मदिरा व्यवसाय संचालन गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र

मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने माग सहित गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाईएको छ । लामो समय देखिको लगडाउनका कारण ब्यबसायीक क्षेत्रमा देखिएको समस्याको दिगो समधानका लागि आवश्यक पहल गरिदिन गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाईएको नेपाल मदिरा ब्यावसायी महासंघले जनाएको छ ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाउदै महास‌ंघका अध्यक्ष साेनाम शेर्पा लगायतका पदाधिकारी

गृहमन्त्रालय मार्फत नेपाल मदिरा ब्यबसायी महासंघले सरकारलाई ध्यार्नाकर्षण गराउदै मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन आग्रह गरेको छ । महासंघका अध्यक्ष सोनाम शर्पाको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र वुझाउदै ब्यावसायीहरुका समस्याहरु वारे समेत सरकारी निकायलाई जानकारी गराईएको थियो ।

लामो समय देखि मदिरा ब्यावसाय वन्द हुदा मदिराको अवैध कारोवारो वढेसंगै सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, निरन्तर ब्यावसाय वन्द भएपनि घरभाडा र बैकंको ब्याज तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी भएको, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षति पुग्ने लगायतका कारण तत्कालै मदिरा ब्यवसाय संचालन हुनु पर्ने माग सहित नेपाल मदिरा ब्यबसायी महासंघको अगुवाईमा उक्त ज्ञापनपत्र वुझाईएको महासंघका अध्यक्ष सोनाम शर्पाले वताउनु भयो ।

मदिरा व्यवसाय बन्द हुँदा राज्य र ब्यावसायीलाई करोडौको क्षति पुगेको महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरु लाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय तत्काल संचालन गर्दा राज्य र ब्यवसायीलाई नै फाईदा हुनेमा महासंघले जनाएको छ ।

कोरोना संकट वढेपछि विश्वका धेरैजसो देशहरुमा लगडाउन भएपनि मदिरा तथा मदिराजन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग ब्यबसायीहरुको छ ।

मदिरा ब्यावसाय संचालनका लागि आवश्यक सहयोग गरिदिन जेठ ५ गते नेपाल मदिरा ब्यावसायी महासंघको अगुवाईमा प्रदेश र जिल्ला संघहरुले देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र वुझाई सकिएको छ ।

मदिरा ब्यसाय संचालनका लागि महासंघले पहल गरिरहेको छ । स्थानीय सरकारसंगको समन्वयमा तत्काल ब्यबसाय संचालन हुने महासंघले जनाएको छ ।

नेपालमा मदिरा ब्यावसायवाट राज्यलाइ कुल २२ प्रतिशत राजस्व संकलनमा योगदान गदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *