व्यवसाय संचालनको माग गदै जिल्ला प्रशासन कार्यालयमा

मदिरा ब्यावसाय संचालनका लागि आवश्यक पहल गरिदिन व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय काठमान्डौसंग अनुरोध गरेका छन । मदिरा ब्यवसायी संघ काठमान्डौले जिल्ला प्रशासन कार्यालय काठमान्डौमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसंग छलफल गदै ब्यावसाय संचालनका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारीसंग छलफल गर्दै ब्यावसायी संघका पदाधिकारीहरु

मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, निरन्तर ब्यावसाय वन्द भएपनि घरभाडा र बैकंको ब्याज तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी भएको, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षति पुग्ने लगायतका कारण तत्कालै मदिरा ब्यवसाय संचालन हुनु पर्ने माग प्रमुख जिल्ला अधिकारी दाहालसंग गरिएको मदिरा ब्यबसायी संघ काठमान्डौका अध्यक्ष गोविन्द बरालले वताउनु भयो ।

काठमान्डौमा विभिन्न दैनिक उपभोग्य सामानहरु विक्रि गर्ने नाममा सुपर मार्केटहरुले मात्र मदिरा विक्रि गर्ने कुरा ब्यावसायीक विभेद भएकाले तत्काल सर्वसाधरणका मदिरा पसलहरु संचालन हुनुपर्ने माग ब्यावसायीहरुको छ । पहुँचका आधारमा मदिरा ब्यासाय संचालन हुने कुरा आम ब्यावसायीहरुका लागि दुखद भएको उनीहरुको भनाई छ । सर्वसाधारणका पसल बन्द गरेर सुपर मार्केटले मात्र मदिराको कारोवार गर्नु विभेदपुर्ण भएको अरोप ब्यबसायीहरुको छ ।

उक्त छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले ब्यावसायीहरुका मागहरु सकारात्मक भएको र ब्यावसाय संचालनका लागि आवश्यक पहल गर्ने वताउनु भयो ।

मदिरा व्यवसाय बन्द हुँदा राज्य र ब्यावसायीलाई करोडौको क्षति पुगेको संघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएका मदिरा पसलहरु तत्काल संचालन गर्दा राज्य र ब्यवसायीलाई नै फाईदा हुनेमा ब्यसायीहरुको भनाई छ ।

कोरोना संकट वढेपछि विश्वका धेरैजसो देशहरुमा लगडाउन भएपनि मदिरा तथा मदिराजन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग उनीहरुको छ ।

मदिरा ब्यबसाय संचालनका लागि औपचारिक ध्यार्नाकर्षण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संघका काठमान्डौ जिल्लाका अध्यक्ष गोविन्द बराल को नेतृत्वमा गएको हो । उक्त प्रतिनिधि टोलिमा महासचिव रुप तामाङ, निवर्तमान महासचिव तथा सल्लाहकार राजन के सी, सचिव शुसिल खड्का र संघका कोषाध्यक्ष सुदन थापामगर लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *