काेराेना जितेर घर जानेकाे संख्या १ सय ५

कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । याे सगै नेपालमा काेराेना जितेर घर फर्कनेकाे संख्या १ सय ५ पुगेको छ । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।

अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्जमहानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *