प्रजातान्त्रिक सम्पर्क महासंघको प्रदेश संयोजक नियुक्त

नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको शनिवार वसेको केन्द्रिय कार्यसमितिकाे वैठकले विभिन्न प्रदेशहरुमा प्रदेश संयोजकहरुको मनोनित गरेको छ । महासंघको विधान वमोजिम संस्थागत संरचना विस्तार गर्न बैठकले पहिलो चरणमा प्रदेश नं.२ को संयोजकमा सम्भु यादव, प्रदेश न.४ को संयोजकमा भरत शर्मा, प्रदेश नं. ५ को संयोजकमा चित्र के.सी. र प्रदेश न ७ को संयोजकमा गोविन्दराम परियारलाई मनोनित गरिएको संस्थाका महासचिव भक्तराज भुसालले वताउनु भयो ।

महासंघले वाँकि रहेका अन्य प्रदेश तथा जिल्लाहरुमा संयोजकहरुको मनोनित गरि संस्थागत कामहरु विस्तार गरिने जनाएको छ । प्रजातान्त्रिक सम्पर्क महासंघको केन्द्रिय कार्य समिति अन्तर्गत विभिन्न समन्वय समितिहरु रहेका छन । महासंघ अन्तर्गत रहेका समन्वय समितिहरुमा नेपाल बैंक वित्तीय, विमा समन्वय समिति, नेपाल वुद्धिजीवी समन्वय समिति, नेपाल उद्योग वाणिज्य समन्वय समिति, नेपाल लोकतान्त्रिक ईन्भेष्टर फोरम समन्वय समिति, नेपाल सहकारी अनुसन्धान तथा अध्ययन समन्वय समिति, लोकतन्त्र अध्ययन तथा अनुसन्धान समन्वय समित, नेपाल ब्यबस्थापन तथा विकास समिति रहेका छन । केन्द्रिय कार्य समिति अन्तर्गत रहेका समन्वय समितिहरुले पुर्णता पाईसकेको भएपनि प्रदेश तथा जिल्ला स्तरमा संगठन विस्तारको काम भैरहेको छ ।

लोकतान्त्रिक मुल्य, मान्यता एवं आस्था र विचारमा विश्वास गर्ने यस संस्थाले लोकतान्त्रिक विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गदै आएको छ । महासंघको विधान वमोजिम प्रदेश कार्यसमिति गठनको प्रकृयामा रहेकाले चाडै वाँकि प्रदेश र जिल्लाहरुमा संगठन विस्तार गरि कार्य संचालन गरिने महासचिव भुसालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *