ब्रत एवं उपवास : कसरी मिल्छ लाभ ?

दिनभर घरमै बस्नुपर्ने । शारीरिक काम गर्नु नपरेको अवस्थामा वा शारीरिक गतिविधि कम भएको बेला ब्रतको अभ्यास गर्न सकिन्छ । त्यसो त यो मौसममा ब्रत बस्नका लागि अनुकुल पनि मानिन्छ । उपवासको सामान्य अर्थ खाना नखाइ बस्नु हो । पाचन यन्त्रलाई विश्राम दिनु हो । यद्यपि ब्रतको विधी र प्रक्रिया एकमात्र छैन ।

शास्त्रहरुमा ४ प्रकारका व्रत तथा १३ प्रकारको ब्रतबारे चर्चा गरेको पाइन्छ । धेरै योगीहरुले आफ्नो तपको सुरुवात् पनि ब्रतबाटै गरेको पाइन्छ ।

शास्त्रिय मन्यता अुनसार संकल्पद्वारा गरिएको कर्मलाई ब्रत भनिन्छ । निश्चित संकल्प गरेर दिनभर अन्न वा जलको त्याग वा अन्य किसिमको भोजन वा यी सबैका त्यागलाई नै ब्रत भनिन्छ । यो एक हिसाबले साधना पनि हो । त्याग पनि हो ।

 व्रतको प्रकार

वेद तथा पुराणमा उल्लेख भए अनुसार उपवासको केही प्रकार छन् । सूर्य तथा चन्द्रको तिथि अनुसार ब्रतको विविधता हुनेगर्छ । यद्यपी, सबै प्रकारको ब्रतलाई मुख्यत तीन भागमा विभाजन गर्न सकिन्छ, र उपवासलाई १३ प्रकारमा विभाजन गर्न सकिन्छ ।

व्रतको तीन प्रकारमा नित्य, नैमित्तिक तथा काम्य पर्दछ ।

नित्य व्रत

नित्य व्रत त्यसलाई भनिन्छ, जसमा भक्ति तथा आचरणमा बल दिने गरिन्छ । जस्तै, सत्य बोल्नु, नरिसाउनु , अश्लिल शब्दको प्रयोग नगर्नु, अरुको निन्दा नगर्नु, प्रतिदिन ईश्वर भक्तिको संकल्प गर्नु आदि । यसको पालना नगर्नाले मानिस दोषी मानिन्छ ।

नैमित्तिक व्रत

नैमित्तिक व्रत त्यसलाई भनिन्छ, जसमा पापबाट छुटकारा पाइने तथा दुखबाट छुटकारा पाइने विधान हुन्छ । अन्य प्रकारका निमित्तको उपस्थितिमा चन्द्रायान प्रभृति, तिथि विशेषमा यस्ता व्रत जुन गरिन्छ, त्यसलाई नैमित्तिक व्रत भन्ने गरिन्छ ।

काम्य व्रत

कुुनै कामना परा गर्नका लागि व्रत गरिन्छ भने त्यसलाई काम्य व्रत भन्ने गरिन्छ । सन्तान प्राप्ती, धन–समृद्धि प्राप्तीका लागि यदी कुनै व्रत गरिन्छ भने त्यसलाई  काम्य व्रत भन्ने गरिन्छ ।

उपवासका प्रकार

उपवासको विभिन्न प्रकार हुन्छ । प्रातः उपवास, अद्धोपवास, एकाहारोपवास, रसोपवास, फलोपवास, दुग्धोपवास, तक्रोपवास, पूर्णोपवास, साप्ताहिक उपवास, लघु उपवास, कठोर उपवास, टूटे उपवास, दीर्घ उपवास  ।

प्रातः उपवासः यस उपवासमा सिर्फ विहानको नाश्ता गरिदैन र विहान र साझ सिर्फ दुई पटक मात्र भोजन गरिन्छ ।

अद्धोपवासः यस उपवासलाई साझको उपवास भन्ने गरिन्छ । यस उपवासमा दिनमा केवल एक पटकमात्र भोजन गर्न सकिन्छ । यस उपवासमा रातीमा भोजन गर्न हुदैन ।

 एकाहारोपवासः एकाहारोपवासमा एक समयमा एउटा चीजमात्र खान सकिन्छ । जस्तै, यदी विहानमा रोटी खाइन्छ भने साझमा सिर्फ तरकारी खान सकिन्छ । त्यस्त दोश्रो दिन विहान कुनै फल त बेलुकी सिर्फ दूधमात्र इत्यादी  ।

रसोपवासः यस उपवासमा अन्न तथा फल जस्ता भारी पदार्थको सेवन गरिदैन। केवल रस भएको फलको रस तथा सागसब्जीको जुस मात्रै खान सकिन्छ । यस उपवासमा दूध पिउन समेत मनाही छ, किनकी दूधलाई ठोश आहारका पमा लिइन्छ ।

फलोपवासः केही दिनका लागि रसयुक्त फलफुल तथा तरकारीमात्र सेवन गर्नुलाई फलोपवास भन्ने गरिन्छ । यस उपवासमा यदी फलफुल नपाएको खण्डमा सिर्फ पाकेको तरकारी मात्र सेवन गर्न सकिन्छ ।

दुग्धोपवासः दुग्धोपवासलाई ‘दुग्ध कल्प’ पनि भन्ने गरिन्छ । यस उपवासमा दिनमा ४–५ पटक सिर्फ दूधमात्र सेवन गर्न सकिन्छ ।

तक्रोपवासः तक्रोपवासमा ‘मठाकल्प’ पनि भन्ने गरिन्छ । यस उपवासमा जुन मठा लिइन्छ, त्यसमा घ्यु तथा अमिलोपन कम हुनुपर्छ । यस उपवास कम्तीमा दुई महिनासम्म आरामले लिन सकिन्छ ।

पूर्णोपवासः सिर्फ पानीको अलावा अन्य कुनै पनि भोजनको सेवन नगर्नुलाई पूर्णोपवास भन्ने गरिन्छ । यस उपवासमा उपवास सम्बन्धी सबै नियम पु¥याउन जरुरी छ ।

साप्ताहिक उपवासः पूरै सातामा केवल एक पटक पूर्णोपवास नियमद्धारा उपवास गर्नुलाई साप्ताहकि उपवास भनिन्छ ।

लघु उपवासः तीन दिन देखि सात दिनसम्म गरिने पूर्णोपवासलाई लघु उपवास भन्ने गरिन्छ ।

कठोर उपवासः जो मानिसहरुलाई भयानक रोग लागेको छ, उनीहरुका लागि कठोर उपवास निकै लाभदायक मानिन्छ । यस उपवासमा पूर्णोपवास सम्बन्धी सबै नियम कडाईका साथ लागु गरिन्छ ।

 टूटे उपवासः यस उपवासमा २ देखि ७ दिनसम्म पूर्णोपवास गरेपश्चात्त केही दिन हल्का प्राकृतिक भोजनमा रहेर पुनः उक्त उपवासलाई त्यति नै दिनसम्मका लागि जारी राखिन्छ । यसमा उपवास बस्ने तथा भोजन गर्ने क्रम त्यसरी नै चलिरहन्छ जबसम्मकी उपवास राख्नुको उद्देश्य पुरा हुँदैन ।

दीर्घ उपवास : दीर्घ उपवासमा पूर्णोपवास धेरै दिनसम्म गर्न जरुरी छ । यसमा समय निश्चित हुदैन, यो जति दिनसम्म पनि रहन सक्दछ ।  यसमा २१ दिनदेखि ५०–६० दिनसम्म पनि लाग्न सक्छ। यो उपवास त्यतिबेलामात्र तोडिन्छ, जतिबेला स्वभाविक रुपमा भोक लाग्न थाल्छ । वा शरीरका सम्पूर्ण विषादी पचिसकेपछि जब शरीरको सम्पूर्ण अवशेष पच्ने सम्भावना रहन्छ ।

उपवासको लाभ

उपवासले पाचन यन्त्रलाई विश्राम मिल्छ । शरीरका विकार बाहिर निकाल्छ । शरीरलाई शुद्धिकरण गर्छ र बलियो बनाउँछ । सामान्य स्वास्थ्य लाभका लागि उपवास निकै उपयोगी हुन्छ । तप, साधना मोक्ष तथा सिद्धी प्राप्तीको लागि पनि उपवास बस्ने गर्छन् ।

यद्यपि उपवास बसिरहँदा त्यसबाट कस्तो लाभ मिल्छ र के कस्ता विधीहरु पालना गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *