वलिप्रथाको अन्त्य गर्न पशुपति अन्नपुर्णा आश्रम संस्थाले पहल गर्ने
श्री पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा हामी नेपाली ग्लोवल(सयुक्त राज्य अमेरिका)का प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश बैद्यले वलि प्रथा अन्त्यका लागि पहल गरिने वताउनु भएको छ ।
शान्त र समुनत समाज निर्माणका लागि हिंसामुक्त वनाउन सर्वप्रथम वलि प्रथाको अन्त्य हुनु पर्ने कुरामा जोड दिदै अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.बैद्यले वलि प्रथाले कसैको हित नहुने वताउनु भयो । मानव शरिरको संरचना र स्वभावका आधारमा पनि हिंसात्म प्राणी नभएकाले मासु खानु स्वास्थ्यका लागि समेत राम्रो नभएको उहाँले वताउनु भयो । मासु मानव स्वास्थ्यका लागि अनकुल नहुने जनस्वास्थ्य विज्ञहरुको भनाई छ । मानिसमा रोग लाग्ने मुख्य कारणहरु मध्ये मासु पनि एक कारण भएको विज्ञहरुको जोड छ ।
पछिल्ला केहि वर्ष देखि महामारीका रुपमा देखिएका कयौ रोगहरु मासुको प्रयोगका कारण लाग्ने गरेको विभिन्न अनुसन्धानवाट देखिएको छ । केहि महिना देखि विश्व ब्यापी महामारीका रुपमा फैलिएको कोविड १९( कोरोना) संक्रमन पनि जंगली जनावरको मासुको प्रयोगका कारण मानिसमा लागेको वताइन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि मानव स्वास्थ्यका लागि मासुको प्रयोग प्रतिकुल हुने भन्दै विश्व ब्यापी रुपमै मासुको कारोवारमा कडाई गर्न विश्वब्यापी रुपमा अपिल गरेको छ ।
नेपालका विभिन्न मासु पसलहरुमा कोरोनाको संक्रमन देखिए पछि मासुको प्रयोग जोखिमपुर्ण भएको छ । मासुको कम प्रयोगवाट वातावरणीय उर्जा खपत र मानव स्वास्थ्यका लागि समेत रचनात्मक परिर्वतन आउने विज्ञहरुको भनाई रहेको छ ।
मानव सेवा र मानवीय विकासका लागि विभिन्न सेवामुलक कार्य गदै आई रहेको पशुपति अन्नपुर्णा आश्रम संस्थाले हिसां मुक्त समाज निर्माणका लागि पहिलो कार्य वलि प्रथाको अन्त्य हुनु पर्ने कुरामा जोड दिदै आएको छ । सबै प्राणी जगतको भलाईका लागि धार्मिक तथा सामाजिकरुपमा हुने सवै प्रकारका वलि प्रथाहरुको अन्त्य हुनुपर्दछ । यस संस्थाले विगत केहि वर्ष देखि सामाजिक तथा साँस्कृतिक विकासका लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गदै आएको छ ।
नेपालका सातै प्रदेश, ७७ वटै जिल्ला र विश्वका विभिन्न मुलुकहरुमा संस्थागत संरचना भएको यस संस्थाले गरिव तथा विपन्न परिवारहरुका लागि निःशुल्क भोजन तथा खाध्यान्न, लत्ताकपडा, विभिन्न विद्यालय र गुरुकुलहरुलाई शैक्षिक सामग्रीहरु, साँस्कृतिक सम्पदाको संरक्षणका लागि देवीहरुका मुर्ति तथा पञ्चधातुको घण्ट समेत वितरण गदै आएको छ भने सन्तुलित र रचनात्मक जिवनशैलीका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु समेत संचालन गदै आएको छ ।