एकन्तवासको बारेमा के भन्छ हाम्रो पुराण ? जरुरी छ जीवनमा ?

कोरोना भाइरसको संक्रमण भएको अवस्थामा आइसोलेसनमा बस्नु नै अहिलेको एकमात्र उपचार हो । अरु व्यक्ति र वस्तुबाट अलग रहेर बस्ने प्रक्रिया हो यो । यही अवस्थामा लक्षण अनुसारको उपचारात्मक विधी अपनाएर कोरोना भाइरसको संक्रमणबाट धेरैजना मुक्त भइसकेका छन् ।

आइसोलेसन अर्थात एकान्तवास । चिकित्सा विज्ञानले अपनाएको अहिले अपनाइरहेको यो विधी हाम्रो समाजमा सदियौंअघि पनि प्रचलनमा थियो ।

अहिले जसरी हाम्रा पूर्खाहरु एकान्तवासमा बस्ने गर्थे । पुराणहरुमा पनि एकान्तवासको महत्व बताइएको छ । तर, यो स्वेच्छिक हुनुपर्छ । अर्थात व्यक्तिले आफ्नो इच्छाले एकान्तवास बस्छन् भने त्यो सुखदायी हुन्छ ।

प्राचिनकालमा यस्तो परिपाटी थियो कि जब घर परिवारको दायित्व पुरा गरिसकेछि, बालबच्चालाई शिक्षादिक्षा दिइसकेपछि घरको कार्यबाट निवृत्त हुन्थे, तब मानिसहरु वानप्रस्थ आश्रममा जान्थे । अर्थात जंगलमा गएर एक्लै बस्न र रमाउथे ।

एकन्तको अर्थ

एकान्तवासको अर्थ एक्लै बस्नु वा एक्लै रहनु भन्ने हो । यसको गहिरो अर्थ के छ भने, जब एकको पनि अन्त्य हुन्छ तब घटित हुन्छ एकान्त । तपाईं घरमा पनि एक्लो रहन सक्नुहुन्छ । घरबाहिर जंगल, खोला, पहाडमा पनि एक्लो रहन सक्नुहुन्छ । एक गृहस्थी सन्यासीका लागि पनि एकान्तको आवश्यक हुन्छ ।

एकन्तको लाभ

एकान्तवासको फाइदा भनेको सबैबाट विच्छेद भएर आफैभित्र प्रवेश गर्नु हो । आफैसँग सम्बाद गर्ने अनुकुलता मिलाउनु हो । भीडबाट अलग भएर मान्छेले आफैसँग भेटघाट गर्छ । तनावग्रस्त एवं धपेडीको जीवनबाट विश्राम लिएर आफ्नो जीवनको समीक्षा गर्न सकिन्छ ।

एकान्तवासमा रहेर मान्छेले आफैलाई नियाल्छन् । आफ्ना पाँच इन्द्रियको तृष्णालाई बुझेर मोक्ष प्राप्तिका लागि पहल गर्छन् ।  पहिलो एकान्तमा आफैलाई सोध्ने, बुझ्ने । त्यसपछि सक्षम बन्ने । अनिमात्र संसारमा प्रवेश गर्ने ।

एकान्त र एक्लोपनमा फरक छ । एकान्तमा हामी आफैसँग हुन्छौं । तर, जो व्यक्ति एकान्तमा रहँदा पनि भिडबाट मुक्त रहँदैनन्, उनीहरुले एकान्त बस्नेको अवसर गुमाउँछन् । दिमागमा भिड बोकेर हिँड्ने मान्छेले आफैमा भने एक्लोपन महसुष गर्छन् ।

इोगी युञ्जीत सततमात्मानं रहसि स्थितः

एकाकी यतचित्तात्मा निराशीरपरिग्रह :

अर्थात मन र इन्द्रिय सहित शरीरलाई वशमा राख्ने, आशारहित र संग्रहरहित योगी एक्लै एकान्त स्थानमा स्थित भएर आत्मलाई निरन्तर परात्मामा लगाउँछन् ।

एकान्तमा जन्मन्छ सिर्जना

महान विचारक, दार्शनिक, वैज्ञानिक, साहित्यकार, राजनेता आदिले एकान्तमा रहेर नै विश्व वदल्ने शिद्धान्त, सूत्र र आविष्कार गरे । एकान्तमै मस्तिष्क बढी क्रियासिल र सिर्जनशिल हुन्छ ।

तीर्थाटन

कतिपय एकान्तके लागि एक्लै तीर्थ यात्रामा निस्कने गर्छन् । केही हप्ता वा महिना घरबाहिर एक्लै रहन्छन् । दैनिक घर व्यवहार, धपेडी, संघर्ष, तनाव आदिबाट मुक्त भएर एक्लो जीवनको आनन्द लिन्छन् ।

वनवास

प्राचिन कालमा मानिसहरु आफ्नो सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएर जंगल जाने गर्थे, खासगरी आध्यात्मिक उन्नतीका लागि । चार आश्रममा एक वानप्रस्थ आश्रमपछि नै सन्यास आश्रम ग्रहण गर्थे ।

सूतक

प्राचिन कालमा सूतकको क्रममा मान्छेहरु एकान्तमा बस्थे । जन्मकाल, ग्रहण काल, स्त्रीका मासिक धर्मका काल, महामारी र मरण काललाई सुतक भनिन्छ । सबै कालमा सुतको दिन र समय निर्धारण अलग अलग हुन्छ ।

कल्पवास

नदि किनार आदि क्षेत्रमा छुटै कुटी वा आश्रम बनाएर बस्ने प्रचलन सदियौंअघिको हो । यस्तो अवस्थामा दिनमा एक पटक मात्र भोजन गर्ने गरिन्छ । मानसिक रुपले धैर्य, अहिंसा र भक्तिभावपूर्ण रहनुपर्छ ।

यस सांसरिक तपबाट मुक्ति, उत्कृष्ट स्वास्थ्य, मनोकमाना पूर्ति र आध्यात्मिक उन्नतीका लािग एकान्तवासको महत्व छ ।

(अनलाइन वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *