सुन्दर पुथा हिमाल

दिनेश खड्का

धौलागिरी हिमश्रृंखला अन्तर्गत पर्ने पुथा हिमाल रन्मामैकोट गा.वि.स.वडा नं.७ मा पर्दछ । करिव ६००० मिटर उचाई रहेको यो हिमालको भौगोलिक बनावट सिस्ने हिमाल भन्दा लामो र खुल्ला रुपमा फैलिएको छ । वाह्रै महिना हिउले ढाकिरहने यो हिमालमा सदावहार रूपमा करिव ४ फिट हिउँ जम्मा हुने हुनाले निकै आर्कषक मानिन्छ ।

यस हिमालको करिव ३५०० मिटर भन्दा मुनितिर वहुमुल्य जडीवुटिहरु पाईन्छ । हिमालको फेदीतिर ठूला–ठूला घाँसेमैदानहरू रहेका छन् । हिउदमा हिउले ढाक्ने यि घाँसे मैदान वर्षाको समयमा स–साना विरुवाहरू काई, लेउ जस्ता वनस्पतिहरू उम्रन्छन् ।

पुथा हिमाल

कम अक्सिजन दिने विरुवाहरूको वाहुल्यता भएकोले यस क्षेत्रमा अक्सिजनको मात्रा कम हुने गरेको छ । सेतो गुराँस, खर्सु, लईत, खोटेसल्ला आदि विरुवा तथा यार्सागुम्बा, दालचिनी, पाँचऔले, चिराईतो, जटामसी लगायतका जडीवुटिहरू यस हिमालका मुनितिर पाईन्छन् ।

उच्च हिमाली श्रृंखला
यो क्षेत्र भित्र पुथा हिउँचुलीदेखि सिस्ने हिमालसम्म साना ठूला आठ वटा हिमाल पर्दछन् । यसै क्षेत्रमा सुनदह, पुपाल दह पर्बिमीर्ण लगायतका साना तथा ठूला सयौं हिमतालहरू रहेका छन् ।

हिमनदी हिमझरनाहरू रहेको यस क्षेत्रमा नावर, झारल लगायत हिमचितुवा, रेडपाण्डा लगायतका जनावरहरू पाइन्छन् । यस क्षेत्रमा हजारौं थरीका प्राकृतिक बुकि फुल फुल्ने गर्दछ भने स्वास्थ्य पर्यटनका लागि पू ठाउँमा तातो पानीका मुहानहरू रहेका छन् ।

छुट्टै सांस्कृतिक पहिचान भएको मगर बस्ती रहेको दश गा.वि.स.हरू यही क्षेत्रमा पर्दछ भने ढोरपाटन भएर से–फोक्सोण्डो जाने पर्यटन मार्ग यही क्षेत्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *