समयको महत्त्व

कुनै पनि अवसर वा बेलालाई समय भनिने गरिन्छ। समयको उपयोगिता मानवले बुझ्न सक्नुपर्छ। मान्छेलाई कहिले साथ नदिएको कुरा समय बिताउन मुस्किल परेको कुरा, समय नपुगेको कुरा सुनिने गरिन्छ। समय निरन्तर बितिरहेको हुन्छ। गुनासोहरू उब्जिन्छन्। समय खोलामा बगेको पनि जस्तै हो। समय आउँछ जान्छ तर कसैलाई पर्खेर बस्दैन।


मानव जीवनमा नै समय बादी महत्त्व छ। यसैले समयको दुरुपयोग कुन किसिमले गर्नुपर्छ सो कुरा मानवले बुझेको हुनुपर्छ। विद्यार्थी जीवनमा शिक्षा आर्जन नगरी खेलबाडमा समय बिताउने व्यक्तिहरू पछि पछुतोमा परेको कुरा हाम्रै समाजमा सुनिन पाइन्छ। त्यसले हरेक क्षणको आफ्नै महत्त्व रहेको हुन्छ। हरेक व्यवसायमा लाग्ने व्यक्तिहरूको जीवन समयको अति महत्त्व हुने गर्छ।

समयको महत्त्वलाई बुझ्ने व्यक्तिहरूले समयलाई व्यर्थमा खेर फाल्ने गर्दैनन्। सबैको आ-आफ्नै क्षेत्र हुन्छ। विद्यार्थी नियमित समयमा विद्यालय जानु, सन्दर्भ पढ्यपुस्तक पुस्तकालयमा गएर अध्ययन गर्नु नै उसको उचित समयको सदुपयोग हो। समाज सेवीहरुले पनि समयमा आफ्ना समाजका विकृतिहरूलाई हटाएर सुधार गर्ने सके समयको सदुपयोग गरिएको बुझिन्छ।

समयको महत्त्व बुडेर हरेक कम कुरा समयमा गर्ने व्यक्तिको जीवन सार्थक अर्थात् सफल हुन्छ।
समय सदुपयोग गर्ने कुरा हो, यसको कहिल्यै पनि दुरुपयोग गर्नुहुँदैन। जन समय जुन कम गर्नुपर्ने हो त्यस समयमा त्यही कम गर्ने नै समयको सही सदुपयोग हो। यस प्रकार सही ढंगले समयको सदुपयोग गर्नमा नै यसको महत्त्व टड्कारो रूपमा जल्किन्छ। समयको कुनै महत्त्वपूर्ण क्षण मानिसका हातबाट फुत्कियो भने त्यो क्षण फेरी फर्केर आउँदैन।

समयका एकएक पलको महत्त्व छ। समयमै अस्पताल पुर्याइएको बिरामी बाच्न सक्छ। बेलेमा गाडीको स्टेसनमा पुग्ने व्यक्ति सजिलोलाई आफ्नो गन्तव्यमा पुग्न सक्छ। तोकिएको समयको सही ढंगले सदुपयोग गरी जाँच दिने विद्यार्थी सफल हुन्छ। यसरी समयका एकएक पलको सही सदुपयोग गरी कम गर्ने व्यक्तिले जीवनमा धेरै कामहरू गरेर देखाउन सक्छ।

कम गर्नेले त्यसको मीठो फल पाउँछ। कम गर्ने मानिसको जीवन सधैँ सुखी हुन्छ। अनिज यस्ता मानिसले कहिल्यै पनि दुखका रापतापबाट फुस्लिनुपर्दैन। संसारका महापुरुषहरू समयको सही रूपमा सदुपयोग गरेर नै महान् बनेका हुन्। कुई एक क्षेत्रमा गरेको राम्रो कार्यले कुनै पनि व्यक्ति विश्व प्रसिद्ध बन्न सक्दछ। यी सब कुरा थाहा पाउँदापाउँदै पनि हामी समयका महत्त्वपूर्ण क्षणहरूलाई त्यसै खेर फालिरहेका हुन्छौ अनि केही कम नगरी समय बिताइरहेका हुन्छौ।

केही काम नगरी समय बिताउने हाम्रो अज्ञानता हो।  कुनै पनि कम गर्ने समयको सदुपयोग हो भन्ने ठानी छोरी, डकैती, हिंसा आदि जस्ता नराम्रा कार्यहरू कदापि गर्नुहुँदैन। यस्ता कार्यहरु गरेका खण्डमा समयको दुरुपयोग भएको मानिन्छ। त्यसैले हामीले समयको हरेक पललाई सृजनात्मक कार्यमा लाग्नुपर्छ। ज्ञानी व्यक्तिले चाहिँ समयको ठीक ढंगले सदुपयोग गरिरहेको हुन्छ अनि उसको जीवन सुखसँग बितिरहेको हुन्छ।


समयले आफ्नो गतिसँगै परिवर्तन पनि ल्याइरहेको हुन्छ। मानव सभ्यताको विकास समयकै गतिशीलतातलको उपलब्धि हो। हाम्रा पुर्खाहरूले बाचेको समय र अहिले हामीले बचिरहेको समयका बीच आकाश र पातालको अन्तर छ। आज समले हामीलाई हिजोको जंगगली सभ्यताबाट आधुनिक सभ्यतामा ल्याइ पुर्याएको छ। हाम्रो समाजका हरेक  क्षेत्रमा आज परिवर्तन आएको छ।

यस आधारमा समयलाई विकासकै रूपमा लीन सकिन्छ। आज जन्मेको बालक समयकै क्रममा भोलि किशोर र जवान हुँदै बृद्धवास्थामा पुग्दछ अनि समयकै क्रममा यसको मृत्यु पनि हुन्छ। कुनै पनि प्राणीको जन्म र मृत्युलाई समयकै रोमाञ्चक खेल मान्न सकिन्छ। कुनै पनि व्यक्तिका शारीरिक, मानसिक, बौद्धिक आदि पक्षको विकास समयकै गतिमा भइरहेको हुन्छ।

आजको भोलि नै हामीलाई प्रत्येक कुराहरू बदलिएका रूपमा हात लाग्छन्। बालुवाका कणहरू पनि निश्चित समयसम्म एकै ठाउँमा खाँदिएर रहेमा कालान्तरमा ढुंगामा परिणत हुन्छन्। यस प्रकार निर्जीव वस्तुहरूमा पनि समयले परिवर्तन ल्याइदिन्छ।


समाई निकै बलवान् छ। समय एउटा बलियो शक्ति हो भन्ने विचार दार्शनिकहरूले पनि व्यक्त गरेका छन्। कुनै एक समयमा ज्यादै शक्तिशाली देखिएको व्यक्ति कुनै अर्को समयमा ज्यादै कमजोर पनि हुन्छ। एकताका ज्यादै शक्तिशाली देखिएको भिमशेन थापा आफ्ना जीवनको अन्तिमतिर निकै कमजोर बन्ने पुगेको थिए।

१०४ वर्षसम्म चलेको राणा शासन र ३० वर्षसम्म चलेको पंचायती व्यवस्थाले पनि समका अगि घुँडा टेकिरहनु सक्दैन। आजको बालक भोलि युवक बन्नु शक्तिको वृद्धि हो भने आजको युवक भोलि वृद्ध हुनुचाँहि शक्ति नचाहिँदो घमन्ड गरी आफ्नो शक्तिको दुरुपयोग गर्नुहुँदैन।  जीवनमा केही गरेर देखाउन सबैले समयको महत्त्वलाई हेक्का राख्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *