुषा

यहाँका मानिसहरूमा हिन्दू धर्मको केही प्रभावको कारणले सामान्य रूपमा दशैतिहार मनाउँछन् । त्यसका साथै मंसिर १ गतेबाट सुरु गरी ८÷९ दिनसम्म संक्रान्ति मान्ने गरिन्छ ।

यि गा.वि.स.हरूमा भूमे नाच, पंैसेरी नाँच र दमाई चाला, सिगारु नाच, नचारु नाँच यहाँका परम्परागत नाँच हुन् भने मयूर नाच पनि सबै पुरुष महिला संयुक्त रुपमा नाच्ने गर्दछन् । झोला नाच महिलाहरू मात्र समूह बनाएर नाच्छन । यि गा.वि.स.हरूमा ननिला भन्ने पूरानो परम्परागत गित छुट्टै गाउने गरिन्छ । यि मगरबस्तीहरुमा छुट्टै खाम भाषा बोलिन्छ जसलाई अठार मगर भाषा पनि भनिन्छ, जुन भाषा नेपालको कुनै ठाउँमा बोलिंदैन ।

मैकाेटमा रहेकाे मगर गाँउ

मगरबस्तीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणबाट छुट्टै पहिचान दिईरहेको हुँदा तिनीहरूको अवलोकन गर्ने र अध्ययन गर्नेहरूका लागि महत्वपूणर््ा क्षेत्रकारूपमा रहेका छन् यी बस्तीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *