लक्ष्मी पुजा र लक्ष्मीसँग जोडिएका मान्यता

हिन्दु धर्ममा देवी–देवताको सख्याँ धेरै छैन, तर थरि–थरिका मान्यताले भरिपूर्ण छ ।
तिहार लक्ष्मी देविको पर्वका रुपमा मानिन्छ । देवि लक्ष्मीसँग जोडिएको विभिन्न किसिमका मान्यता रहेका छन् ।

रातो कपडा, गहनाले सजिएकी, कमलमा बसेकी, सुन र अन्नले भरिएका भाडा हाथमा लिएकी लक्ष्मी सुख, समृद्धि, शक्तिकी देवि हुन् । उनी सम्मोहक र चंचल छिन् । लक्ष्मीलाई हमेशा साथ राख्न एक सतत संघर्ष हो । दूर्लभ र बहुमुल्य हाथ उनीमाथि पानी फाल्छन् ।


उनको नजिकै जुम्लहा बहिनी अलक्ष्मी बस्छिन, जो गरीव, दुख र दूर्भाग्यकी देवि हुन् । शक्ति, सुख र समृद्धिका साथ आउँछ, भोगबाट उत्पन्न कचरा, चिपचिपे द्रव्यका रुपमा, जसलाई हलहला भनिन्छ । केही भनाईका अनुसार, समुन्द्र मन्थनका बेला बासुकी सर्पको उल्टो छ । फोहोर कुनै पनि निर्माण प्रक्रियाको अभिन्न अंग हो ।

जुन मन्थनका बेला लक्ष्मी प्रकट भइन्, उही मन्थनमा हलाहल पनि आयो । लक्ष्मीलाई सवैले लिन चाहन्थे तर, हलाहललाई कसैले पनि लिन चाहँदैनथे । शवि वैश्विक चिजप्रति उदाशीन छन्। यसकारण इश्चित र अवान्छित चिजमा फरक गर्दैनन् ।

यीनको देष्टिमा हलाहल पनि अमृतबाट अलग छैन, यसकारण उनी पुरा विष पिउँछन र निलकण्ठ भनिन्छन् । वैष्णव साहित्यका अनुसार हलाहललाई अलक्ष्मीसँग जोडेर हेरिएको छ, जो दूर्भाग्य र दरिद्रताकी देवि हुन् र लक्ष्मीको जुम्लाह बहिनी ।


जस्तै कुनै शानदार बस्तु विना फोहर पैदा हुँदैन, यस्तै लक्ष्मीसँग सधै अलक्ष्मी पनि हुन्छिन् ।
प्रचलित मान्यता र मिथकका अनुसार यी दुई बहिनीलाई जसले अस्वीकार गर्छ, त्यसो हुँदा उसले खतरा मोल्छ ।

यस्तो मानिन्छ कि, जवसम्म उनलाई स्वीकार गरिँदैन, तवसम्म भाग्यलाई आफ्नो साथ ल्याउन पनि सकिदैन । एउटा कथाका अनुसार लक्ष्मी र अलक्ष्मी दुवै बहिनीले एक व्यापारीसग् सोधेका थिए कि, दुईमा को राम्रो छ ।


व्यपारीलाई थाहा थिएन, कुनैलाई पनि बेखुसी बनाउनुको नतजिा के निस्कन्छ । यसकारण व्यपारीले भन्यो, ‘लक्ष्मी घरमा आइन भने राम्रो हुन्छ, जवकि अलक्ष्मीको घरबाट बाहिर गएको छ । ’
मानिसहरु भन्छन् कि यहीकारण लक्ष्मी व्यापारीमाथि कृपालु हुन्छिन् ।

लक्ष्मीको सम्बन्ध मिष्ठान्नसँग हुन्छ, जव कि अलक्ष्मीको सम्बन्ध कवाडी बस्तुसग ।
यही कारण हो कि, मिठाई घरको भित्र राखिन्छ तथा कागती र खुर्सानी घरको बाहिर झुन्डाइन्छ ।

मानिन्छ कि, लक्ष्मी मिठाई खान घरको भित्र आउँछिन्, जवकि अलक्ष्मी ढोकामा कागती र खुर्सानी खान्छिन् , अनि खुसी भएर फर्कन्छिन् ।
दुवैलाई स्वीकार गरिन्छ, तर वागत फरक–फरक तरिकाले गरिन्छ ।

लक्ष्मीका दुई रुप छन्, भूदेवि र श्रीदेवि । भूदेवी धर्तीकी देवि हुन्, श्रीदेवि स्वर्गकी देवि । पहिली उर्वरासँग जोडिएक छिन्, दोस्रो चाहिँ महिमा र शक्तिसँग । भूदेवि सुन र अन्नका रुपमा बर्षा गर्छिन ।

अर्की चाहिँ शक्ति, समृद्धि र पहिचान दिन्छिन् । भूदेवि सरल र सहयोगी पत्नी हुन्, जो आफ्ना पति विष्णुको सेवा गर्छिन । श्रीदेवि चंचल छिन् । बिष्णुलाई सधै खुसी राख्न प्रयास गर्नुपर्छ । यदि बिष्णु राजा हुन भने भूदेवि साम्राज्य र श्रीदेवि उनका मुकुट, उनको राजगद्दी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *