रुकुम जिल्ला सभापतिमा खड्का
पशुपति अन्नपूर्णा आश्रम संस्थाको कर्णाली प्रदेश अन्र्तगत रुकुम जिल्ला सभापतिमा दिनेश खड्का मनोनित हुनु भएको छ ।
संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवल (सयुक्त राज्य अमेरिका) का प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले जेठ २९ गते खड्का लाई जिल्ला सभापति पदमा मनोनित गर्नु भएको हो ।
मानव कल्याण र मानवीय सेवाका लागि लामो समय देखि विभिन्न कार्य गदै आएको पशुपति अन्नपूर्णा आश्रम संस्थाले सातै प्रदेश र ७७ वटै जिल्लामा संस्थागत संरचना निर्माण गर्ने कार्यक्रम अन्र्तगत रुकुम जिल्लाको प्रमुखका रुपमा खड्का लाई जिम्मेवारी प्रदान गरिएको संस्था अन्र्तगत कर्णाली प्रदेश प्रमुख हरिचन्द्र वरालले वताउनु भयो ।
केन्द्रिय अध्यक्षको निर्देशन वमोजिम प्रदेश प्रमुख वरालले जेठ २९ गते नै जिल्ला सभापतिमा मनोनित भएको पत्र सभापति खड्का लाई प्रदान गर्नु भएको छ ।
संचार तथा कानुन ब्यावसायमा सक्रिय खड्काले रुकुम जिल्लामा स्काउट, रेडक्रस, लायन्स क्लव लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुमा नेतृत्वदायी भुमिकामा रहेर सामाजिक कार्य गदै आउनु भएको छ ।