व्यवसाय संचालनको पहल गरिदिन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा

मदिरा व्यवसाय संचालन गर्न आवश्यक पहल गरिदिन नेपाल मदिरा ब्यावसायी महासंघले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगडसंग अनुरोध गरेको छ । लामो समय देखिको लगडाउनका कारण ब्यबसायीक क्षेत्रमा देखिएको समस्याको दिगो समधानका लागि आवश्यक पहल गरिदिन मन्त्रालयमा ज्ञापनपत्र वुझाइएकाे नेपाल मदिरा ब्यावसायी महासंघले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा महासंघका पदाधिकारीहरु

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्रि तथा राज्यमन्त्रीलाई ज्ञापनपत्र वुझाउदै मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष सोनाम शर्पाको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा ब्यावसायीहरुका समस्या वारे समेत छलफल गरिएको थियो

लामो समय देखि मदिरा ब्यावसाय वन्द हुदा मदिराको अवैध कारोवारो वढेसंगै सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, निरन्तर ब्यावसाय वन्द भएपनि घरभाडा र बैकंको ब्याज तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी भएको, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षति पुग्ने लगायतका कारण तत्कालै मदिरा ब्यवसाय संचालन हुनु पर्ने माग सहित नेपाल मदिरा ब्यबसायी महासंघको अगुवाईमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा ज्ञापनपत्र वुझाईएको महासंघका अध्यक्ष सोनाम शर्पाले वताउनु भयो ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा महासंघका पदाधिकारीहरु

मदिरा व्यवसाय बन्द हुँदा राज्य र ब्यावसायीलाई करोडौको क्षति पुगेको महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय तत्काल संचालन गर्दा राज्य र ब्यवसायीलाई नै फाईदा हुनेमा महासंघले जनाएको छ ।

कोरोना संकट वढेपछि विश्वका धेरैजसो देशहरुमा लगडाउन भएपनि मदिरा तथा मदिराजन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग ब्यबसायीहरुको छ ।

यस अघि ब्यावसाय संचालनका लागि आवश्यक पहल गरिदिन महासंघले गृह मन्त्रालय र प्रदेश तथा जिल्ला संघहरुले देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र वुझाई सकेको छन । मदिरा ब्यावसाय संचालन र ब्यावसायीहरुका समस्या वारे नेपाल मदिरा ब्यावसायी महासंघ निरन्तर रुपमा पहल गरिरहेको छ ।

सरकारी निकायहरुवाट सकारात्मक प्रतिक्रया आएपनि निर्वाद रुपमा ब्यवसाय संचालनको वातावरण तयार भएको छैन । सबै निकायहरुसंग छलफल भैरहेकाले केहि दिनमै ब्यावसाय संचालन हुने महासंघको विश्वास छ ।

आजको छलफल सकारात्मक भएको महासंघको भनाई छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगडसंगको भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष रुपक अर्याल, प्रदेश नं. ३ का अध्यक्ष मदन गौतम लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *