सभापति खड्का द्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण

पशुपति अन्नपूर्णा आश्रम संस्था राष्ट्रिय समिति, कर्णाली प्रदेश अन्र्तगत रुकुम जिल्लाका सभापति दिनेश खड्काले रु.पन्ध्र हजार दैनिक ज्याला मजदुरी गरिरहेका विपन्न परिवारलाई खाना खुवाउन सहयोग गर्ने गरि रकम हस्तान्तरण गर्नु भएको छ ।

जेठ २ गते पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्य मार्फत उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।

मानव कल्याण र सामाजिक सेवाका लागि खड्का गत जेठ २९ गते जिल्ला सभापतिमा मनोनित भए संगै विभिन्न सामाजिक सेवामा सकृय हुनु भएको छ ।

लगडाउनका कारण जिल्ला स्तरमा तत्काल काम गर्न नसकिए पछि आफु काठमान्डौ मै भएकाले पशुपति अन्नपूर्णा आश्रम संस्था राष्ट्रिय समितिले दैनिक गरिव, विपन्न तथा मजदुर परिवारहरुका लागि दैनिक भोजनका लागि उक्त रकम सहयोग गरेको सभापति खड्काले वताउनु भयो ।

पशुपति अन्नपुर्णा आश्रम संस्थाले काठमान्डौमा दैनिक एक हजार भन्दा वढिलाई निःशुल्क भोजनको ब्यबस्था गदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *