कर तिर्नका लागि म्याद थप्न मदिरा व्यवसायी महासंघको माग

लामो समय देखिको लगडाउनका कारण ब्यावसायीक क्षेत्र धरासयी भएकाले तत्काल कर तिर्न नसकिने भन्दै कर तिर्न समय सिमा वढाउन मदिरा व्यवसायीहरुले माग गरेका छन । नेपाल मदिरा ब्यबसायी महासंघले आन्तरिक राजस्व विभागमा ध्यार्नाकर्षण गराउदै तत्काल कर तिर्न नसकिने भएकाले म्याद थप गर्न सरकारसंग माग गरेको हो ।

नेपाल मदिरा ब्यावसायी महासंघको नेतृत्वमा मदिरा ब्यावसायी संघ काठमान्डौ, ललितपुर, भक्तपुर र मदिरा संघ ३ नं. प्रदेशका सहभागि प्रतिनिधिहरुले मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन पनि आन्तरिक राजस्व विभाग संग आग्रह गरेका छन । महासंघले ब्यावसाय संचालनमा आएपछि मात्र कर तिर्न सकिने भएकाले तत्काल ब्यावसाय संचालनका लागि आन्तरिक राजस्व विभागले आवश्यक पहल गर्नु पर्ने जनाएको छ ।

लामो समय देखिको लगडाउन संगै मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, निरन्तर ब्यावसाय वन्द भएपनि घरभाडा र बैकंको ब्याज तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी भएको, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षति पुग्ने लगायतका कारण तत्कालै मदिरा ब्यवसाय संचालन हुनु पर्ने माग नेपाल मदिरा ब्यबसायी महासंघले गदै आएको छ ।

मदिरा व्यवसाय बन्द हुँदा राज्य र ब्यावसायीलाई करोडौको क्षति पुगेको महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय तत्काल संचालन गर्दा राज्य र ब्यवसायीलाई नै फाईदा हुने भएकाले राजस्व विभागले ब्यावसाय संचालनका लागि आवश्यक सहयोग गरिदिन महासंघले अनुरोध गरेको छ ।

कोरोना संकट वढेपछि विश्वका धेरैजसो देशहरुमा लगडाउन भएपनि मदिरा तथा मदिराजन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग ब्यबसायीहरुले गदै आएका छन ।

लगडाउनका कारण घरवाट निस्कने अवस्था छैन । ब्यावसायीक कारोवार नभएको महिनौं भैसक्यो । आर्थिक अभावले ब्यावसायीक क्षेत्र प्रभावित भएको अवस्थामा राज्यले ब्यावसायीक सहयोगका लागि विशेष सौलियतका विभिन्न कार्यक्रम ल्याउनुको सट्टामा जसरी भएपनि जेठ २५ गते भित्र कर तिर्न दवाब दिनु दुखद भएको मदिरा ब्यावसायीक महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो । ब्यावसायीक क्षेत्रहरुमा सबै भन्दा वढि कर मदिरा ब्यावसायहरुले नै तिर्ने भएकाले राज्यले पनि मदिरा ब्यावसायीका लागि सहज रुपमा ब्यावसाय संचालनका लागि आवश्यक वातावरण तयार गरि कर छुट सहितको विशेष राहत दिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

मंगलबार सरकारले सार्वजनिक सूचना प्रकाशित गर्दै सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले बैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *