मदिरा ब्यावसायी महासंघले केन्द्रिय तथा प्रदेश कार्य समितिको विमा गरिदिने

नेपाल मदिरा ब्यबसायी महासंघले केन्द्रिय कार्यसमिति, सल्लाहकार तथा प्रदेश कार्य समितिका सदस्य तथा पदाधिकारीहरुको निःशुल्क कोरोना विमा गरिदिने भएको छ । पहिलो चरणमा केन्द्रिय तथा प्रदेश कार्य समितिका सदस्य तथा पदाधिकारीहरुका लागि एक लाख वरावरको विमा गरिन लागेको महासंघले जनाएको छ ।

कोरोनाको जोखिम वढेसंगै ब्यावसायीक क्षेत्रमा देखिएका समस्याहरुको समधान गर्न महासंघले विभिन्न कार्यक्रम गरि पहल गदै आएको छ । कोरोना संक्रमनवाट वच्न तोकिएका आवश्यक मापदण्ड पुरा गरेर मात्र ब्यबसाय संचालन गर्न महासंघले सबै मदिरा ब्यबसायीहरुलाई अनुरोध समेत गरेको छ ।

कोरोना संक्रमन पछि लामो समयसम्म भएको लगडाउनको समयमा काठमान्डौ, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरुमा दैनिक गुर्जरा चलाउन समस्या भएका गरिव, विपन्न तथा मजदुर परिवारहरुका लागि विभिन्न राहात तथा उद्धार सामग्रीहरु समेत वितरण गरेको थियो ।

आफु सुरक्षित भएर ब्यावसायीक सेवा प्रदान गर्न र कोरोना संक्रमनका विरुद्ध उच्च मनोवल कायम गर्न पहिलो चरणमा केन्द्रिय कार्य समिति, सल्लाहकार र प्रदेश समितिका सदस्य तथा पदाधिकारीहरुको विमा गर्न लागिएको महासंघका अध्यक्ष सोनाम शेपाले वताउनु भयो । उहाँले भन्नु भयो लगडाउनका समयमा मानवीय सेवाका लागि विभिन्न राहात तथा उद्धार सामग्रीहरु वितरण गरिएको थियो अव संक्रमनवाट वच्न आवश्यक सुरक्षा प्रवन्ध मिलाएर ब्यावसाय संचालन गर्न सबै ब्यावसायीहरु संग अनुरोध पनि गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *