मदिरा ब्यावसायी द्धारा सरोकारवालसंग छलफल

नेपाल मदिरा ब्यबसायी महासंघ र मदिरा ब्यबसायी संघ काठमान्डौको संयुक्त आयोजनामा काठमान्डौका रहेका विभिन्न मदिरा कमपनीहरुसंग ब्यावसायीक छलफल गरिएको छ ।

दिगो ब्यावसायीक विकासका लागि आगामी दिनमा गर्न सकिने सहकार्य वारे छलफल गरिएको नेपाल मदिरा ब्यबसायी महासंघले जनाएको छ ।

छलफलमा लगडाउनका कारण ब्यबसायीहरुले स्किममा ब्यापार गर्न नपाएकाले पुरानो स्किम तुरुन्तै दिनु पर्ने, वर्षभरी कार्यन्वयनमा आएको स्किम वजेटमा पनि समावेश गर्नु पर्ने, कम्पनीहरुले रिटोलिङ (खुद्रा)मा सामानहरु विक्रि गर्दा स्थानीय ब्यापारीहरुमा प्रभाव पर्ने भएकाले त्यस्तो कार्य तत्काल रोक्नु पर्ने लगायतका विषयमा छलफल गरिएको नेपाल मदिरा ब्यावसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो ।

छलफल कार्यक्रममा नेपाल मदिरा ब्यबसायी महासंघ, मदिरा ब्यावसायी संघ काठमान्डौका पदाधिकारीहरु र गोर्खा व्रुअरीका प्रतिनिधिहरु सहभागि थियो ।

महासंघका अध्यक्ष सोनाम शेर्पा,काठमान्डौ जिल्लाका अध्यक्ष गोविन्द वराल, प्रदेश नं ३ का अध्यक्ष मदन गौतम लगायतका पदाधिकारीहरु र गोर्खा व्रुअरीका सुरेन्द्र सिलवाल,काजीमान सुब्वा,युवराज खत्री लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा ब्यबसायीहरुको हक, हितका लागि सहकार्य गर्न दुवैपक्षले पुन छलफल गरि निर्णय गरिने गरि सकारात्मक रुपमा सम्पन्न भएको छ ।

मदिरा ब्यवसायी महासंघले अन्य कम्पनीहरुसंग पनि छलफल गरि मदिरा ब्यापारिहरुको हितका लागि थप याेजना वनाउने जनाएको छ । महासंघले वर्षभरीको स्किृम वजेटमा पनि दिनुपर्ने र विदेश यात्राको स्किम पाएका ब्यबसायीहरुले तत्काल विदेश यात्रामा जान नसकिने भएकाले उक्त स्किृम वाफतको रकम ब्यबसायीहरुलाई उपलब्ध गराउन समेत आग्रह गरेको छ । ब्यावसायीक हितका लागि पनि काम गर्न पनि सबै मदिरा कम्पनीहरुसंग आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *