पशुपति अन्नपुर्णा आश्रम बाट सहयोग बितरण

पशुपति अन्नपुर्णाा आश्रम संस्था प्रदेश नं ५ले प्रदेशका विभिन्न क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई पोषणयुक्त सामग्रीहरु वितरण गरेको छ । संस्थाले बुटवल उप–महानगरपालिकाको कान्ती मा.बिमा रहेको क्वारेन्टाईनका ५० जना ब्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्नेे पोषणयुक्त खानेकुरा बितरण गरेको हो ।

प्रति ब्यक्ति ५०० ग्रामको च्यबनप्रास ,फलफुल लगायतका सामग्रीहरु वितरण गरिएको प्रदेशका प्रमुख कृष्णप्रसाद नेपालले वताउनु भयो । केशव खरालको संयोजनमा कतारमा रहनु भएका नेपालीहरुको आर्थिक सहयोगमा उक्त स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना नियन्त्रण लागि विभिन्न सचेतना मुलक कार्यक्रम गदै आएको यस संस्थाले आगामी दिनहरुमा मानवीय सेवाका थप कार्य गर्न योजना भैरहेको प्रदेश प्रमुख नेपालको भनाई छ ।

स्वास्थ्य सामग्री वितरण गदै प्रदेश प्रमुख नेपालले क्वारेन्टाईनमा बस्नु भएका सबै ब्यक्तिहरुलाई उच्च आत्मबलका साथ धैर्यता पुर्बक बस्नु हुन समेत आग्रह गदै अन्य थप कुनै सहयोग आवश्यक भएमा तत्काल संस्थाले थप मानवीय सेवा गर्ने समेत वताउनु भयो । उहाँले भन्नु भयो अहिले मानवजातिमा जटिल स्वास्थ्य समस्या आएकाले सबैले मानव कल्याणका लागि आवश्यक कार्य गर्नु पर्ने भएकाले सबैले आ आफ्नोे ठाउँवाट सक्दो योगदान गर्नु पर्दछ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उप प्रमुख गुमादेबी आचार्य, पशुपति अन्नपुर्णाा आश्रम प्रदेश नं.५ का कोषाध्यक्ष टिकाराम पन्थी, योग तथा प्राकृतिक चिकित्सा समिति प्रदेश संयोजक बिष्णुहरि आचार्य , आश्रमका रुपन्देहि जिल्ला सचिब यदुमणि पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *