सह–प्रा.मन्जु चित्राकारद्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण
पशुपति अन्नपुर्णा आश्रम संस्था अन्र्तगत वागमति प्रदेश महिला समिति प्रमुख सह–प्रा.मन्जु चित्राकारले आश्रम र हामी नेपाली ग्लोवल वाट गरिव, विपन्न परिवार र मजदुरहरुका लागि दैनिक रुपमा प्रदान गदै आएको भोजन सेवाका लागि रु.पन्ध्र हजार नगद सहयोग गर्नु भएको छ ।
चित्रकारले जेठ १ गते उक्त रकम पशुपति अन्नपुर्णा आश्रम संस्थालाई हस्तान्तरण गर्नु भएको हो । लामो समय देखि यस संस्थामा आवद्ध भएर चित्रकारले मानवीय सेवामा कार्य गदै आउनु भएको छ । संस्था माफर्त मानव कल्याणका लागि कार्य गर्नु पाएकोमा खुसि ब्यक्त गर्नु भएको छ ।
यसै गरि पशुपति अन्नपुर्णा आश्रम केन्द्रिय महासचिव प्रा.डा.इन्दिरा जोशिले संस्थाले गर्ने मानव सेवाका लागि दुई हजार रुपौया जम्मा गर्नु भएको छ । उक्त रकम मानवीय सेवा खर्च गरिने वताईएको छ ।
मानवीय सेवाका लागि आर्थिक सहयोग गर्नु हुने सबै ब्यक्तित्वहरु प्रति संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले धन्यवाद तथा आभार ब्यक्त गर्नु भएको छ ।