सयपत्री फुलको स‌‌क्षिप्त जानकारी

दिनेश खड्का

याे फूल नेपालको प्रसिद्ध फूल हो । यो फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ । अंग्रेजीमा ‘मैरी गोल्ड’ भनिन्छ । त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई ‘हजारी फूल’ भनेको पनि सुनिन्छ । यो फूल धेरै प्रजातीको हुन्छ ।

नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतरार्द्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ । राँगा खसीको सयपत्रीजस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको हुनुपर्छ । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङ्गो बुके बनाएजस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङ्गेफूल भनिन्छ ।मेक्सिकोका पहाडहरूमा जंगली रूपमा आफै उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे ।

यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौं वर्षदेखि एजेटिकहरूले उपयोग गर्दथे । होन्डुरसमा यसलाई पानीमा मिसाएर लासहरू धुुने हुनाले मृतकहरूको फूल पनि भनिन्छ । मेक्सिको तथा मध्यअमेरिकी जंगली फूल हो यो ।

अमेरिकामा पत्ता लागेपछि मात्र यसको फैलावट संसार भरि भएको हो । यसको जन्मथलो मेक्सिकोका पहाडहरूमा सेप्टेम्बरदेखि तुषारो नलागेसम्म उत्पादन हुन्छ र नेपालमा पनि ठीक त्यही बेला अर्थात् मौलिक रूपमै हुन्छ । तर अन्य स्थानमा पुगेर आदत बदली तापक्रम अनुसार यो जुलाईदेखि अक्टुबरसम्म फुल्ने गर्दछ, तर आजभोलिका हाइब्रिड त बाह्रैमासे भइसकेका छन् । विभिन्न रंग, आकार र प्रकार मा समेत हुने हुदा यसको मिक्स तवरले खेति गर्दा अझ सुन्दरता थपिने हुन्छ्र । जातमेरिगोल्ड मा २ प्रजाति हुन्छन एक Tagetes र अर्को Celandula । Tagetes मा अफ्रिकन मेरिगोल्ड , फ्रेन्च मेरिगोल्ड पर्छन भने अबबिलमगबि मा पोट मरिगोल्ड हरु पर्छन ।

यस भित्र रहेर हाल धेरै जात को समेत बिकाश भै राखेको छ ।प्रसारण बिधिमेरिगोल्डको बानास्पतिक प्रसारण बिउ बाट र हाल कटिंग बिधि पनि प्रचलनमा आएको छ । बिउ रोपेको ४५ दिन मा फूल खेल्ने गर्दछ ्र बिउ छरेको एक हप्ता भित्र मा बिउ उम्रने गर्दछ ।

रोप्ने स्थान सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउमा राम्रो संग फुल्ने गर्छ्र । तर उच्च तापक्रम सहन सक्ने हुदैन तसर्थ नेपालमा गर्मि सकिने संग संगै यसको खेति पनि फस्तौदै गएको देखिन्छ । पानी नजम्ने र प्रांगारिक प्रदार्थ बढी हुने ठाउमा यो राम्रो संग फुल्छ ।

हाईब्रिड प्रकारको सयपत्री खुल्ला जमिन मा भन्दा गमला वा अन्य फूलदानी मा रोप्दा बढी सौन्दर्यता देखिन्छ्र । खुल्ला रुपमा स्थानीय सयपत्री रोप्दा राम्रो हुन्छ । बिशेष हेरचाहफूल रोप्नु अघि प्रसस्थ प्रांगारिक प्रदार्थ भएको माटो मा रोप्नु पर्दछ । बिरुवा फुल्नु अगाबै मल दिनु पर्छ भने फूल खेली सकेपछि मल दिनु हुदैन तेस्तै सिंचाई गर्दा कहिले पनि फुलको थुंगा माथि बाट गर्नु हुदैन ।

अफ्रिकन प्रजातिका सयपत्री ले बढी पानी रुचाउदैन तसर्थ यो जातिमा कम सिंचाई गर्नु पर्दछ, नत्र जरा कुहिने रोग लाग्दछ । महत्वयसमा सल्फरको मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ । यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ ।

गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडाछेउ यसको खेती लाभदायक हुन्छ । तर माइक्रोबियल सक्रियताबाट बढ्ने केराउ जाति (लेगुम परिवार) का लागि यो हानिकारक भएकाले केराउ जातिको खेतमा यो रोपिनुहुन्न । बन्दाकोपीका सलादमा रंग र स्वादका लागि यस फूल सेफहरूले उपयोग गर्छन् । कुखुराको फुल (अण्डा) को पहेंलो भाग बढाउन यसको धूलो दानामा मिसाइन्छ । माहुरी तथा पुतलीका लागि पेटुला अर्थात् कुकुरफूलमा प्रशस्त परागरस भएकोले माहुरी उत्पादकले फूल घट्दै जाने बर्षा अन्तपछिको मौसममा यसको खेती गर्नु लाभदायक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *