सुन्दर स्यार्पुताल

दिनेश खड्का

रुकुम जिल्ला अन्तर्गत पर्ने स्यार्पु ताल बाँफिकोट गाउँ विकास समिति वडा नं. ३ र ७ मा अवस्थित छ । सदाबहार रूपमा नीलो पानीमा अटल भईरहने स्पार्पु ताल राप्ती अंञ्चलकै ठूलो ताल हो । जिल्लाको सदरमुकाम मुसिकोट खलंगाबाट करिब ५ कोष उत्तरमा तीन घण्टाको पैदल यात्रामा सजिलै पुग्न सकिने स्यार्पु ताल शान्त अनि सुन्दर वातावरण सुन्दर स्यार्पु तालको विशेषता हो ।
स्यार्पु तालको मुहान नजिक खारखोला छहरा, सिमईछहरी झरना लगायतका आकर्षक झरनाहरू रहेका छन ।

रुकुम जिल्लाकाे पर्यटकीय क्षेत्र स्यार्पु ताल

तालको उत्तरतिर रहेका पहाडमा नौ वटा धारामा विभाजित भई बग्ने स–साना झरनाहरू रहेका छन् । यी झरनाहरू धार्मिक तथा पर्यटकीय रूपमा समेत महत्वपूर्ण मानिन्छ । परापूर्व कालमा नौ बहिनी भगवतीहरुले स्नान गरेकाले नौ धारा भएको जनविश्वास गरिन्छ । चारैतिर परम्परागत रूपमा निर्माण गरिका स–साना घरहरू, तालको वरिपरि पैदल यात्रा गर्न सकिने गोरेटो बाटो निर्माण गरिएको छ भने पछिल्लो पटक स्यार्पु तालसम्म पुग्न सडक निर्माण गरिएको छ । सडक निर्माणपछि सदरमुकामबाट करिब ४५ मिनेटमा पुग्न सकिने छ ।

२.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालमा डुङगा विहार गर्न, कञ्चन जलाशयमा पौडी खेल्न सकिन्छ । सदरमुकामबाट सानी भेरी नदीको किनार भएर पैदल यात्रा गरिने यस तालमा माछा पाईनुका साथै मलेवा, सर्प, हास जस्ता जलचर प्राणीहरु पाईन्छन् ।

स्यार्पुताल भएर बगेको पानीबाट २५० किलोवाट विद्युत निकालिएको छ । यो रुकुम जिल्लाको पहिलो जलविद्युत आयोजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *