चौरजहारी घटनाको तोडमरोड गर्न खोजेको भन्दै शाहको चिन्ता

नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जगं शाहले गत शनीवार चौरजहारीमा भएको हत्या तथा बेपत्ता पारिएको घटनालाई तोडमरोड गरि घटनामा संग्लन दोषिहरुलाई जोगाउन खोजीएको भन्दै दुख ब्यक्त गर्नु भएको छ ।

जातकै कारण कुनै समुदायको मान्छे मारिनु मानव सभ्यता माथिकै लज्जाको विषय भएकाले आगामी दिनहरुमा यस्ता घटनाहरु दोहरिन नदिन सबै सरोकारवाला निकायहरु लाग्नुको सट्टा घटनालाई राजनितक हस्तक्षेप गरि हत्यारा जोगाउनु खोज्नु निकै दुखद हो । शाहले भन्नु भयो घटनामा परि मृत्यु भएकाहरुको अवस्था हेर्दा हत्या गरेर फालिएको जस्तो देखिन्छ तर जिल्लावाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले घटनालाई तोडमरोडड गरि प्रहरीसंगको भिडन्तपछि नदिमा हामफालेर मृत्यु र वेपत्ता भएको भनि संसदमा कपोकल्पीत ब्याख्या गर्नु लाजमर्दो विषय हो ।

रुकुम जिल्ला चौरजहारी नगरपालिका ८ सोतीमा अन्तर्जा्तिय प्रेम सम्बन्धका कारण जाजरकोट जिल्ला भेरी नगरपालिका –४ रानागाउँका नवराज बि.क.,गणेश वुढा, लोकेन्द्र सुनमर, सन्जु वि.क.र चौरजहारी न.पा.१ का टिकारामा सुनार को बिभत्स रुपमा भएको हत्या र गोविन्द शाहि बेपत्ता भएको घटना मानवता विरोध भएकाले यसको सत्यतथ्य पत्ता लगाउन र घटनामा संग्लनलाई कानुनी दायरामा ल्याउन सबैले सहयोग गर्न पनि शाहको आग्रह छ ।

जातिय विभेदका आधारमा भएको सामुहिक ब्यक्ति हत्या जस्तो गम्भिर प्रकृतिको जघन्य अपराधमा संग्लनहरुलाई राजनितिक संरक्षणका आधारमा जोगाउन खोज्नु पनि मानवता विरोधी भएको भन्दै शाहले नाता र आस्थाका आधारमा अपराधी जोगाए दण्दहिता वढ्ने भएकाले यस तर्फ सबै सचेत हुनुपर्ने वताउनु भयो ।

जातिय विभेद गर्नु नेपालको संविधान अनुसार गैरकानुनी र मानवीय हिसावले कंलकित सामाजिक अपराधजन्य कार्य भएकाले जातिय हिसाव हुने कुनै पनि गैरकानुनी कार्य गर्ने कसैलाई पनि छुट नभएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषिलाई हदै सम्मको कानुनी कारवाहि र पिडित परिवारहरुलाई तत्काल राहत तथा क्षतिपुर्ति प्रदान गर्न तदारुपताका साथ लाग्न समेत शाहको अनुरोध छ ।

घटनाको वास्तविक छानविन गर्न संघिय, प्रदेश तथा स्थानीय सरकारका साथै अधिकारवादि संस्थाहरु राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग लगायतका निकायहरुमा आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *