हिरो अवार्डवाट नेपालका समाजसेवी हरिचन्द्र सम्मानित
पशुपति अन्नपुर्णा आश्रम संस्था कर्णली प्रदेश का प्रदेश प्रमुख तथा समाजसेवी हरिचन्द्र बराल हामी नेपाली ग्लोवल (सयुक्त राज्य अमेरिका)वाट हिरो अवार्ड २०२० वाट सम्मानित हुनु भएको छ ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि समुदाय स्तरमा रहि मानवीय सहायता, राहत, उद्धार र जनचेतनाका लागि महत्वपुर्ण योगदान गर्ने ब्यक्तिहरु मध्ये बाट मानवीय सहयोग र सहकार्यका लागि गरिएका विभिन्न गतिविधीहरुको मुल्याङन गरि उक्त अवार्ड समाजसेवी बराल लाई प्रदान गरिएको हामी नेपाली ग्लोवल केन्द्रिय अध्यक्ष अमृत लामाले वताउनु भयो ।

कोविड १९ (कोरोना ) निन्त्रणमा योगदान गर्ने विभिन्न ब्यक्तिहरु लाई यो सम्मान प्रदान गरिने योजना अनुसार विकट तथा दुर्गम क्षेत्रमा रहेर कोरोना प्रभावित क्षेत्रमा राहत र सचेतनाका लागि बरालले गर्नु भएको योगदानको उच्च सम्मान गदै उक्त अर्वाड प्रदान गरिएको हो ।
पशुपति अन्नपुर्णा आश्रम संस्था कर्णली प्रदेश का प्रदेश प्रमुख तथा समाजसेवी बरालले कोविड १९ (कोरोना) प्रभावितका लागि राहत सामग्रीहरुको ब्यबस्थापन तथा रोग नियन्त्रणका लागि सचेतनामुलक कार्य गदै आउनु भएको छ ।
लामो समय शिक्षण पेशमा रहि सरकारी सेवा वाट निवृत्त हुनु भएका बराल वि.स. २०१५ सालमा कालिकोट जिल्ला अन्र्तगत पर्ने रास्कोट नगरपालिका वडा न.ं ८ पाटेडिलमा जन्मनु भएको हो ।
समग्र कर्णली प्रदेशलाई कार्यक्षेत्र बनाएर कर्णाली क्षेत्रको मौलिक संसकार, संस्कृति र यहाँका पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन र प्रर्वधनका लागि विभिन्न कार्यहरु गदै आउनु भएको छ ।
लामो समय देखि शिक्षण पेशामा रहदा कर्णाली तथा सुदुरपश्चिम क्षेत्रको शैक्षिक विकासमा समेत महत्वपुर्ण योगदान गर्नु भएको थियो । यस क्षेत्रका विभिन्न विद्यालयहरुमा प्रध्यानाध्यापकका रुपमा क्रियाशिल भएर विद्यालयको भौतिक तथा शैक्षिक गुनस्तर वद्धिका लागि विभिन्न शैक्षिक कार्यक्रम समेत संचालन गर्नु भएको थियो ।
शिक्षण पेशामा रहदा उहाँले पेशागत हक, हित र अधिकारका लागि पनि उत्तैकै योगदान गर्नु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षका रुपमा दुर्गम क्षेत्रका पेशगत सुरक्षा र दिगो शैक्षिक विकासका लागि समेत सक्रियताका साथ कार्य गर्नु भएको थियो ।
विकट तथा दुर्गम क्षेत्रमा रहेका गरिव, विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि विभिन्न निकायहरुमा पहल गर्नुका साथै आफ्नै पारिश्रमिकवाट समेत पठनपाठनका लागि योगदान गर्नु भएको थियो ।
उहाँले विकट तथा दुर्गम क्षेत्रको शैक्षिक विकास र मानवीय सेवामा पु¥याउनु भएको योगदानको उच्च कदर गदै सरकारी तथा गैरसरकारी निकायहरुवाट सम्मानित समेत भैसक्नु भएको छ ।
गरिवि र विपन्न विद्यार्थीहरुका लागि उहाँले गरेको योगदानको अहिले पनि यस क्षेत्रका स्थानीयहरु उच्च सम्मान गदै आएका छन । उहाँ सरकारी सेवा वाट अवकास भएसंगै सामाजिक सेवामा सक्रियताका साथ लाग्नु भएको छ ।
विभिन्न समयमा उहाँले निवृत्तभरण वाफत प्राप्त रकमवाट पनि गरिव तथा विपन्न परिवारका लागि आर्थिक तथा खाद्यन्न सहयोग गर्नु भएको थियो । पछिल्ला केहि महिना देखि भएको लगडाउनका कारण काठमान्डौमा रहेका कर्णाली लगायतका विकट तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुका लागि समेत खाद्यान्न सहयोग गदै आउनु भएको छ ।
इमान्दार, सरल र सहज स्वभावका बराल सबैका लागि प्रिय हुनुहुन्छ । निः स्वार्थरुपमा मानवीय सेवामा सधै क्रियाशिल हुने उहाँले अवार्ड पाएपछि आफुलाई थप सामाजीक कार्यमा क्रियाशिल हुन उत्प्रेरित वनाएकोे वताउनु हुन्छ ।
उहाँले आगामी दिनमा सरकारी सुविधा वाफत प्राप्त हुने रकमवाट कर्णाली क्षेत्रको विकासमा खर्च गरिने वताउनु भएको छ ।
यसै गरि अन्नपुर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवल (सयुक्त राज्य अमेरिका) का प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले कोरोना संक्रमण रोगथाममा सहयोग गर्न र मानवीय सेवामा सक्रिय हुने ब्यक्तिहरुलाई यो अवार्डले थप उत्साहित वनाउने वताउनु भयो ।