मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग

मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने माग मदिरा व्यवसायीहरुले गरेका छन् । नेपाल मदिरा ब्यबसायी महासंघले सरकारलाई ध्यार्नाकर्षण गराउदै मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन आग्रह गरेको छ ।

मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, निरन्तर ब्यावसाय वन्द भएपनि घरभाडा र बैकंको ब्याज तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी भएको, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षति पुग्ने लगायतका कारण तत्कालै मदिरा ब्यवसाय संचालन हुनु पर्ने माग नेपाल मदिरा ब्यबसायी महासंघको छ ।

मदिरा व्यवसाय बन्द हुँदा राज्य र ब्यावसायीलाई करोडौको क्षति पुगेको महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय तत्काल संचालन गर्दा राज्य र ब्यवसायीलाई नै फाईदा हुनेमा महासंघले जनाएको छ ।

कोरोना संकट वढेपछि विश्वका धेरैजसो देशहरुमा लगडाउन भएपनि मदिरा तथा मदिराजन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग ब्यबसायीहरुको छ ।

नेपाल मदिरा ब्यबसायी महासंघले महासंघका पदाधिकारीहरु, सल्लाहकार, कानुन ब्यबसायी लगायतका विभिन्न सरोकारवालसंगको छलफलपछि मदिरा ब्यबसाय संचालनका लागि आवश्यक वातावरण तयार गर्न सरकारसंग माग गरेको हो ।

नेपाल मदिरा ब्यबसायी महासंघको अगुवाईमा मदिरा ब्यबसाय संचालनका लागि औपचारिक ध्यार्नाकर्षण गर्न भोली जेठ ५ गते देशभरका ७७ वटै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ध्यार्नाकर्ष पत्र वुझाईने र जेठ ६ गते देखि स्थानीय सरकारसंग समन्वय गरि मदिरा ब्यबसाय संचालन गरिने नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो ।

नेपालमा मदिरा ब्यावसायवाट राज्यलाइ कुल २२ प्रतिशत राजस्व संकलन हुदै आएको छ । यो नै ब्यावसायीक क्षेत्रमा संकलन हुने उच्च राजस्व दर भएपनि सरकारले मदिरा ब्यावसाय संचालनमा वारम्वार असहजता र्सिजना गदै आईरहेको ब्यबसायीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *