हंदाली गुफा

दिनेश खड्का

साँख गाउँ विकास समिति वडा नं. ७ मा पर्ने यो गुफा स–साना बुट्यान तथा झाडीहरूको वीचमा रहेको छ । सानोद्वार भएको यस गुफामा करिब ७०÷८० जना मानिसहरू एकै साथ सजिलै आवतजावत गर्न सकिन्छ ।

मूलद्वारबाट ५ मिटरको दुरी पारगरेपछि गुफाभित्रको फराकिलो ठाउँसम्म पुग्न सकिन्छ । अध्याँरो गुफा बाहिरी बनावट भिरालो भएपनि भित्रको भाग समथर रहेको छ । केही बर्ष अगाडिसम्म मानिसहरू यस गुफाभित्रभित्रै भएर डाडीगाउँ निस्किने गर्दथे ।

पछिल्ला समयमा यस गुफाको संरक्षण तथा मानिसहरूको आवतजावतको कमीले गर्दा गुफाको सुरुङी मार्गका केहि भाग पुरिईसकेको छ । तत्कालीन बाइसे र चौविसे राज्यको एकीकरणको समयमा जीवन रक्षाका लागि समेत यस गुफाको प्रयोग भएको स्थानीय जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *