७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ – नेपालमा सोमबार थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ७४३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
अहिले देशका विभिन्न आइसोलेसनमा १३ हजार ७ सय १५ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा १ सय ७५ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५७ जना रहेको छ । सोमबार पीसीआर विधिबाट १० हजार २ सय ३३ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ६ लाख १० हजार ४ सय ६९ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन ।