हवाइ सेवा यात्रुमैत्री बन्नुपर्छ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाइ सेवा यात्रुमैत्री बन्नुपर्ने बताएका छन् ।

बुधबार हवाइ नीति २०७६ को मस्यौदा बुझ्दै मन्त्री भट्टराईले नीतिमा उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गरे । तर,  त्यसको साटो अराजकता र उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गरिने उल्लेख गरे ।

हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने जानकारी दिए ।

निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइएको भन्दै उनले हवाइ सुरक्षामा कुनै सम्झौता नगर्ने उल्लेख गरे । हवाई क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *